Home विचार / दृष्टिकोण मेरो थाङ्ने बातले रसिकको भात हिउँ(सास रहन्जेल आस रहने)

मेरो थाङ्ने बातले रसिकको भात हिउँ(सास रहन्जेल आस रहने)

E-mail Print PDF
AddThis Social Bookmark Button

निर्भिक राई

गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको र मेरो राजनीतिक आस्था उत्तरदक्षिणजस्तो विपरीत भए पनि नेपालमा जन्मीहुर्की साहित्यसाधनामा घोटिएको किरातराई जातिमा मेरो लागि उनी सबभन्दा (उमेर र कृतिले) जेठो र सम्मानित व्यक्तित्व हुन् । त्यसैले समको १०६ औँ जन्मजयन्ती सिद्धिएपछि उनको नक्सालस्थित डेरातिर हानिएँ ।

उनको बैठककोठामा पसी मैले बोकेको खाजा लिनु निमेषसँग मैले चम्चा मागेँ । भाउजुसँग घरायसी गफ जोत्न थालेँ । मेरो लामो कुराइपछि रसिक आए । उनको संस्मरणलेखनको प्रसङ्ग कोट्ट्याएँ । सम्झेको हरफहरु फलाक्दै उनलाई हौसलाले सक्दो उचालेँ । “तपार्इँहरुकै हौसलाले गर्दा लेख्ने जाँगर चल्छ ।” उनले कृतज्ञता जाहेर गरे ।

साहित्यिक कुरा गर्ने निहुँमा राजनीतिक कुरा गर्ने मेरो चाहना छदँै थियो । जुन कुरा निकाल्दा रसिकको वर्तमान राजनीति सोच थाहा पाउन सकिने मेरो आशा थियो ।

”टङ्क ढकालले मन्त्री पड्काउँदा दाजुको त मौका आएन नि ?”  मैले उनको मन बुझ्ने जुक्ति निकालेँ ।

“ज्ञानेन्द्र राजनीतिज्ञ होइन रै’छ । फलामलाई काट्ने फलामै चाहन्छ भन्ने कुरा उसले लागु गर्न सकेन । माधव नेपाललाई प्रधानमन्त्री बनाइदिएको भए माओवादीलाई ठीक लाउन मदत मिल्थ्यो । अब कहाँ जगत गौचन, निक्ष शमशेरलाई पो मन्त्री बनाएको । टङ्क ढकाल मन्त्री हुँदा जिएम माग्नु आफू जानु भएन । भाउजुले पनि मन गरेन । कोसिस पनि गरिनँ ।”

केदारनाथ (मेरो मामालीदाजु) को कुरा (ज्ञानेन्द्र केको राजनीति गर्दो रै’छ र ! जम्मै तासको घरजस्तो अवस्था रैछ, कसो त्यसले मार हानिनु परेन) र मञ्जुलको कुरा (प्रश्रित चैँ मन्त्री अरे आफू चैँ म्यानेजर) जस्तो उनीबाट पनि सुन्न पाएँ ।

म बाठा पल्टिएँ, “महेन्द्रले १७ सालमा गरे जस्तै ज्ञानेन्द्रले गर्नु खोजेको । २०३८ सालमा अविश्वासको प्रस्तावबाट थापालाई प्रधानमन्त्रीबाट हटाएको इवी साँध्ला भनेर उनलाई यसो केही महिना प्रधानमन्त्री बनाएर थुमथुम्याई तुलसी गिरी र किर्तिनिधिलाई उपाध्यक्ष बनाउँदा थापासमेत भाँडियो । थापाले ठान्यो– ए ! मलाई त थुमथुम्याएको मात्रै पो । खास विश्वासपात्र त गिरी र बिष्ट पो । श्रीलङ्कामा पलायन भइसकेको गिरीलाई राजाले टिप्यो । बिष्टलाई त चाइना कार्ड को हिसाबले ।”

