
लक्ष्मण तामाङ
नेपाली केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्धालय
तामाङ युवाहरूले चाहे भने कुनै सिंगो समुदाय हैन राष्ट्रनै परिवर्तन गर्न सक्छ भन्ने उदाहरण भर्खरै सम्पन्न नेपाल आइडलमा पोखरेली युवा बुद्ध लामाको शानदार जितले पुष्टि गरेकोछ । बुद्ध लामाको नेपाल आइडलमा भएको शानदार जितबाट अब तामाङहरूले खुशीयाली मनाउने भन्दा बढी नयाँ पाठ सिक्ने समय आएको छ । निशान भट्टराई र प्रताप दासको भन्दा झण्डै करोड बढी मतको अन्तरले जित्नु चानचुने कुरा होइन । बुद्ध लामा प्रति सम्पूर्ण मंगोल समुदाय वा गैरआर्यनहरू किन लागे भन्ने विषयमा तामाङहरूले सोच्नु जरूरी देखिन्छ । निशान भट्टराईको एप बन्दा सम्म बुद्धको नामको एप तयार नगरिनुले वा निशानकी आमालाई कतार लगिनुले बाहुनहरूले आदिवासी समुदाय माथि विगतमा पनि ठाडै जातीय शोषण गर्थ्यो र अहिले पनि गरिरहको छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैको परिणाम स्वरूप तामाङ समुदायको सचेत युवाहरूले आजको दिनमा आफू र तामाङ समुदाय माथि भएको शोषणको भण्डाफोर गरिरहेका छन् । कमिलाको पखेटा आएपछि काल आउँछ भनेझैँ यसै समयमा बाहुनहरू सलबलाउन थालेका छन् र आदिवासी समुदाय माथि विभिन्न तरिकाले अपमान गर्न थालेका छन् । परिणामस्वरूप तामाङ समुदायका युवाहरू झनै एक हुन थाल्यो र करोडौंको मत अन्तरले नेपाल आइडलमा बुद्ध लामालाई शानदार विजय गराउन सफल भयो ।