Home नेपाल तथा विश्व समाचार राष्ट्रिय स्वाधिनताको रक्षा र समयमै संबिद्यान निर्माणको लागी चरणबद्ध आन्दोलनको घोषणा

राष्ट्रिय स्वाधिनताको रक्षा र समयमै संबिद्यान निर्माणको लागी चरणबद्ध आन्दोलनको घोषणा

E-mail Print PDF
हरि बहादुर सारुमगर
पाल्पा २८ फागुन 
 
राष्ट्रिय स्वाधिनताको रक्षा र समयमै संबिद्यान निर्माणको लागी दवाब दिन नेकपा माओवादी नेकपा एकिकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पाल्पामा कार्यगत एकता गरी आन्दोलनको घोषणा गरेका छन्।

नेकपा माओवादी र नेकपा एकिकृतले तानसेनमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी पहिलो चरणको लागी फागुन २८ गते सदरमुकाम तानसेनमा मसाल जुलुस गर्ने चैत्र १ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना चैत्र ५ गते बिद्युत प्राधिकरण घेराउ चैत्र २२ गते सदरमुकाम तानसेनमा मोटरसाईकल र् याली चैत्र २३ गते पुन मसाल जुलुस २४ गते नेपाल बन्द गर्ने जस्ता सर्घषका कार्यक्रम घोषणा गरीएको जनाएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रिय सदस्य एब लुम्बिनी धौलागीरी ईन्चाज सुधिर यादवले ठुला पार्टीहरुले देश जनताप्रति धोका दिदै भष्ट्र र कमिसनमा लुप्त रहेकोले जनदवाब स्वरुप पहिलो चरणमा सामान्य आन्दोलनका कार्यक्रम घोषणा गरेपनि आफुहरुको माग लाई वेवास्ता गरेमा महाबिद्रोहमा उत्रिने चेतावनी दिनुभयो। 

कार्यक्रममा नेकपामाओवादी पाल्पाका सेक्रटरी भोला बस्यालले पाल्पाका भष्ट्र कमिसन घुसखोरीहरुको नामावली संकलन गरीरहेको बताउदै छिट्टै नामावली सार्वजनिक गर्ने बताउनु भयो। 

कार्यक्रम नेकपा एकिकृत पाल्पाका सचिब नविन थापाको सभापतित्वमा चलेको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)