“१७ सालकै राजनीतिको चालले कहाँ पार लाग्ने ! सब पार्टीलाई चिढ्याएर एक्लै राज्य हाक्नु कहाँ सम्भव ?” उनले फेरि राजाको खिलाफमा बोले । उनको आँतभेउ पाएर मैले प्याचप्याची बोल्ने आँट गरेँ, “कथम्काल गणतन्त्र आइहाले दरबारहत्याकाण्ड गरी राजसंस्था मासेको अपजस चैँ ज्ञानेन्द्रको थाप्लोमा खनिने भो । दीपेन्द्रको बिहाको विवादको निहुँ बनाई राजदरबारभित्र शाहीसेनाबाटै गणतन्त्रको उद्घाटन गर्नु लगाउने उही हो । वीरेन्द्र भएको भए कम्बोडियामा सिंहानुक राजा रहेझैँ भए पनि राजा रहन्थ्यो । शाह वंशीय परम्परा (राजसंस्था) जोगाउनु र पृथ्वीनारायणले एकीकृत गरेको राज्यको साख जोगाउने आँट उसले गरीटोपलेको तर प्रत्युत्पादक हुने छाँट छ ।”

उनले मेरो धारावाहिक वक्तव्य चुपचाप भई सुनेपछि बोले, “कागजको गणतन्त्रले के गर्ने ? दुई तिहाई बहुमत कहाँदेखि आउने ?” आँत हारिरहेको भए पनि बाहिर कहिहाल्नु भनेको विरोधीको आत्मबल उकास्नु नै हो । त्यति हुस्सू र लत्त छाडिहाल्ने प्रवृत्तिको व्यक्तित्व उनी होइनन् । त्यही राजसंस्थाको जयगान घन्काउँदा दरबारिया कलाकार र साहित्यकार ठहरिई पटकपटक संथानहरुको जिएम पड्काएर मान र धन आर्जन गरेको र दरबारिया सरसङ्गत गरेको उनी जत्तिको प्रतिष्ठित व्यक्तित्वले अहिले नै राजसंस्थाको कटाक्ष नगर्नु स्वाभाविक हो । ज्ञानेन्द्रले चल्ने ढङ्ग मात्र नपु¥याएको भन्दै सीमित रहनुमा नै उनले कल्याण ठाने ।

“गणतन्त्र मात्र आएर के हुने र ? बृटेनमा मञ्चमा राजालाई मार हानी राजतन्त्र मास्यो । १० वर्षपछि गणतन्त्र थाम्नु नसकी राजतन्त्र पुनसर््थापना भई अझै कायम छ । अफगनिस्तानमा पनि राजाले मानेको भए धेरै वर्षपछि भा पनि राजसंस्था पुनस्र्थापना हुुने थियो । त्यस्तै नेपालमा पनि गणतन्त्र आएर जनताको छोराछोरीको चलाउने सामथ्र्य नपुगे हृदयेन्द्रको नातिको पालामा भए पनि राजतन्त्र पुनस्र्थापना हुने दिन आउन के बेर !” मैले तर्क गर्दै उनको मन ठूलो बनाउने जमर्को गरेँ । उनी मौन रहे ।

ज्ञानेन्द्रको खनखत्रो विरोध भएको ठानी त्यसलाई कम गर्ने सोचले मैले कुरा मिलाएँ, “ज्ञानेन्द्रले पनि ककसको कुरा सुनोस् । असफल भएपछि तुलसी गिरीे पनि ‘कमल थापाको कुुरा मात्र सुनी राजाले काम बिगा¥यो’ भन्ने । कति जनाको चित्त बुझावोस् बिचरा ! राजाले शक्ति हात लिएको सुरुवातमा मेरो मामालीदाजु केदारनाथ भन्नु हुन्थ्यो कि अँ ! माओवादीलाई पनि ठेगान लाउने गतिलो राजा त बल्ल पाइयो । पछिबाट उहाँ पूरै गणतन्त्रवादी । पशुपति शमशेरले नै पो राजासँग टेक लिने परेछ भन्ने म तर्क गर्थेँ । आफू वीरेन्द्रको सम्धी हुने मौका ज्ञानेन्द्रले चुकाइदिएकोमा पशुपति शमशेरले ईख राखेको मैले ठानेको थिएँ । तर केदारदाजु भन्नु हुन्थ्यो— कहाँ त्यो पशुपति त खुट्टा कमाउँछ । डेग छाड्लाउ भनी हामी नै खबरदार गर्छौँ । परेको घरी राजावादी एक हुनु पर्नेमा (ज्ञानेन्द्रलाई साथ दिनुको साटो) उसैको खेदो गर्ने । २०४६ सालअघि पञ्चहरु फुट्नाले पनि पञ्चायत कमजोर भएको थियो । थापा गुट र चन्द गुट, मरिचमान र ल्वाङमान गुट हरे ।”

