Home विचार / दृष्टिकोण सार्वजनिक रुपमा माफि माग्नु पर्छ

सार्वजनिक रुपमा माफि माग्नु पर्छ

E-mail Print PDF
AddThis Social Bookmark Button

 

प्रेम कुमार कोरङ्गी

रमाईलो प्रसंग “पहाडको फेदीमा एउटा सानो किसान बस्ती थियो । त्यो बस्तीको पुछारमा सानो घा“से मैदानलाई फनक्क घेरेर ठूलो खोला बग्दथ्यो । त्यसै घासे मैदानमा पशुपालन गरेर किसानहरु जीबीकोपार्जन गर्दथे । त्यसैले त्यो घा“से मैदान उनिहरुको निम्ति ठूलो जिबिकोपार्जनको माध्यम बनेको थियो । एकताका २ मित्रहरु (एउटा गधा र अर्को Ïयाउरो) डुल्दै जा“दा मध्यान्हतिर लखतरान परेर त्यो घा“से मैदान पुगेछन् । भोक र प्या“सले लखतरान परेको गधा त्यो कल्कलाउ“दो घा“स नखाई त्यतिकै किन बस्न सक्दथ्यो ? त्यसैले मित्र Ïयाउरोलाई एक छिन आराम गर्नुस् है भन्दै गधा हरियो घा“स मर्काउन थाल्यो । यसरी संगैको मित्रले पेट भरुन्जेल घा“स खाएको देख्दा Ïयाउरोलाई डाहा लागेछ, मनमनै ईष्र्याले जलेछ । के गरी यस (गधा) लाई घा“स खान नदिने भनेर सोच्दा एउटा जुक्ति निकाले छ । बेस्सरी कराउ“ने जसले गर्दा गाउ“लेहरुले सुन्छन र उसलाई लखेट्छन् । अतः उ बेस्सरी कराउ“न थाल्यो । Ïयाउरो कराएको सुनेर सबै गाउ“लेहरु घरबाट बाहिर निस्के । यसो तल घा“से मैदानमा हेर्दा त गधा चरिरहे छ । गाउ“लेहरु रिसले चुर हुदै लाठी, मुंग्री, भाला, खुकुरी आदि लिएर गधा भए तिर दौडिए । त्यहा“बाट भाग्ने एउटै मात्र उपाय थियो खोला पार गर्नु । हतार हतार Ïयाउरोलाई पिठ्यूमा राखेर गधा खोलामा पौडीन थाल्यो । खोलाको बिच भागमा पुगे पछि गधाले Ïयाउरोलाई सोध्यो । मित्र म त्यस्तरी मजाले घा“स खाईरहेको बेला तपाई किन कराएको ? Ïयाउरोले भन्यो के गर्ने मित्र आÏनो त भोक लागेको बेलामा बेस्सरी कराउने बानी छ । ए त्यसो त मेरो पनि खाना (घा“स) खाए पछि नुहाउने बानी छ भनि गधा चुर्लुम्म पानीमा डुब्यो परिणाम Ïयाउरोलाई खोलाले बगायो ।” हो यस्तै Ïयाउरे प्रवृति हङ्गकङ्गको नेपाली साहित्यिक आकाशमा बिगत केहि हप्ता देखि देखा परेको छ । सबै साहित्यकार मित्रहरु लगायत अन्य जनमानसमा यो प्रबृतिले निकै चर्चा परिचर्चा पाएको छ जुन प्रबृतिलाई भिœयाएका छन् आफूलाई स्व.घो. कवि ठान्ने मित्र चन्द्र मादेनले ।

 

