
चुरा थापा, हंगकंग
३० डिसेम्बर २००८
अमेरीका जस्तो देशको एउटा राम्रो विश्वविद्यालयमा आधुनिक मानवजीवनको जीवनरेशा मानिने कम्प्यूटर विज्ञानमा उच्च अंक ल्याएर डिग्री गर्ने कोही नेपाली स्वदेश फर्कन चाहान्छ होला ? यदि त्यो व्यक्ति तपाइं आफु भए के गर्नुहुन्थ्योहोला? शायद तपाइंले धेरैपटक सोच्नुहुन्थ्योहोला । तर डा. महावीर पून यसको अपवाद बने । उनले अमेरीकाबाट कम्प्यूटर विज्ञानमा स्नातक गरेपश्चात पनि नेपालमै त्यो पनि आफु जन्मेको विकट गाउंहरूमा फर्केर त्यहांका जनताहरूको लागि ताररहित इन्टर्नेट सेवा दिने कार्यमा तल्लीन बने ।