“सिद्धान्तवादी कम्युनिस्टहरु त विभाजित हुन्छ । पञ्चहरु त झन् व्यक्तिवादी राजनीति गर्ने हुँदा फुट्ने नै भो । अहिले पनि टुक्रैटुक्रा छ ।” राजावादीमा भएको फुटमा उनले चित्त बुझाउने कुरा गरे ।

कुमार फुदुङ माओवादी विधायक बन्न मञ्जुर भएको कारण मैले बताएँ, “उपरथीसम्म भएको मलाई लिम्बूको बच्चा भएकैले त महारथी बनाए न नि । महारथी हुनुलाई राणा, शाह, बस्नेत वा थापाकै बच्चा हुनु पर्ने भनेर उ असन्तुष्ट भइरँ‘दा माओवादीको समावेशी नीतिले उसलाई छाप पा¥यो ।”

“दरबारिया र राष्ट्रवादी शक्तिसँग मिल्ने भनेको माओवादीको कुरा के हो ?”  उनले प्रश्न ठड्याए ।

“ज्ञानेन्द्रको पछि लागेर खैरियत छैन भन्ने रमेशनाथ पाण्डेजस्तो अवसरवादीहरुलाई राष्ट्रवादी भन्दै फकाएर राजावादीको शक्ति कमजोर बनाई आफूमा शक्ति थप्ने माओवादी नीति हो, ”मैले जवाफ दिएँ ।

उनले तर्क राखेँ, “सेनासमायोजन गरी ज्ञानेन्द्र र प्रचण्ड मिल्न पनि सक्छ ।”

मैले उदाहरणै दिएर राजतन्त्रप्रतिको उनको मोह भङ्ग गराउने चेष्टा गरेँ, “हाम्रो ससुरा पञ्चायतकालमा झापाको क्षेत्रीय सदस्यसम्म भा‘को हो । हाम्रै ससुरालीको एउटा बाहुनले भन्यो कि खड्ग ओलीको गढमा पनि राजा मान्ने र राप्रपालाई भोट हाल्ने तपाईँकै ससुरा र हामी त थियौँ तर अब किर्ते राजा ज्ञानेन्द्रलाई मै राजा मान्दिनँ । त्यस्तै चेतनारायणको बाबुलाई काठमाण्डू आउँदा बुझेँ ‘ज्ञानेन्द्रको बारे गाउँमा के भन्छ बङा’ भनी । ‘ज्यानमारा नै राजा भो पछि अरुले के मान्छे नमारोस्’ भन्यो ।” राजाको परिस्थिति नाजुक भएकोले पनि उनले चुपचाप भई सुनेका होलान् ।

म अझ जान्ने पल्ँिटदै बोलेँ, “होलेरीमा माओवादी सेनाको घेरामा प्रहरी घेरिँदा सेना परिचालन गर्न राजा नमानेको इबी गिरिजाले भुलेन । आफू ‘परमासेनाधिपति’ हुँदाहुदैँ प्रधानमन्त्रीको इच्छामा राजाले सेना परिचालन गर्नु पनि त भएन ।”

“त्यतिखेर सेना परिचालन गरेको भए माओवादी सखाप हुने थियो, ”उनले आफ्नो मत जाहेर गरे ।

गोपाल किरातीको बारे उनले तर्क काटे, “पार्टी नै गाभ्नु हुने थिएन । त्यसो गर्दा दा¥हानङ्ग्रा फुकालेको बाघजस्तो उ शक्तिहीन भयो । त्यसमा पनि पूरै पार्टीलाई ल्याउन उसले सकेन । अहिले गोपाल अस्तित्वहीन भो ।”

