Home नेपाल तथा विश्व समाचार जनमोर्चा विघटन

जनमोर्चा विघटन

E-mail Print PDF
AddThis Social Bookmark Button
काठमाडौं, पुस १९ - एकता केन्द्र मसालको चुनावी मोर्चा जनमोर्चा नेपाल विघटन भएको छ । मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले पार्टी विघटन गरी एकता केन्द्रमा समाहित गर्ने निर्णय गरेको छ । माओवादीसँग एकता केन्द्र मसालको एकता हुने तय भइसकेकाले जनमोर्चालाई विघटन गरिएको हो ।
 
भक्तपुरको खरिपाटीमा शनिबार सम्पन्न सम्मेलनले जनमोर्चा विघटन भएको घोषणा गरेको छ । जनमोर्चा अध्यक्ष अमिक शेरचनले उक्त संगठन विघटन भएको जानकारी दिए । संविधानसभामा समेत जनमोर्चा नेपालको नामबाट निर्वाचनमा भाग लिएको थियो । जनमोर्चाको नामबाट हुँदै आएका कामसमेत अब नहुने उनले बताए । उनले वामपन्थीहरूबीच धु्रवीकरण गर्न जनमोर्चालाई विघटन गरेको बताए । 'वामपन्थीको एकीकरणपछि मुलुकको विकास गर्न नयाँ संविधान निर्माणमा सहयोग पुग्छ,' उनले भने ।
 
पार्टी एकीकरणपछि जनमोर्चाको आठ सिटसमेत एकता केन्द्रको नामबाट हुने लीलामणि पोखरेलले बताए । 'जनमोर्चाको आठ सिटसमेत अब एकता केन्द्रको नामले चिनिन्छ,' उनले भने, 'जनमोर्चा भन्ने पार्टी नै रहेन ।' जनमोर्चा एकता केन्द्रमा रूपान्तरण भएको जानकारी निर्वाचन कार्यालयमा गराएपछि जनमोर्चा भन्ने शब्द नै नरहने उनले बताए । केन्द्र र जिल्लामा भएको पार्टी कार्यालय समेत एकता केन्द्रको नाममा हुने पोखरेलले बताए ।

स्रोत : कान्तिपुर

 

Latest News