काठमाण्डौं शनिवार। पौष १९ गते महाराजगन्ज स्थित आफनो नीजि निवासमा केही पत्रकारहरु संग अनौपचारीक भेटमा पूर्वराजा ज्ञानेन्द्रले पशुपत्तिनाथको मन्दिरमा मूलपुजारी नियुक्त प्रकि्रयामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
दक्षिण भारतबाट झिकाइएका पशुपतिका मूलभट्ट र पुजारीहरुले २५० बर्षदेखि पशुपतिनाथमा मूल पुजारीका रुपमा पूजाआजा गर्दै आएका थिए । गत हप्ता मूलभट्टहरुले दिइएको राजीनामा माओवादीद्वारा गठित पशुपतिक्षेत्र विकास कोषले स्वीकृत गरी नेपाली मूलका दुईजना नेपाली ब्राहमणलाई मूल पुजारीका रुपमा नियुक्त गरेको थियो । पशुपतिनाथको पूजाआजामा खटिने स्थानीय भण्डारीदेखि मन्दिरसंग निकट ब्राहमण हिन्दु सम्प्रदायहरु तथा कतिपय भक्तजनहरुले मूल पुजारी जस्तो पदमा राजनीतिक नियुक्त भएको भन्दै खरो विरोध गरेका थिए ।
सरकारले नियुक्त गरेको मूलपुजारीको निर्णयका विरुद्ध परेको एक रीट निवेदनमा सुनुवाईपछि सर्बोच्च अद्धालतले गत बिहीवार पुरानै रीतिअनुसार पूजा गराउन अन्तरिम आदेश जारी गरेको थियो । तर पशुपति मन्दिर कोषले उक्त आदेश प्राप्त नभएको भन्दै नवनियुक्त पुजारीबाटै पूजाआजा गराउदै आएको छ । यस कार्यका विरुद्ध भारतको विपक्ष दल भारतीय जनता पार्टीले माओवादी नेतृत्व प्रति चिन्ता व्यक्त गरेको छ । यस सवालमा नेपाका राष्ट्रपति र प्रधानमन्त्री संग कुराकानी भएको त्यस पार्टीका अध्यक्षले आफनो वक्तव्यमा जनाएका छन् ।