Home नेपाल तथा विश्व समाचार बोक्सीको आरोपमा पीडित १५ महिलालाई एक समारोहमा सम्मान

बोक्सीको आरोपमा पीडित १५ महिलालाई एक समारोहमा सम्मान

E-mail Print PDF
९ मार्च २०१०  लहान,गृह राज्यमन्त्री रिजमान अन्सारीले बोक्सीको आरोपमा मलमूत्र खुवाइएका १५ महिलालाई सोमबार एक समारोहमा सम्मान गरेका छन्।सिरहामा अहिलेसम्म १५ महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाइएको तथ्यांक सार्वजनिक गरिएको छ। हिंसापीडित महिलाले गृह राज्यमन्त्री अन्सारीलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा कानुनमा दण्डनीय उल्लेख गरिए पनि राज्यले कडाइका साथ लागू नगरेकोले महिला हिंसा बढेको उल्लेख छ। घरेलु हिंसा ऐन २०६६ बाट समुदायमा मिलाउने प्रावधान हटाई हिंसाका सबै घटनालाई कानुनी दायरामा ल्याउने अनिवार्य व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

बोक्सीको  आरोपमा महिला प्रताडित हुनुको कारण पीडकमाथि कडा कारबाही गर्न कानुनको अभाव रहेको महिला हिंसाविरुद्धको अभियानकर्ता सम्झना थपलियाले बताउँछिन्। उनका अनुसार सिरहामा मात्र १८ महिनाभित्र १३ जना महिलामाथि बोक्सीको आरोप लगाएर मलमूत्र खुवाइएको छ। यी महिलालाई मलमूत्र खुवाउने कसैलाई कारबाही नभएको उनको भनाइ छ। राज्यमन्त्री अन्सारीले काठमाडौं फर्किएलगत्तै गृहसचिवलाई बोलाएर ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई महिलामाथि हिंसा गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिने दृढता व्यक्त गरे।

१८ महिनाभित्र सिरहामा बोक्सीको आरोपमा सिरहा अर्नामाकी सीतादेवी महतो, कर्जन्हाकी रीतादेवी साह, कर्जन्हा-८ की रधियादेवी साह, लहानकी आशादेवी राय, लहानकी राजोदेवी राय, भदैयाकी नुरजहान खातुन, दुर्गापुर-४ की गंगियादेवी महतो, दुर्गापुर-४ की अमिनकुमारी महतो, मुक्सारकी रासोदेवी यादव, सिरहा-६ बसपीटाकी चन्द्रकदलादेवी साह र बस्तीपुरकी जागीदेवी रामलाई बोक्सीको आरोपमा मलमूत्र खुवाइएको हो। बोक्सीको आरोपमा पीडित यी महिलालाई गृह राज्यमन्त्री अन्सारीले दोसल्ला ओढाएर सम्मान गरे।
 
Comments (1)
karbahi garnu paryo
1 Wednesday, 10 March 2010 04:45
Tirtha
Piditlai dosalla odhayera samman garnu bhanda pani pidak lai kada karbahi garnu paryo natra samman gardai jane feri yesatai ghatana hudai jane hola,

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)