“एसएलसि पास पनि नगरेको मान्छेले गजबले भाषण ठोक्ने रै’छ । माक्र्सवादको पितृ बुझाउने रै’छ । उसको वाकपटुता र तार्किक क्षमतादेखि म दङ्ग परेँ, ”मैले मुक्तकण्ठले गोपाल किरातीको प्रशंसामा बोलेँ ।

“उसले अन्य सिद्धान्त पढेकै छैन । एकहोरो त्यो एउटै सिद्धान्त घोकेपछि त त्यसमा खप्पिस हुने नै भो । हृदयचन्द्रले धेरै पढेको कहाँ हो र ! बिएको पाठ्यक्रममा उसले लेखेको किताब पढ्नु पर्छ । गोपाललाई पनि गा¥हो छ । उ गाउँमा छिरिसक्नु छैन अरे, ”मेरो मूल्यांङ्कनलाई उनले खण्डन गरे ।

मैले बुज्रुक हुँदै कहेँ, “ज्ञानेन्द्रको कदमबाट सबभन्दा धेर फाइदा चीनले लियो । महेन्द्रले त बन्द गर्न नसकेको तिब्बत स्वतन्त्र गर्ने उदेश्यले लाजिम्पाट स्थित दलाई लामाले खोलेको कार्यालय ज्ञानेन्द्रले झ्याप्पै बन्द ग¥योे । त्यसको बदला ३ करोड रुपियाँको सैनिक सहायतामा नै उसले चित्त बुझाउनु प¥यो । त्यै कदमबाट भारत र अमेरिका बिच्कियो ।”

“चीन कसरी हुन्छ सुपरपावर हुने दाउमा छ । थोरै लाटा छ र ?” उनले आफ्नो मत दिए ।

“एक जना सोझो न सोझो लाहुरे (भवानी राई) किन जनआन्दोलनमा दौडिन्छ भनेको त अहिले उ जनजातिको नेता हुनुलाई पो रै’छ । न विद्यार्थी जीवनमा उ नेता भई हिँडेको । हुन त जे भए पनि उसको बाबु पञ्चायत कालमा १६—१७ वर्ष गाउँको प्रधानपञ्च भएको मान्छे र ५२ पगरीवालाको छोरा हो । जनजातिलाई कोटा चाहिने हरे । कोटामा परेर नेता हुने आशा उसको होला ।” हग्नेपाद्ने नेता हुने हालको युवाप्रवृत्तिप्रति मैले टिप्पणी गरेँ ।

“कोटा त कोनि कोठा चैँ पाउँछ कि ?” उनले पनि ओल्च्याए । हाम्रो आरिसे कुरा ती युवाहरुको कानमा परे हामीले गोदाइ खानु बेर छैन । बेरोजगार, विदेश गएर दुःख गर्ने जाँगर नभएका र विद्यार्थीजीवनमा राजनीतिक अनुभव बटुलेका र स्वाद चाखेका केही हुनेखाने जनजातिका छोराहरु २०६१—६२ सालको जनआन्दोलनपछि ठुटे नेता भएर अलमलिएको देख्दा मलाई पो सुर्ता लाग्छ ।

लोडसेडिङले बिजुली रोकिइ अन्धकारले गुर्लुम्मै छोप्यो । मेरो बिस्वादिलो गफले चाख हराएर उनी निदाएको मैले बुझेँ । उहीले भाउजु तरुनी हुँदा मात्र बात मार्दामार्दै मान्छेकै सामु खुट्टा बोकाउने स्वभावका उनी बुढ्यौलीतिर घचेटिइसक्दा पनि भाउजुलाई हात बोकाएको देख्दा म छक्क परेँ ।

