हरि बहादुर सारुमगर
पाल्पा फाल्गुन २४
स्थानिय लोक संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरिएको लोक साँस्कृतिक कार्यक्रम २०६६ पाल्पाको देवीनगरमा सम्पन्न भएको छ। पुरानो पुस्ता सँगै लोक सँस्कृतिको समेत लोप हुने अवस्थामा पुगेकाले त्यसलाई नया पुस्तामा हस्तान्तरण गर्ने प्रकृयाको थालनी गर्न कार्यक्रमको आयोजना गरिएको कार्यकमका संयोजक बल बाहादुर थापाले बताउनु भयो।
मातृभुमि उच्च माध्यमिक बिद्यालय देवीनगर २ लेमधेम पाल्पामा भएको कार्यक्रममा मगर समुदायमा प्रचलित नाचहरु कडुवा, घाटु, सोह्रठी, नेवार समुदायको लाखे, बाहुन क्षेत्री समुदायमा नाचिने भजन तथा मगर युवाहरुले तयार पारेको पन्चेवाजा लगायतका नाचहरु प्रस्तुत गरिएको थियो। लक्किमाया सिंजालीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मातृ भुमि उच्च माध्यमिक बिद्यालयका प्राचार्य मेहरमान थापाले स्थनिय लोक संस्कृतिको संरक्षण तथा सबद्र्धनमा युवाहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो।
जल्पा र देवीनगर गाविसको विभिन्न वडाहरुबाट ल्याईएको नाचहरु हेर्न ताँहु, हुमिन, भुडेवा, जल्पा,देवीनगर, रिनेरह,कसेनी र रुप्से लगायतका गाविसहरुबाट मानिसहरु लेमधेम पुगेका थिए। समाज सुधार युवा सजाल देवीनगरको आयोजना तथा आदिवासी जनजाति गाँऊ समन्वय परिषद देवीनगर, समाज उत्थान सहयोग केन्द्र र युथ एक्सन नेपालको सहयोगमा कार्यक्रम भएको हो।














