Home नेपाल तथा विश्व समाचार माधव नेपाल र महन्थ ठाकुरको दल दर्ताका लागि सनाखत सकियो

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ताका लागि सनाखत सकियो

E-mail Print PDF
AddThis Social Bookmark Button

५ अगष्त २०२१, माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए ।

नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर यस विषयमा निर्वाचन आयोगका अधिकारीहरुको आधिकारिक भनाइ आएको छैन ।

यसअघि नेकपा एमालेबाट अलग भएका नेपालले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उनीहरुले दिएको निवेदनअनुसार सनाखत गर्न आयोगले आज दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

 

Latest News