“धर्मनिरपेक्ष घोषणा गरेकोले धर्म प्रचार गर्न सजिलो भयो । नेपाल क्रिश्चियनले भरिने भयो ।” हिन्दू अधिराज्यलाई निरन्तरता दिनु पर्ने राजावादी सोच उनले प्रकट गर्न हिचकिचाएनन् । नेपाल हिन्दूराज्य रहिरहँदा नै धर्मको आडले राजसंस्था टिक्ने आशा राजावादीको छ ।

अँध्यारोको डुबानमा निसासिइरहँदा रसिक निदाइ सकेको (चाहे आँखा चिम्लेको मात्र भए पनि) अवस्थामा पनि ब्वाँसोले सिनो कुरेको पाराले म टोकटोकदी त्यही पर्खिरहेको थिएँ । कोनि के पर्खिरहेको ? मेरो कस्तो नराम्रो बानी ! पिल्बाङे्नी माइली (मेरी पूर्व मायालु) सँग भेट भएर छुट्टिनु चर्को परे जत्तिकै । कुरा गर्न थालेपछि गिदी तातिएर म नशालु चीजले जस्तै लट्ठिन्छु र उठेर बाटो लाग्न सक्दिनँ । यो मेरो एक प्रकारको बिमार हो ।

बिजुली आएर उज्यालो छताछुल्ल फिजियोँ । रसिक उठेर मास्टरबेडरुमतिर लागे । म पनि त्यहाँ पसेँ । थुरको टुप्पामा विचारमग्न भएर बसेको एउटा चराको तस्विर र त्योसँगै भएको शब्दहरु उनले देखाउँदै फलाके, “यो चरा स्वतन्त्र छ । पिँजडामा छैन तर पनि त्यो पीडित छ । त्यसैले यसले अहिले स्वतन्त्रताको पीडा भोग्दै छ । त्यस्तै इलाममा म चिया बगानको मालिक छु । म नै सर्वेसर्वा र स्वतन्त्र तर पनि मसँग बेग्लै खाले पीडा छ ।” त्यो ‘स्वतन्त्रताको पीडा’ (पछिबाट ‘स्वधिनताको पीडा’ फेरे) उनले बनाउदै गरेका गीतसङ्ग्रहको नाम छ ।

“आममम ! कत्रो व्यङ्ग्य त । स्वतन्त्र भएर पनि पीडित हौ, ”म रोमान्चित हुँदै कराएँ ।

“हामी त खाना खानु थाल्नु प¥यो । कि यतै खाउँ तपाईँ पनि ।” उनले औपचारिकता पु¥याए ।

उनी भोलि इलाम हिँड्ने मान्छे । के के तयारी गर्नु र सोच्नु पर्ने थियो । मैले अनावश्यक गन्थन लम्ब्याएर बाधा पु¥याइरहेको हुन सक्थेँ । त्योभन्दा महत्वपूर्ण कुरा त्यति अबेर सम्ममा उनलाई भोकले सताएको हुन सक्थ्यो । पाकेको भोजन खाउँ भन्दा म नखाने र उनले खानु थाल्नु पनि मैले गफले अलमल्याइरहेको थिएँ । उनको लागि म क्या भाम्लो आइलागेको थिएँ, ओ हो हो !

“तपाईँ खानु होस् । म त बेलुका एक पात गहुँको सुक्खा रोटी मात्र खाने गरेको छु, ”मैले स्वीकृति जनाएँ ।

उनले अर्ती बाँडे, “डाइटिङ गर्नु राम्रो होइन । रुचेको खानु पर्छ ।” अर्ती गर्नु सबैजनालाई मजा हुन्छ ।

उनको निजी कोठाबाट हामी सिटिङरुममा सरिसकेको । बिचरा ! उनी बोल्दै थिए, “अब फेरि हाम्रो भेट कहिले होला नि ?” मैले थोत्रो गन्थन गरेर उनलाई घण्टौँ अलमल्याई दिक्दार गरेको र माघको जाडोमा भोको पेटमा तातोतातो खाना हाल्न उनलाई वञ्चित गराई भात हिउँजस्तो चिसो बनाएको कुराहरु सहेरै पनि उनले त्यस्तो प्रतीक्षित वचन निकालेको घटनाले आली काट्ने मेलोमा म अचानक निस्कँदा हेलुवाको सीतासोल्टीनीले उहिले यसो भनेकी वचनको याद दिलाई मलाई खुसी बनायो, “आउँदाजाँदा बाटो नकाट्नु होसै सोल्टी ।”

