Home नेपाल तथा विश्व समाचार एनआरएनएको डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने

एनआरएनएको डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

२१ डिसेम्वर २०२१, गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै निर्वाचन तालिका प्रकाशित गरेको छ। संघले यसअघि डिसेम्बर १५ तारिखमा हुने निर्वाच मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो।

यसअघि परराष्ट्र मन्त्रलायले असोज ११ र कात्तिक १७ गते पत्राचार गरी निर्वाचनबारे विभिन्न निर्देशन दिएपछि निर्वाचन अवरुद्ध भएको थियो।

संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयको पत्र वैधानिक भन्दै त्यसका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि गत आइतबार मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्ने उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशपछि संघले निर्वाचनको प्रकृया अघि बढाएको हो।

निर्वाचन समितिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ।डिसेम्बर ६ मा मतदाता नामावाली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दावी विरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले गरिसकेको जनाएको छ।

यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दावी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोश्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ।

संघको १० औं महाधिवशेनको लागि अध्यक्ष पदमा डा। बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। ४८ पदाधिकारीको लागि हुने निर्वाचनमा करिब १ सय जनाले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन्। संघको केन्द्रीय निर्वाचनको लागि ६४ देशबाट ३५ सय जना प्रतिनिधि छनोट भैसकेका छन्। ती मध्ये यूके, अमेरिका र अष्ट्रेलियाका प्रतिनिधि चयनमा विवाद रहेको छ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको दशौं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो।

बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन्।यसअघि प्रमुख निर्वाचन आयुक्त लालमणि पौडेलले आफ्नो कार्यव्यस्तताले सो पदबाट राजीनामा दिएपछि  बन्जरालाई नियुक्त गरिएको हो।गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरूप पन्तले नयाँ आयुक्त तोकेका हुन्।गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अस्ट्रेलियन कम्पनी भेरोमार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ।

 

Latest News