Home विचार / दृष्टिकोण वातावरण (कथा)

वातावरण (कथा)

E-mail Print PDF
AddThis Social Bookmark Button

 

चन्साद,

एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर वस्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । उनिहरुलाईपनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा मुलगेटको फोन ब्यस्त राखेर घरमा कुरा गरिरहन्छन, किनमेल, अरौ परौ आदि ।

,,हेलो ............,,

,,अँ तैंले जमराहरु राख्दै गर, मारकोदिनसम्म खसी महंगो पर्ला म यतायतै बजार पुगेर खसी हेर्दै आउँछु,,, ।

...........................

ए, आजै लिईहाल्ने ? त्यसो हो भने त्यो मेरो सन्दुकबाट गोडा दुएक हजार रुपैयाँ अहिले यहा पोस्टमा ल्याईदेत....।

पालेदाई घरमा आफ्नी श्रीमतीसंग सम्भवतः कुरा गर्दैछन । मुलगेटको निकै पर आईमाई मानिसको यौटा आकृति देखापर्छ । बिमल आफ्नो दाजु अमरलाई पुलुक्क हेरेर गेटतिर दौडन्छ, अमरपनि आशान्वित भाईतिर हेर्दो छ, गेटमा पुग्नेसाथ फोनबाट मुख हटाउँदै पाले कराउँछ ,,कता हिडिस........ ? तार नागेर भाग्न लागिसकी के हो ? खुरुक्कन आफ्नो कोठामा जा............तेरो आमा सम्झिसकी के हो, त्यो आउँने तेरो फिस तिरीदिने बोजु होईन मेरो बुडी हो ।

अमर र बिमल मात्र बाँकि रहेको छन होस्टलमा अव । ति दुईको मिल्ने साथी निरज हिजो साँझमात्र गयो, आमा लिन आएकी थिईन, हिजैबाट १५ दिनकोलागि दशैंविदा । निरजको आमाले सोद्धा अमरले भनेको थियो ,,हामीलाई लिन बोजु आउँनुहुन्छ,, आन्टी बरु छाताचौकमा गएर त्यो हाम्रो बोजुलाई भनिदिनुन दशैंबिदा भयो भनेर.........., त्यो थुप्रै रिक्साको साहुनी हो के हाम्रो बोजु....।,,

निरजको आमाले आवश्यक ठेगाना टिपीन, तुरुन्तै उस्को बोजुलाई फोन गरीन उठेन, र अमर बिमललाई ढाडस दिईन, ,,ल ल जति हतार भएपनि म त्यहा पसेर भनिदिउँला,, । सोधीन फेरी ,,आफ्नै बोजु हो ?,,

निरास उत्तर दियो भाईचाहींले ,,हईन हाम्रो बोजु,त खई खेटाङ हो की खोटांगतिर हुनुहुन्छ, हाम्रो बोजु,त कति राम्रो छ पहाडमा, हामलिाई सँधै दुध खान भन्नुहुन्छ । यो त हाम्रो फिस तिरीदिने गुरुङसेनी बोजु हो ।

नमिठो मन लिएर निरजको आमा छोरालाई हातमा समाएर गेटबाट बाहिरिई । पालेले खै गर्यो ,,वहिनी यो फुच्चे दुईको गार्जेन कतिगर्दापनि फोनमा भेटिदैन, कहिले दार्जिलिंग, कहिले काठमाण्डु यो ब्यापारीहरुको ठेगानै नहुने तिमीले कसैगरी पत्तो लगाएर भनिदेउन । यी दुई घाँडो नै भए, हेर्नुनी यी रुङनैको लागिपनि ड्युटी गर्नैपर्ने....... ।

निरजको आमाले प्रतिवाद गरिन, के यी दुई नभए तपाईले डिउटी गर्नु पर्दैन र ? तपाईहरु त बिध्यार्थीकोमात्र होईन, होस्टेल सुरक्षाकोलागि खटाएको मान्छेहरु हो । यदि तपाईहरुको चोरी कामले होस्टेलमा त्यतिका विज्ञानका सामाग्रीहरु, खेलकुदका सामानहरु चोरी भयो भने नी..........।

चौकीदारले दाहृ ङिच्याएर हाँस्दै भन्यो ,,यसो २, ४ घण्टात चलिहाल्छनी........., सरकारी पुलिसहरुत डिउटी छाडेर घरमा बुडीसंग सुतेर पालो सकिनेबेलामात्र पोस्टमा हाजिर हुन्छन, हामी निजी संस्थालाई कसले के गर्ने ? अलिलि उत्तेजनाजस्तो बिद्रोह र आक्रोस जस्तोपनि झल्क्यो पालेको मुहारमा ।

