Home नेपाल तथा विश्व समाचार स्वास्थ्यकर्मीहरुद्वारा आन्दोलनको घोषणा माग पूरा नभए अझै कडा आन्दोलन गर्ने चेतावनी

स्वास्थ्यकर्मीहरुद्वारा आन्दोलनको घोषणा माग पूरा नभए अझै कडा आन्दोलन गर्ने चेतावनी

E-mail Print PDF
मीना थापा मगर - रुद्र श्रीस मगर पोखरा
६ मार्च

देशभरका स्वास्थ्यकर्मीहरुको साझा संगठन नेपाल स्वास्थ्यकर्मी यूनियनले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको छ।

विगतका भएका सहमति सम्झौता कार्यान्वयन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको हितमा नभएका ऐन नियमहरु संशोधन गरी कार्यान्वयन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयमा हुने राजनीतिक हस्तक्षेपको अन्त्य गरिनुपर्ने लगायतका पाँच बुँदे माग सहित यूनियन आन्दोलनमा उत्रिएको हो।

पोखरामा शुक्रबारदेखि सुरु यूनियनको ११ औं केन्द्रीय बैठकले गरेको निर्णयबारे सुनाउँदै यूनियनका अध्यक्ष भगिरथ बानियाँले आफूहरुको माग पूरा नभए चैत महिनाको अन्तिममा हुने पोलियो थोपा खुवाउने कार्यक्रम वैशाखमा हुने भिटामिन ए खुवाउने कार्यक्रम बहिष्कार गरिने चेतावनी दिनुभयो।

जनतालाई सेवा सुविधा दिइ आफ्ना कार्यक्रमहरु साचालन गर्दै आएका स्वास्थ्यकर्मीहरु आफैं सरकारी सेवा सुविधाबाट विाचत हुनुपरेको अध्यक्ष बानियाँले बताउनुभयो। दुर्गम ठाउँमा सेवारत स्वास्थ्यकर्मी र सुगम ठाउँमा सेवारत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा एउटै भएको भन्दै उहाँले स्वास्थ्य मन्त्रालयको नीतिप्रति आपत्ति जनाउनुभयो। क्षेत्रीय क्षयरोग केन्द्र पोखराको सभाहलमा भैरहेको केन्द्रीय समितिको बैठकमा देशभरका ७० भन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ। बैठक आइतबारसम्म चल्ने जनाइएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)