सन्दर्भ गत ९ डिसेम्वर, २०१२ का दिन मैले नेतृत्व गरेको समाज संखुवासभा समाज हङकङले हङकङव्यापी प्रतियोगितात्मक कविता गोष्ठी–१२ कार्यक्रम सम्पन्न गरेको थियो । यदि एभरेष्ट साप्ताहिकको गत अंक (२६ डिसेम्बर २०१२ बुधबार, भोल्युम १३, ईस्यु ३५) मा आफ्ना कुण्ठाहरु पोख्ने क्रममा सम्पूर्ण समय त्यसै कार्यक्रमको बारेमा तितो आलोचना गर्दैमा खर्चदै संखुवासभा समाज हङकङ (संखुवासभालीहरु) को अपमान, बेईज्जत र धज्जी उडाउने काम मित्रबाट गरिएको हो भने बाध्य भएर मैले आयोजकको तर्फबाट बुद्वागत रुपमा खण्डन गर्न आवश्यक ठान्दछु । जुन निम्नानुसार छन् ।

१. सार्वजनिक रुपमा माफि माग्नु पर्छ :– संखुवासभा समाज हङकङले आयोजना गरेको हङकङव्यापी प्रतियोगितात्मक कविता गोष्ठी–२०१२ कार्यक्रमको बारेमा स्व.घो. कवि चन्द्र मादेनले भए गरेका मध्ये हाल सम्मकै कनिष्ट र अयोग्य व्यक्तिहरुलाई निर्णायक मण्डलमा राखिएको प्रतियोगिता, के...गर्नेलाई भन्दा देख्नेलाई लाज, पक्षपात र अनियमितता, फोहारी खेल, असान्र्दर्भिक र भा“डभैलो, सस्तो कार्य, सुनियोजित षडयन्त्रपूर्वक रचित नाटक, अपवित्र ताल्मेल्, झा“कीहरु आदि जस्ता निच शब्दहरु प्रयोग गरी संखुवासभालीहरु प्रति एक किसिमको निस्कृष्ट प्रवृति देखाईएको छ । त्यसले सम्पूर्ण संखुवासभालीहरुको घोर अपमान बेईज्यत र मानहानी गरेको प्रष्ट हुन्छ । अतः तपाईले संखुवासभा समाज प्रति सार्वजनिक रुपमा लिखित माफी माग्नै पर्छ । होईन भने म समाजको तर्फबाट यसै लेख मार्फत सार्वजानिक रुपमा घोषणा गर्न चाहन्छु चन्द्र मादेन भन्ने व्यक्तिलाई अबका दिनहरुमा संखुवासभा समाज हङकङको कुनै पनि कार्यक्रमहरुमा सहभागिता जनाउने अनुमति छैन ।

२.  अहिले सम्म आयोजकको नाम नै थाहा रहेनछ :– मित्र त्यत्तिकै हावाको तालमा अरुले उचालेको भरमा कुद्दै हिड्दा रहेछन् भन्ने लाग्यो । हाम्रो समाजको नाम संखुवासभा समाज हङकङ हो । एभरेष्ट साप्ताहिकमा प्रकाशित उक्त लेखमा २ ठाउ“मा आयोजकको नाम उललेख गरिएको छ तर दुबै ठाउमा संखुवा समाज मात्र छ । मित्रको पनि जन्म थलो त ताप्लेजुङ्गु जस्तै लाग्यो । कसरी छिमेकी जिल्लाको नामै शुद्घ लेख्न नआउनु ? सायद विदेशमा अंग्रेजी लेख्ने बोल्ने आदतले नेपाली भाषा बिर्सियो की ?