त्यसो होईन दाई कुरा जिम्मेवारीको गरेको हो, तपाईत यी वालकहरु नभए आनन्द घर वस्नेवाला हुनुहुँदो रहेछ । तपाईले उनिहरुलाई मायालु वातावरणमा राख्नुपर्छ । भित्र कुकले के कस्तो खानादाना दिन्छ त्यो समेत रेकर्ड राख्नुपर्छ ।

पालेले ङिच्च दाँत देखाएर हाँस्दै भन्यो ,,अँ तपाईको कुकले हिजो बेलुकी उसैको घरबाट दालभात ल्याएर तिम्रो छोरासुद्ध तिनैजनालाई याहि चौरीमै खुलाएपछि आज यी यतिकोबेला भईसक्यो देखा परेको छैन । हामी पाले रेकर्ड होईन उ यो रेखाभन्दा भित्र जान पाउँदैनौँ,, । उस्ले भित्री गेटको पोस्ट देखायो ।

निरजको आमाले छोरालाई पुलुक्क हेरिन, सायद निस्तो दालभात सम्झीन अनि बजार निस्केर फोनमै श्रीमानलाई यो भन्न आतुर भईन ,,औ छोरालाई यो होस्टेल नराखौँ, बरु अर्कोबर्षबाट घरमै पढाउँछु म, आखिर म तीन तीन बर्ष एक्लोपनि छु, तिम्रो प्रमोशन भयो र फेरी फैम्ली पर्मिशन पाईयोभने पछि उतै राम्रो स्कुल जोईन गरौँला.......,, । तुरुन्तै कल्पनाबाहिर आएर अमर पट्टि फर्कदै बोलीन ,,तिमीहरुको बाबा आमा कहाँछन त.........?

अमरले छोटो जवाफ दियो ब्रुनाईमा आन्टी........,, । बिमलले रुन्चे स्वर निकाल्यो, ,,पोहोरपनि दशैं सकिएको भोलीपल्टमात्र आउँनुभो बोजु । छाताचौकको उस्को घरमा २ दिन बसेर होस्टेल फर्केको हामी,, ।

निरजको आमाले के गरिन् । खोजिन् या खोजिनन्, अमर बिमलको दशैं बिदा भएको समाचार भनिन् या भनिनन् । तर आज ५ दिन बितीसक्दापनि बोजु होस्टेलमा देखा परिनन् । सयौँ बिध्यार्थीले छाडेर गएको श्मसानजस्तो सुनसान होस्टलमा १२ र १० बर्षको ति दाजुभाई अमर बिमल डरले राती सुत्नपनि सक्दैनथे । बिरालोले छिसिक्क आवाज दियो भने दुवै एक आपसमा अँगालो हालेर पोका पर्थे, स्वाँ स्वाँ गर्थे, बाहिर जाउँ पाले दाई भुईंमा अध्यारो खस्नेसाथ मुलगेटमा भोटेताला लगाएर आफ्नो घर हिडीसकेको हुन्छ । भित्रै बसुँ पोहोरमात्र बिवेक भन्ने उनिहरुकै साथी होस्टेलमै रगत छादेर मरेको, अनि सिनियर दाईहरुले त्यो भुत भएर जागेको कुरा दिनहुँजसो सुनाईरहेको । निजी बिध्यालय हो कुनै छडके चेकजाँच हुँदैन, जो कोही पालेहरु खुरुक्क भाग्छन तर तलव पुरै बुझछन यो उनिहरुलाई के थाह ?

आँखा टट्टाईन्जेल गेट हेरेर अमर बिमलको दिन बित्दो छ । कुकले कहिले दिनको ४ बजे कहिले २ बजे एकचोटी खानेकुरा दालभात ल्याईदिन्छ । बढीमा बोक्रा नछिलेको आलुको तर्कारी । प्रिन्सिपलको हुकुम छ यो केटाहरुको गार्जेन नआईन्जेल खाना खुवाउँनु उनिहरुको गार्जेनलाई २५ प्रतिशत फाईन हुन्छ साँडे १२ प्रतिशत तैंले पाउँछस । यति ममताविहिन दशैं, मध्यदशैं टिकाकोदिनपनि उनिहरुलाई मासु खान दिएन कुकले उस्को घरमा,त सायद पाकेको हुँदो हो मासु । मानिसहरु कानुन कानुन भनेर यति कठोर हुनसक्छन ?

