कपिलवस्तु
फाल्गुण २८
कपिलवस्तुको वरकलपुर गाविसको चम्पापुरवाट हतियार सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वरकलपुर गाविस वडा नं ४ चम्पापुरका ४० वर्षिय जयोद्या थारु र सोहि ठाउका ४५ वर्षिय पल्लु थारु रहेका छन्।
सशष्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ परेका व्यक्तिवाट ३ नाल भरुवा वन्दुक ३ राउण्ड एसएलआरका गोली १५० ग्राम वारुद वरामद गरेको छ। विशेष सुराकीको आधारमा गस्ती गोटीले गाँउलाई घेराहाली हतियार सहित २ जनाई पक्राउ गरेको हो।
प्रहरीले प्रक्राउ परेका व्यक्तिलाई ईलाका प्रहरी कार्यालय गौरुसिंगेमा राखि कार्वाहि प्रकृया अगाडी वढाएको सशष्त्र प्रहरी वल तौलीहवाका प्रहरी उपरिक्षक हर्कवहादुर रावलले वताउनु भएको छ।
यस अघि शष्सष्त्र प्रहरीले हिजो जिल्लाको गजेहडावाट लागु औषद र एस एल् आरको गोली सहिति ३ जनालाई प्रकाउ गरेको थियो।