३. उक्त कार्यक्रम सुनियोजित, षडयन्त्रपूर्वक रचित नाटकनै हो त ः– यदि त्यस्तो हो भने आÏनो लेखको शिर्षकनै बिजयीहरु नै आलोचनामा उत्रे भन्नुको तात्पर्य के ? तालमेल अनुसार पुरस्कार हाता लगाईसके पछि त आयोजकलाई बधाई र स्यावासी पो दिनु पर्ने हो त, के कसरी उल्टै आलोचनामा उत्रिए ? कसरी उनिहरुनै हाम्रो खोईरो खन्दै हिड्छन ? के तिनहरुलाई बौलाह कुककुरले टोकेको छ ? फेरि यहा“ त नेपालमा जस्तो बौलाहा कुकुर पाउ“न पनि गाह्रो छ ।

 

४. निर्णायक मण्डलीबाट धाँधली भएकै हो त ः– साच्चै नै तिनै जना निर्णायकहरुले आफ्नो कर्तव्य तथा धर्म ननिभाइ बोलकबोल बमोजिम राम्रो सृजनालाई भन्दा हाम्रोलाई प्रश्रय दिएकै हुन त ? यदि त्यस्तै हो भने आयोजक संस्था संग १४ जनै प्रतिस्पर्धीहरुको सृजना सुरक्षित रहेको हुंदा आवश्यक परेको खण्डमा सार्वजनिक रुपमा बहस गर्न सकिनेछ । फेरि सृजना प्रतियोगिताको प्रतिफल पनि कतै समावेशीका आधारमा होला र ? उसो भए कुन जात, धर्म, लिङ्गको लागि कति प्रतिशत आरक्षण दिने ? स्पष्ट बताइदिनु भए आउने दिनहरुका लागि सजिलो पर्लाकी ?

 

५.  पुरस्कारको राशीको बारेमा खिल्ली उडाउ“ने काम भएको छ ः– के...गर्नेलाई भन्दा देख्नेलाई लाज भने झै तेश्रो, चौंथो र पाचौंलाई एउटै पुरस्कार भनेर पुरस्कार राशीको बारेमा खिल्ली उडाउ“ने कार्य भएको छ । सायद जावो ५०० डलर भन्ने मनसाय होला तपाईको । पुरस्कार भनेको पुरस्कारै हो, जो स्रष्टाहरुको हौसल्ला एवं मनोवल उच्च पार्न दिइन्छ । के कति दिने भन्ने सबै आयोजककै क्षेत्राधिकार भित्र पर्दछ । तपाई पनि विभिन्न संघसंस्थाहरु अनि आफनै जाति र समुदायमा नेतृत्व गरेर हिडिरहनु भएको छ । यदि तपाईको कार्यक्रमका बारेमा पनि कसैले यस्तै टिक्काटिप्पणी गरिदियो भने के गति होला ? तर हामी यति सम्म गिर्न हाम्रो नैतिकताले दिदैन । कार्यक्रम सम्पन्न गर्न धेरै गाह्रो छ स्व.घो. कवि ज्यू, बाहिर बसेर खोट लगाएको जस्तो सजिलो छैन । युगांै देखि यो कार्य गरेर भोटो फटाएको भन्नु हुन्छ तर यस प्रकारको भोटो फटाएको कुनै अर्थ रहन्न ।

 

