HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home विचार / दृष्टिकोण

Opinion

नयाँ संविधानको आशामा घर्कियो वर्ष २०६७

नयाँ संविधानको आशामा घर्कियो वर्ष २०६७"शान्ति संविधान र विकासको साथै राम्रो हाम्रो र समावेशी संविधान बनाउल भनी ढुक्क भएर थप गरिएको एक वर्ष कुनै हलचल बिना नै सकिएको छ। अब त नयाँ संविधान नेपाली जनताको लागि आकाशको फल आँखा तरी मर जस्तै भएको छ।"
 
मीना थापा मगर 
 
पोखरा ०६८ बैसाख ३० गते। नयाँ संविधानको आशामा तीन वर्ष खेर फालेका नेपाली जनता 'हात्ती आयो हात्ति आयो फुस्सा' भने झै भएको छ। नयाँ संविधान बनाउनका लागि जनताले चुनेर पठाएका नेतालाई थप गरेको एक वर्षको अवधिमा पनि शान्ति र संविधान नदिने पक्का भइसकेको छ। बोली र भाषणमा मात्र चमत्कार देखाउने नेताहरुले अबको बाँकी दिनमा सहमती भए संविधानको मस्यौदा तय गर्न सकिने चामत्कारिक बोली छाड्न छोडेका छैनन्। 'जब भयो राति तब बुढी ताती' भने झैं थप गरिएको समयमा त संविधानको मूल मुद्दालाई निष्कर्षमा पुर्याउन नसक्ने दलहरुले अबको बाँकी दिनमा निष्कर्ष निकाल्ला भन्ने कुरामा कसैको पत्यार छैन। तैपनि अन्तिम समयसम्म केही टुङ्गो लाग्ला की भन्ने आशा पनि जनतामा नपलाएको होइन। किनकी संविधानको समयसीमा सकिन थोरै दिन मात्र बाँकी रहँदा नेताहरुमा चिन्तन मनन र डौडधुप केही मात्रामा भए पनि देखिएको छ। तैपनि उनिहरुको यस खालको क्रियाकलाप मात्र जनताको निराशापनलाई टार्ने एउटा बहाना मात्रै हो भन्ने कुरा नेपाली जनताले बुझ्नु पर्दछ। उनीहरुको चिन्तन र मनन यस मानेमा छ कि कसरी आपुनो तलब भत्ता पकाउने अथवा कतिन्जेलसम्म आफ्नो नेतृत्वको सत्ता टिकाउने कसरी आफू सत्तामा पुग्ने र भएको ढिकुटी रित्याउने यही चिन्ताले ग्रसित राजनीतिनक दलहरुले न त कहिल्यै पनि जनताको कुरालाई मनन गर्न सके न कहिल्यै जनतालाई शान्ति दिलाउने सके न त कहिले नै सक्नेछन्। जनताको लागि भन्दा मात्र आफ्नो स्वार्थको लागि सत्तामा पुग्ने राजनीतिक चलखेलले नेपालीको भलो कहिल्यै पनि हुने छैन।
Read more...
 

हङकङका अर्थसचिव किन बजेट संशोधन गर्न विवश भए?

नेत्र पहराईमगर
२ अप्रिल २०११

हङकङ सरकारले आर्थिक बर्ष सन् २०११-१२ को बजेट गत २३ फेब्रुअरी २०११ का दिन व्यवस्थापिका परिषदको बैठकमा बजेट पारितका निम्ति अर्थ सचिव जोन चाङगले अनुमानित हङकङ डलर ५९५.५ बिलियन डलरको बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटको हङकङेली जनता र त्यस मध्य पनि मध्यम वर्ग र निम्नवर्गका...
Read more...

दलहरु एक अर्कालाई कमजोर बनाउने खेलमा

नेत्र पहराईमगर
२०११ फेब्रुअरी १९ 

नेपालको राजनीतिक इतिहासनै विगत देखि वर्तमान सम्म फुट झुट अहमता र दलगत स्वार्थ भन्दामाठी उठ्न सकेन्। जुन पुरातन सोच र विचारका कारण नेपालका दलहरुले नयां बाटो अवलम्बन गर्न सकेनन्। तर दलहरु एक अर्काको सह अस्तित्व स्वीकार गर्न नसक्ने र कसरी हुन्छ एकले अर्को दललाई कम्जोर बन...
Read more...

माओवादीका भेडा र प्रतिगामी बगरे

माओवादीका भेडा र प्रतिगामी बगरे
रामचन्द्र राई 

बजारमा एउटा हल्ला छ ! एनेकपा माओवादी मा चर्को मतभेद र चरम गुटबन्दी ! पार्टी आफै पनि फुटको संघारमा…… विरोधीहरुका लागि यो साह्रै सुखद समाचार हो। हल्ला चलाउनेहरुको नियत र प्रयोजन एउटा कुरा भयो यद्यपि हल्लाको पछि लागेर मजाक गर्ने कतिपय माओवादी कै कार्यकर्ताले जान वा अन्जान वश यो कुरालाई थप...
Read more...

मिसन मिडिया र माओवादी यात्रा…॥

मिसन मिडिया र माओवादी यात्रा…॥
रामचन्द्र राई

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको बहुचर्चित गोरखा पालुङ्गटार विस्तारित बैठकपछि फेरि विभिन्न अड्कलबाजी र टिकाटिप्पणीहरु भइरहेका छन्। मूलतः नेपाली अनुहारका केही विदेशी मुकुन्डाहरुको पूरानै तरिका र वर्ग चरित्र छ। अँध्यारोमा हात्ती छामेर चुलेसी पत्ता लगाउने वा बेफुस्रदी भएपछि माओवादी...
Read more...

युवा बेरोजगारी र आत्महत्या

गोविन्द सिँजाली मगर

वर्ष १८ की सरुको आजकल खुशीको सीमा छैन किनकी उनले पढ्नुको अर्थ घर परिवार समाजलाई बुझाउन सकेकी छ। घरपरिवारले उनीबाट पढाउनुको हिसाबकिताब मिल्ने छाँटकाँट देखिइरहेको छ। तसर्थ उनमा गौरवको पराकाष्टा छोएझैं लागिरहेको छ। उनी खुशी हुनुमा एउटै कारण छ उनले भर्खरै जागिर पाएकी छिन्। यता वर्ष २५...
Read more...

लाखौ नेपालीहरुलाई दोश्रो दर्जाको नागरिक बनाउने षडयन्त्र

थर्क राना, क्याम्बेर्ली, बेलायत

हालै नेपाली पत्रपत्रिकाहरुमा देखिएको समाचार अनुसार नयाँ बन्ने सँविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक अधिकार र मतदान गर्ने अधिकार बिनाको नागरिकता दिने व्यवस्था हुने भन्ने बुझिएको छ। यस विषय प्रति सम्पुर्ण विदेशवासी नेपालीहरुको ध्यान आकर्षित हुन अत्यन्तै जरुरी देखिन्...
Read more...
More Articles...
Page 10 of 23

Latest News