माओवादीका पूर्व सभासद माथि गोली प्रहार

Print
AddThis Social Bookmark Button

बुटवल। हिजो ०३ जनवरी २००९ तदनुसार पौष १९ गतेका दिन नेकपा माओवादीका पूर्व सभासद विनोद उपाध्यायमाथि शनिबार अपरान्ह मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको छ ।

कान्छी बजारदेखि सिनपा ८ पार्टी कार्यालय वसडिलवातर्फ जादै गरेको वखत उपाध्यायमाथि गोली प्रहार भएको हो । उपाध्यायको दाहिने खुटटाको तिघ्रामा गोली लागेकाले मेडिकल कलेज भैरहवामा उपचार भैरहेको जानकारी प्रहरीले वताएको छ । गोली हान्ने समूहको पहिचान खुलन सकेको छैन ।