निकै पर केही मानिसजस्तो आकृति देख्योकी भाईचाही गेटतिर दौडन्छ, यो क्रम निरन्तर चलिरहन्छ । दाजु आशातित आँखाले भाई गएतिर हेर्छ, तर डेक चल्दैन । भात नरुचेकोले नतागत आँखामात्र पिलपिल दाजु अमर भित्रजाने सिंडीमै बसेर भाईले कतै सुभसमाचार ल्याईहाल्छकी आँखा भने केही तिखाथ्र्यो तर तुरुन्तै धुमिल भएर गईहाल्थ्यो । टाढा देखिने त्यो आकृति उनिहरुलाई लिन आउँने उनिहको बोजु वा आफन्त हुँदैनथे । जो उनिहरुको आईतेनी बोजु, शहरमा थुप्रै रिक्साको धनी जस्लाई छोराहरुको रेखदेख गरिदिन अमर बिमलको आमा वावुले बढीनै पैसा पठाउँथे ब्रुनाईबाट र छोराहरुको हालखवर उनै बोजुलाई सोधेर चिठी ओहोर दोहोर गरिरहन्थे ।

१० दिन छुट्टी यसै बित्यो, भाईचाही सानैदेखि हापहुप खाईहाल्ने, अहिलेपनि जस्तो तस्तो खानसक्छ तगडै थियो आजसम्म । कुरा निकाल्यो बिमलले,  ,,पोर परारै के त दाजु......हामी यो होस्टेल आउँनु अलिकअघि हाम्रो पहाडको दशैंमा हकी...........मार हान्दा हाम्रो बाउको बाउ के रे ? चुचुले यति ठुलो राँगो खुँडाले चटक्कै छिनाएको........,, बिमल हाँस्न खोज्यो ,,अनि के त कात्तिके की के गाउँ रे ? हो त्यहाको हौदे काकाले मलाई जुरुक्कै उचालेर त्यसको रगत टेक्न लगाएर ढोकाको माथि भित्तामा मेरो पाईतालाको छाप हानीदिएको........,, मलाई अझै याद छत..........। अनि के त त्यो दिन....... भुटेको मासु आमाले कति धेरै धेरै दिनुभएको हकी हामीलाई ........?,, । अमर बोलेन, भाईलाई पुलुक्क हेर्यो थुक निलेर टोल्हाईरह्यो । बिमल चाहन्थ्यो बितेको रमाईलो कुराहरु सम्झेर भएपनि दाजु अमर उ जस्तै फुर्तिलो होस । उस्ले पहाड घरको रमाईलो कुराहरु कोट्याएर अमरलाई मानसिकरुपले तन्द्रुस्त बनाउँन कोशिष गरिरह्यो तर अमरलाई त्यो यौटा पिंडा भएर गडिरह्यो ।

उता ब्रुनाईमा लाहुरे बाबु दशेरा पार्टीको जाँड लागेर रंगे रंगे भएकोबेला बुढीसंग गफ हाँक्यो ,,हेर बुडी कसले दुदुईजना छोरा त्यति महँगो होस्टेल राखेर त्यति राम्रो स्कुल पढाएको छ ? शत्रुमित्रुले हेर्दापनि अरे बस् यो छाती..... बुझिस यो मर्दको छाती अरु चौडा भएजस्तो लाग्छ..........,, ।

बुढी यहि हो मौका भनेर चौका हान्थी ,,अवत ठुलोचाहीत राम्रो लेख्ने भईसकेको छ, चिठी त्यस्लाईपनि लेखन बुढा........सानैपनि,त ४ पास भईसकेको छ, बिचराहरुलाई हामी कस्तो ठाउँमा कस्तो सुखमा छौँ केही थाहा छैन, ब्रुनाई भनेको छ के, कहाँ, कस्तो ठेगानासम्म थाहा छैन बिचराहरुलाई...........,साँचि यो ठेगानामा चिठी लेख भनन.....गाँठे कोखाको गाहाहरुपो त हौ.........बुढा........। मध्य दशैंकोबेला हेरत.....के खायो के खाएन त्यो आईतेनी दिदीको ब्यापार बढेर कुनै ठेगाननै हुँदैन रे आजकाल .......। यतै ल्याउँनुहुन्थ्यो नी खुपै कान्छी बुढी चाहियो तिमीलाई र छोराहरुको नामै कटाईपठायौ, धन्न जागिरचाही थामियो......... ।

