Home नेपाल तथा विश्व समाचार भारुसंगको सटही दर स्थिर राख्न विनिमय दरको दह्रोसंग बचाउ

भारुसंगको सटही दर स्थिर राख्न विनिमय दरको दह्रोसंग बचाउ

E-mail Print PDF
९ मार्च २०१०  भारतीय रुपियाँसंग नेपाली रुपियाँको अहिलेको दरलाई परिवर्तन नगर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले सुझाव दिएको छ।भारुसंगको स्थिर सटही दरले अर्थतन्त्रलाई सम्हालेको उसले बताएको छ।भारतसंगको व्यापार घाटा चुलिएपछि भारुको तुलनामा नेपाली रुपियाँको भाउ घटाउनुपर्ने चर्चा चलेको बेला कोषको यस्तो भनाइ आएको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीलाई सरकारले  आर्थिक संकटबारे सुझाव दिन डाकेको थियो।दुई हप्ते अध्ययन पछि मुद्रा कोषका अधिकारीहरुले व्यक्त गरेको भनाइ नेपाल राष्ट्र बैंकका अधिकारीहरुमाथि केही समयदेखि परेको दबाब हटाउने तर्फ लक्षित भएको देखिन्छ। हाल कायम १०० भारु बराबर १६० नेपाली रुपियाँको दरलाई परिवर्तन गर्नुपर्ने भनाइ अधिकारीहरुबाटै आउन थालेपछि बजारबाट भारु हराउन थालेको थियो। जसको कारण केन्द्रिय बैंकमाथि दबाब बढ्दै गएको थियो।तर उक्त टोलीले आफ्नो भ्रमणको अन्तमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थिर विनिमय दरको दह्रोसंग बचाउ गरेको छ।टोली नेता तथा कोषको एशिया तथा प्रशान्त क्षेत्र विभागका प्रमुख लाउरा पापीले भनिन्, “हामीले स्थिर विनिमय दरको नीति जारी राख्न सुझाव दिएका छौं। विगतमा यो नीति आर्थिक स्थायित्वको बलियो खम्बा रहेको थियो र अहिलेपनि रहनु पर्छ।

भारुसंगको सटही दर, भुक्तानी सन्तुलनमा देखिएको घाटा, बैंकहरुमा पर्याप्त पैसाको अभाव लगायतका समस्या बेहोरिरहेको केन्द्रिय बैंकमा गएको डेढ महिनादेखि गभर्नरको पद खाली रहेकोमा पनि कोषका अधिकारीहरुले चिन्ता व्यक्त गरे। नेपाल राष्ट्र बैंकलाई भविष्यमा सबल र स्थायी नेतृत्व प्रदान गर्न सक्ने गभर्नरको तत्काल नियुक्तिको आवश्यकता रहेको छ,” पापीले बताइन्। विश्वव्यापी आर्थिक मन्दीको ढिलो गरी नेपाललाई असर परेको निचोड मुद्रा कोषको उक्त टोलीले निकालेको छ।नेपाललाई हालको संकटबाट उम्किन कम्तीमा एकवर्ष लाग्ने समेत उसले बताएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)