Home नेपाल तथा विश्व समाचार आउने वर्ष जम्मा एघार महिना

आउने वर्ष जम्मा एघार महिना

E-mail Print PDF
AddThis Social Bookmark Button

आगामी वर्षको नेपाली क्यालेण्डरमा सबै चाड पर्वहरु एक महिना अगावै तोकिने भएका छन् भने एघार महिना मात्रको उल्लेख त्यसमा हुने भएको छ। सयौं वर्षदेखि व्यवस्थापन नगरिएको विक्रम सम्वतको क्यालेण्डर मिलान गर्न खोज्दा यसो हुनेभएको हो। प्रधानमन्त्री कार्यालयको उच्च स्रोले दिएको जानकारी अनुसार बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरिसकेको छ।

यसको कार्यान्वयनपछि हाम्रो सबैभन्दा ठूलो चाड दशैं अब भदौमा पर्नेछ भने मंसिरका निम्ति उपयुक्त सबै विवाहका लगन कात्तिकमा सर्ने भएका छन्। केही साताअघि मात्र विक्रम सम्बतको साटो इश्वी सम्वत लागु गराउने प्रस्ताव फिर्ता गर्दै मन्त्रिपरिषद ्वैठकले त्यस विषयमा सार्वजनिक बहस चलाउने निधो गरेको थियो। प्राचीन हिन्दू परम्परामा आधारित रहेर सूर्यको गति अनुसार चल्ने विक्रम सम्वत् उतिबेलाका भारतीय सम्राट विक्रमादित्यका नाममा सुरु भएको थियो।

 

चाडपर्व समायोजन गर्ने राष्ट्रिय कार्यदलले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गत वर्ष उक्त कार्यदल गठन गरेको थियो। ज्योतिष र धार्मिक व्यक्तितहरू समाहित कार्यदल १९ सदस्यीय थियो।
कार्यदलका अनुसार पृथ्वीले २३.५ डिग्रीमा ढल्केर आफ्नो अक्षमा परिक्रमा गर्दा हरेक ७२ वर्षमा एक दिन संचित हुने गर्छ। तर त्यस नुसार हाम्रो विक्रम सम्वतको क्यालेण्डरलाइ बितेको १६ सय ५६ वर्ष यता कुनै परिमार्जन गरिएन। त्यसले हाम्रो क्यालेण्डरलाइ २३ दिन पछाडि पारिरहेको छ।

कार्यदलको प्रतिवेदन अनुसार परिमार्जित क्यालेण्डर लागू हुने बित्तिकै हाम्रा तमाम चाडवाडहरु २३ दिन अघि सर्नेछन्। त्यसैगरी यी दिनहरुलाई व्यवस्थित गर्दा विक्रम सम्वत् २०६७ को नयाँ वर्ष वैशाख १ गते नभई चैतमै पर्नेछ। जसको अर्थ त्यो वर्ष केवल ११ महिना हुनेछ।

स्रोत : राष्टिय समाचार

 

Latest News