‘भो लामो गन्थन नगरौँ, छुटौँ’ भन्दै झर्को मानेको वचनको साटो मेरो लामो उपस्थिति र गनथनलाई पनि उनले महत्व दिएको कुराले मेरो गन्थने बानीलाई प्रोत्साहित बनाएकोमा भने उनीसँग मैले चित्त दुखाको छु । मलाई त यसो भनेर उनले काबुू पार्नु पर्ने थियो तब मेरो बानी सुध्रिने थियो कि— ए ! निर्भीक भाइ आफूलाई फुर्सद छ भन्दैमा र सुर चढ्यो भन्दैमा रातबिरात अरुलाई भोकै राखेर अलमल्याउने बानी आइन्दा छाड ।

“अब दाजुको नयाँ कृति ‘स्वतन्त्रताको पीडा’ पढेपछि भेट्ने ।” मैले पनि उनलाई भेट्न अझै उत्सुक भएको जनाउन चुकिनँ ।

म फतफताउँदै थिएँ, “गणेश रसिक आहालजस्तो कुहेर जम्दैन । उ पहाडी खोला हो । रक्सी धोकेर शङ्कर लामिछाने, हरिभक्त कटुवाल, गोपाल योन्जनजस्तो लत्ता छाड्दैन ।”

“रक्सीको खाने त कुरै भएन । मासु खानु पनि छाँडेँ ।” उनले फुर्ति साथ बताए । व्यवहार भत्कियो वा सङ्कटले थिच्यो भन्दैमा आफ्नो बाबुले जस्तो रक्सीको शरण परेर जीउ बिगार्नु हुँदैन भन्ने होस उनीमा पलाएको र अहम् उब्जिएको मैले अन्नेजो गरेँ । जसले गर्दा उनको स्वाथ्यबारे ढुक्क परेँ ।

“रक्सी धोकेर पनि नखुस्किएको अम्बर गुरुङ मात्रै हो । नारायणगोपाल त्यसैले खुस्कियो । गोपाल योञ्जन जन्डिस लागेको बेला रक्सी धोक्ने भएछ । अनि बाँच्छ ?” उनले अथ्र्याए ।

“तपाईँको कथा ‘सन्तवीर गाउँमा छैन’ गजबको थियो ।” ढोकाको जाली खापाको बाहिर भ¥याङको टाउकोमा उभ्दै अर्को प्रसङ्ग कोट्ट्याएँ ।

“त्यो साँच्चै लाहुरेपरिवारमा घट्न सक्ने घटना हो ।” भोकले दाप भएको पेटसँग उनी फेरि कुरा गर्न सुरिए । प्रशंसा भातभन्दा स्वादिलो हुने नै प¥यो । म दस औँली हात जोड्दै पछि सर्दै बल्ल सिडीँबाट भुइँमा झरेँ । मलाई थोरै पनि भोक लागेको थिएन । उनको भात हिउँ बनाउने कोक्ल्याँटो व्यवहार गरेकोमा पछुतोले घोचिँदै मोटरबाइक चलाउने तरखरमा लागेँ ।

हिमाल उक्लेको चिसो भात मुछ्दै उनले यसरी चित्त बुझाएको भए उनको भलो हुने थियो, “साहित्यप्रेमी, राईभाइ र नाता भन्दैमा जो तो (श्रवण मुकारुङ, राजन मुकारुङ, बुलु मुकारुङ, भूपाल राई, जय छाङ्छा वा विष्णु राई) पर्खीपर्खी यति मन खोलेर र धेरै बेर मसँग कुरा गर्न तम्सिदैन । जे होस् निर्भीक (सुमन) ले मलाई चीज मान्छ र नै यसरी सताउँछ । यस्तो सताइलाई मैले फेरिफेरि स्वागत गर्नु पर्छ ।”

 

Latest News