Home विचार / दृष्टिकोण "परिबर्तनशिल सोच आजको आवश्यकता"

"परिबर्तनशिल सोच आजको आवश्यकता"

E-mail Print PDF
AddThis Social Bookmark Button

बिष्णु गुरुङ "एकता" क्यालीफोर्निया

परिबर्तनशिल संसारमा कैयौ कुरा हामीले चाहेर होस या नचाहेर परिबर्तन भएरै छाड्दोरहेछ तर कैयौ यस्ता कुराहरु छन् जसलाई परिबर्तन गर्न कसैले चहान्छन त कसैले चहादैनन जस्तै हाम्रो समाजमा "छोरी हुनु रुपको छोरा हुनु हुपको" यस उखानको तात्पर्यले छोरा र छोरी प्रतिको सोच्ने मानसिकतालाई नै फरक फरक पारिदियो वा हाम्रो सामाजिक संरचना अनुसारको उखान टुक्का बन्नपुग्यो। आखिर जे होस, जुन उखानको छाप मेरो मानसपटलमा यसरी जीवित थियो।  सबैले निक्कै राम्री भनेर बयान गर्दा साँच्चै एउटा राम्रो हुनेखाने पति पाउनेछ भन्ने कुरामा निक्कै बिश्वास्त थिए। केहि हुनेखाने लोग्ने भेट्टाउँन सकेर राम्रो लाउन खानाको ब्यबश्था पाउनु भनेकै सुखी जीवन र आफू संसारको भाग्यमानी नारी मध्ये एक हुनेछु भन्ने बुझेकी थिए। पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ भनेर भनेको सुनेकी थिए तर खासै आफुलाई चाहि कसैले यसो भनेर प्रेरित गरे जस्तो लागेन। 

 

सायद अर्काको घरमा जाने र अर्का कै भाग्य खाने जात हो भन्ठानेर होला। आफ्नो जीवनको महत्व र अस्तित्वको बारेमा पर्वाह थिएन। घर परिवारको रेखदेख गर्नु समाजमा एउटी असल श्रीमती भएर बाँच्नु नै आफ्नो परम धर्म, कर्तब्य र अस्तित्वको जीवन हो भन्ने गहिरो छाप ममा पनि थियो। जीवनको सिकाई र भोगाईले नै यस बिशाल धर्तीमा आफू अनुसारको दुनियाँ र सोच बनाउँदो रहेछ। अहिले फर्केर हेर्दा बिगतको सोच सम्झेर मलाई कहाली लाग्छ। आफूलाई एउटा मानव स्वतन्त्रताबाट बन्चित गरेको सम्झेर; नारीलाई उसको रुपको बाहेक उसको राम्रो कामको र खुबीको प्रसंसा गर्दा मातिन्छे र खुशी भएर हाँस्दा उत्ताउली भनेर निर्धक्क भन्छन किनकी सामाजिक मानचित्र त्यहि बमोजिमले बनेको छ। प्रसंसा पाउँनु र खुशी हुन समेत अधिकार खोसिएका नारीहरु यसलाई आफ्नो संस्कारको चलनको रुपमा स्वीकार गरेर चिन्त बुझाउदै आईरहेका छन्। जसले गर्दा आफ्नो वास्तिक खुशी र राम्रो गुणको पहिचानबाट समेत बन्चित नहोला भन्न सकिदैन। हरेक मानिससँग केहि न केहि राम्रो गुण छन्। त्यसैले कुनै पनि मानिस खुबिवान तब मात्र बन्छ जब उसले उसको प्रतिभालाई प्रस्तुत गर्ने र निकाल्ने किसिमका अबशर र बाताबरण पाउँदछ र मानिस सुन्दर तब मात्र हुन्छ जब उसँग आफ्नो स्वाभिमान र अस्तित्वको जीवन हुन्छ। जसले आफ्नो खुशी आफै ल्याउन सक्छ। अहिले सम्म त्यस्तो कुनै बैज्ञानिक प्रमाण छैन कि पुरुषमा नारीको भन्दा बढी बुद्धि र क्षमता छ भन्ने बरु स्त्रीबर्गमा पुरुषको भन्दा बढी सोच्न सक्ने क्षमता भएको बैज्ञानिकले प्रमाणित गरेको छ। त्यसैले हाम्रो यस्तो किसिमको परम्परागत विभेद संस्कारको सोचमा परिबर्तन गरेर कुनै पनि मानवले स्वतन्त्र र स्वाभिमान जीवन जिउन पाउँने अधिकारबाट बन्चित हुन नपरोस। जिवनका अबशरका ढोकाहरु र मानव अधिकार सबैले बाराबार रुपमा पाउनु पर्छ।