६. अरुको आदर र सम्मान गर्न सिक्नुहोस् तपाईलाई फाईदा नै हुन्छः– जसरी कुवाको भ्यागुताले बाहिरी संसार पनि त्यस्तै हुन्छ भनेर ठान्दछ त्यस्तो नठान्नुस । निर्णायकहरु कनिष्ट र अयोग्य भन्ने भनाई छ । कुन अर्थमा भन्नु भो ? थाह पाई राख्नुस, दाजु गुरुङ– बरुण बहुमुखी क्याम्पस खादवारी संखुवासभालाई दश वर्ष हा“केरे आउनु भएको हो । हाल उक्त क्याम्पसले पूर्वाञ्चलकै पहाडी जिल्लाहरुमा पहिलो डिग्री कलेज संचालन गरेको ४— ५ वर्ष भैसकेको छ । साहित्यकै कुरा गर्दा पनि हङ्गकङ्गको साहित्यकारहरुको दा“जोमा कम छैनन् दावाका साथ भन्छु । हामी संस्थापनहरुको पनि अधिकार हुन्छ निर्णायक मण्डली छनौट गर्ने । देश सुब्बा– उनको विधा फरक होला तर कविताको मामला पनि उनि कम छैनन् । भयवादका प्रवर्तक उनको ब्यक्तित्वमा कसैले खोट नलाए हुन्छ । अर्का निर्णायक कवि नरेश सुनुवार– शसक्त कविता लेखनबाट यहा“को नेपाली साहित्यको श्रीबृदीमा लागिपरेका चीरपरिचित साहित्यिक व्यक्तित्व हुन । निर्णायकहरु तपाईले भने जस्ता कनिष्ठ र अयोग्य छंदैछैनन् । आयोजकको तर्फबाट म घोषणा गर्न चाहन्छु   निर्णायकहरु सतप्रतिशत योग्य र क्षमतावान हुन् । यहा“ले भने जस्तो कनिष्ठ र अयोग्य होइनन् बरु वरिष्ठ र योग्य चाहि पक्कै हुन् । त्यस्तै कवियत्री दिपा राई कसरी प्रथम भईन ? भन्ने सवाल छ । कुनै पनि कार्यक्रममा नारी सहभागिता अत्यन्तै न्यून हुन्छ । अझ हुंदै हुदैन भने पनि हुन्छ । तर यहा“ त उहा“ले सहभागिता मात्र हैन उत्कृष्ट सृजना पस्किएर प्रथम नै भएर देखाई दिईन । उनको क्षमता र दक्षताको तारिफ गर्नुस । किन ईष्र्या गर्नुहुन्छ, डाहा गर्नहुन्छ ? साहित्य जस्तो संवेदनशिल क्षेत्रमा लाग्नु भाएको छ कमसेकम नारीको सम्मान गर्न सिक्नुहोस् । टिप्पणीकारद्धय मध्येका एक हुन वरिष्ठ कवि एवं गीतकारका साथै नेपाली साहित्यिक प्रतिष्ठान हङकङका वर्तमा अध्यक्ष टंक सम्बाहाम्फे ज्यू । वहाँ नेपाली साहित्य सम्बन्धि ज्ञान नभएका, १२–१५ वटा पुस्तक पनि अध्ययन नगरेका तथा हङकङबाटै निस्केका सृजनाहरु सम्बन्धि समेत अनविज्ञ व्यक्तित्व नै हुन त ? अर्का व्यक्तित्व राज कुमार राई । हाम्रँे समाजका आदरणिय सल्लाहकार साथै बिगत केहि वर्षयता हङकङबाटै प्रकाशित साब्लाबुङ साहित्यिक पत्रकाका प्रकाशक एवं सम्पादक रहेकाले उक्त कार्यक्रमको बारेमा टिप्पणीकार राखिएको हो नकि कुनै राई विशेष जातको अथवा जिल्लाबासी भएर होइन । उहा“ उमेरको हिसावले, ब्यबहारको हिसावले हामी भन्दा धेरै सिनियर हुनुहुन्छ । मै हु“ भन्ने साहित्यिक संस्थाहरु आफै भित्र रुमल्लीरहेको अवस्थामा एउटा व्यक्ति सिङ्गो साहित्यिक संस्था बनेर लागिरहनु भएको छ । १२—१४ घण्टा टाउको जोतेर बचेखुचेको समय नेपाली साहित्यको बढावाको निम्ति कम्मर कसेर लाग्नु भएको छ । उहा“का समकालिन मित्रहरु ऐस आराम र मोजमस्तीमा रमाईरहेको बेला उहा“ जस्ता पाको ब्यक्ति नेपाली साहित्यको गुणात्मक बिकास कसरी गर्न सकिन्छ भनेर लाग्नु भाछ । उहा“को योगदानलाई हामी सबैले सलाम गर्नै पर्छ अझ संखुवासभासमाजले यस्ता ब्यक्तिलाई एउटा अभिभावक (सल्लाहकार) को रुपमा पाउनु गर्वको विषय हो । एउटा काका वाउ (अभिभावक) जस्तो ब्यक्तिलाई हदै सम्म गिरेर किन उहा“को अपमान गर्नुहुन्छ ? ठूलाबडाहरुको आदर र सम्मान गर्न सिक्नुस् । यो हाम्रो नेपाली संस्कार र संस्कृति हो । एउटा नारी, बालबालिका र ठूलाबडाहरु प्रति आदर सत्कार गर्न नजान्ने तपाई जस्ता स्व.घो. कविबाट नेपाली समाजले के आशा गर्ने ?