लाहुरे ढाडस दिन्थ्यो ,,अरे के चिन्ता गर्छेस, जम्दार्नी आईतेनी साईली भनेपछि सारा दुनियाँले चिनेको, धरानमा सवभन्दा पहिला ट्याक्सी रिक्सा चलाएर उस्त पैसा कमाएरपनि अहिले त अरु ठुलठुलो ब्यापार बिजिनेश गर्ने नाम चलेको काकी हो । दिदी होईन त्यस्तो देखिएपनि काकी पर्छ साइृनो, टाढाको साईनो भएपनि हेर् त हङकङबाट तिश्रा छुट्टी निस्कदा कस्तरी खसी काटेर भोज खुवाको हामीलाई ? उमेरमै जम्दार काकाले छाडेर गएपनि घर कस्तरी चलाएको विधुवी आईमाई हो त्यो काकी.........त्यही पारी गाउँकोत हो...अहिलेपो शहर झरेर करोडपति भएत...........।

भित्र बिशाल होस्टेलको डवल डेकरवाला खाटैखाटभएको ठुलो कोठा छ । अमर त्यता छिर्ने ढोकाको सिंडीमा बसेर , अनि अलि वरतिर सानो रुखको छहारीमा रहेको काठको राउण्ड बेन्चमा बसेर भाई बिमल मुलगेटमा हेरेरै १४ दिन बित्यो उनिहरुको । त्यो १४ दिनको साँझ भाई फेरी कोही चिने देखेको मानिस आएजस्तो देखेर गेटतिर दौडेपछि दाजुचाहीपनि आशाले जुरुक्क के उठेथ्यो तर बर्लङ्गै ढल्यो । चिनेजस्तै लागेर भाईचाही आत्तिदै करिव करिव हर्षको आँसु झार्दै गेटमा आईपुग्यो, चिने देखेकै मान्छे रहेछ तर अर्को पाले । डिउटी खातामा सही गरेर त्यो तुरुन्तै आफ्नो घरफक्र्यो । यता दाजु अलस तलस भएर लडेको देखेपछि पालेतिर फर्केर करायो बिमल ,,अंकल.......अंकल.........,, । तर दशैंको रहलपहल एकादशीमा खाएर रंगीईसकेको पालेले यी सव कुराहरु चासोनै राखेन, उस्को दाजुको अवश्थानै देखेन उल्टो करायो ,,केईले खाँदैन चुपचाप गएर सुत्.......खानेभए यत्रो दिनमा खाईहाल्थ्योनी........,,। मर्मस्पर्सि रोदन निकालेर चिच्यायो बिमल ,,अंकल.........मेरो दाईलाई के भयो ?,, तर पाले लर्वराउँदै भएपनि धेरै पर पुगिसकेको थियो । बरु त्यो चिच्याहटको असरले अमरले विस्तारै टाउको उठायो र बोल्यो ,,भाई मलाई के भयो.........? बिमलले रुँदै सोध्यो ,,दाई तँलाई के भयो....?  अँध्यारोले राम्रै राज गरिसकेको साँझमा दुवैजना अंकमाल गरेर धेरैवेर रोईरहे, होस्टेलको पेटीमै ।

क्रमसः

पुस्तैनी विरासत, लाहुरे विरासत धेरै शिर्षकहरु खोजिएर अन्तमा वातावरणले प्रभाव पार्दै लगेको हाम्रो छोरा सम्राटको वौद्धिक विकासको यादमा सम्झनाले सुझाएको सझाव ,,वातावरण,,मा नौरान (न्वारन) भयो । यो यौटा सिंगो उपन्यास हो वातावरण । पाठकहरु यदि चाहनहुन्छ भने बिसौँ भाग लेखनमा रहेको यो उपन्यास क्रमस आउँनेछ, हरेक अंक आफैमा यौटा कथा हो,यसर्थ यस्लाई भागभागमा पढदा बोरिंग नहुने प्रयास गरेको छु जस्तो यो पहिलो भाग १ हो । पाठकहरुबाट सझाव पाउँ अरु अंकहरु ल्याएमा यहि तपाई हाम्रो मलबाटोबाट आउँने छ । साहित्यिक पत्रिकाहरुसंगपनि सल्लाह गरिएको हो खई केही सझाव दिनभएन............मुल्यत दुमीको चर्कै छ ।

दुमी

 

 

Latest News