 

हरेक मानिसको जीवन समाजसंग सम्बन्ध छ। जुन समाजले दिएको विभेदपूर्ण सामाजिक मान्यता र संस्कारहरुले हामी कसैको भलाई गर्दैन। नचाहोदो प्रसंसा र सम्मानले मान्छेलाई घमण्डी र अन्धो बनाउदछ। जसले गर्दा अर्काको भावना र चाहानलाई बुझ्ने हृदयका ढोकाहरु खुल्न सक्दैन। अर्काको बिचारलाई सम्मान गर्नु भन्दा अपमान गर्न पुग्दछ र बिबादपूर्ण माहोल सिर्जना हुनजान्छ। आज हामीले गरेको क्रियाकलाप नै भोलीको हाम्रो संस्कार बन्दछ र त्यहि संस्कारले सभ्यताको निर्माण गर्दछ। त्यसैले नारीलाई मानव अधिकारबाट बन्चित गरेर पुरुषलाई ईज्जत, सम्मान, अंश र बंशको मालिक गर्ने हाम्रो पितृसत्तात्मक सोचले नारीलाई शोषण गर्ने मात्र नभई; पुरुषलाई उसको मानवियता खोसेर ठुलो अन्याय गरेको छ। जुन सोचले हाम्रो सभ्यतालाई नै पछि धकेलेको छ। त्यसैले यो सोच हाम्रो प्रगतिको शत्रु हो,  हामी बिचको कालो पर्दा हो। यसलाई दुवै मिलेर च्यातेर फाल्नु पर्छ र बराबरी सोचलाई अंगाल्नु पर्ने आजको आवश्यता हो।

 

संसारका हरेक शिशु आमा बिना जन्मिदैन तर बाबु बिना जन्मन्छ। एउटा जीवन दिन आमाको जति योगदान अरु कसैको हुन सक्दैन। त्यसैले मानिसको जीवनको जग नै आमा हो। प्रकृतिको यो नियमलाई कसैले तोड्न खोज्दा त्यसको क्षेती हाम्रो समाज र हामीले नै बेहोर्नु पर्छ। एउटा असल नागरिक तब मात्र बन्छ जब उसले राम्रो तरिकाको गाईड़लाईन पाउँदछ। राम्रो गाईड लाईन तब मात्र सम्भव छ जब उसको आमा सक्षम हुन्छे। मसँग आत्म छ, कल्पना र विवेक पनि छ, त्यसैले म आफ्ना गहनतम जिवनमुल्यहरुको जाँच गर्न सक्छु। म यो महसुस गर्न सक्दछु कि जुन स्क्रिप्टको हिसाबले म बाँचिरहेको थिए र छु, त्यो ति जिवनमुल्यहरुसंग मेल खादैन। म यो पनि महसुस गर्न सक्दछु कि मेरो जीवन आफूद्वारा बनाएको प्रोएक्टिभ योजनाको परिणाम होईन, बरु कि त्यस प्रथम रचनाको परिणाम हो, जसलाई मैले परिस्थिति र अरु मानिसको भरोसामा छोडिदिएकी थिए। तर म बदल्न सक्छु। म आफ्नो सिलसिला सिमित गर्नेवाला अतितको बाबजुद आफ्नो असिमित क्षमताबाट बाँधिन सक्छु। म आफै आफ्नो प्रथम रचयिता बन्न सक्छु। म आफ्नो अस्तित्वको जीवनमा बाँच्न सक्छु।

 

Latest News