नवनियुक्त चार मन्त्रीहरुले शपथ लिएका छन्। आज शितलनिवासमा आयोजित शपथ समारोह कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन्। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छन्।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा माओवादीबाट चार जनालाई मन्त्रीको जिम्मेवारीसहित सपथ गराएका थिए। गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनित गरेका थिए।
नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ गराएकी थिइन्। प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुले पनि सपथ लिएका हुन्।