 

७. टोप बहादुर राईको बिषयमा ः–  जिल्लाबासी भाई टोप बहादुर नेपाली साहित्यको आकाशमा एउटा भविष्य बोकेको युवा । जसले यहा“ भएका विभिन्न साहित्यिक कार्यक्रमहरुमा संधै कुनै न कुनै पुरस्कार जित्दै आएका छन् । कहा“ कुन नियम कानुनमा लेखिएको छ आयोजक संस्था, जिल्ला, अञ्चल देश, महादेशका व्यक्ति अथवा टिमले कुनै पनि प्रकारको प्रतियोगितामा भाग लिन पाउ“दैनन् साथै क्षमतावान, दक्ष र योग्य हु“दा हु“दै पनि उ पुरस्कारको दावेदार हुन सकदैन भनेर ?

 

यसरी मेरो पनि आयोजकको तर्फबाट तपाई समक्ष थुप्रै गुनासा, असमझदारीहरु छन् । ती सबै बिषवस्तुहरुलाई लेख्दै जाने हो भने सानो सानो महाभारत बन्न सक्छ । किन यति साह्रो हाम्रो विरुद्घमा खोईरो खन्दै हिड्नुहुन्छ ? संखुवासभालीहरुको बेईजत गरेर ठूलै काम गरें भन्ने सोचाई भ्यागुत्ता फुलेर हात्ति बन्छु भने जस्तो मात्रै हो । यिनीहरु केहि पनि गर्न सक्दैनन् । यिनीहरुलाई जे गरे पनि हुन्छ, जे भने पनि हुन्छ भन्ने यहा“को सोचाई देख्दा  दया लागेर आयो बिचरा स्व.घो. कवि किन नभन्ने ? वास्तवमा संखुवासभालीको बेईज्यत होईन आज स्व.घो. कवि चन्द्र मादेनको बेईज्यत भएको छ । मुर्खहरु आकाशतिर फर्केर थुक्छन छिटृा आफैलाई लागेको थाहा पाउदैनन् कसो स्व.घो. कवि ज्यू ? तपाईले हामीहरु प्रति यति निच र तल झरेर जुन ब्यवहार प्रदर्शन गर्नु भो त्यसले प्रस्ट पार्दछ तपाईको नियत, बिचार, भावना अनि तपाईको ब्यवहार । खसिको टाउको देखाएर कुकरको मासु बेच्ने संखुवासभा समाज हङकङको यो कुनै नाफा मुलक कार्यक्रम त थिएन नि । हामीले त बिशुद्ध नेपाली साहित्यलाई माथि उठाउने सवालमा त्यो क्षेत्रमा लाग्ने स्रष्टाहरुलाई प्रोत्साहित गर्नको निम्ति सकेको सानो प्रयास गरेका थियौं । तर यो Ïयाउरे प्रवृतीले हतोत्साहि बनाउने दुस्प्रयास गरेर समाजको रौं पनि हल्लिने छैन । स्मरण रहोस, जब सम्म हामी माझ एकले अर्काको अस्तित्व स्वीकार्र्ने संस्कार र संस्कृतिको विकास हुदैन, तब सम्म हामी माथि उठ्न सक्दैनौ, सबैमा चेतना भया ।

 

 

 

Latest News