HongKongNepali.com, The Next Media

Thursday
Aug 17th
Home विचार / दृष्टिकोण एनआरएन सम्मेलन मेरो नजरमा

एनआरएन सम्मेलन मेरो नजरमा

E-mail Print PDF
AddThis Social Bookmark Button

बिष्णु गुरुङ (एकता),क्यालिफोर्निया

कुनै पनि बस्तु या चिज जो जस्तो छ त्यो त्यस्तै हुन्छ। फरक आफूले कसरि बुझ्यौ। परिणाम त्यस माथि भर पर्ने कुरा रहेछ। नेपालीहरुको केहि सम्मेलनहरुमा हाम्रो जोडी पनि सहभागिता हुने मौका पाउँदै आईरहेको सिलसिलामा एनआरएन एनसीसी अमेरिकाको दोस्रो सम्मेलन एलएको बारेमा निकै चर्चा परिचर्च साथीहरुबाट सुने तर आफ्नो व्यक्तिगत कामले गर्दा जान सक्ने स्थितिमा होला झैँ लागेको थिएन। त्यसैले चुपचाप मनलाई मनाउदै आफ्नै धुन र ब्यस्थातामा आनन्द थिए। जब केहि साथीहरुको रमाईला कुरा र आउँन आग्रहले आखिर चंचल मनै त होनी एक्कासी जान मन लाग्यो र लगतै जाने निर्णय गरेर जसलाई फोन गर्दै ( ल म त सम्मेलनमा १०० % जाने भए तिमी आफ्नो खुशी गर भनेपछि, म पनि जान्छु यार भनेर उपनि तम्सियो। शनिबार बिहान चार बजे आफन्तहरु र हाम्रो जोडी बाटो लाग्यौ।

ह्युस्टनमा भएको एनआरएन चौथौ क्षेत्रीय सम्मेलनले हाम्रो मन जितेको र त्यस रमणीय क्षणलाई हामीले भुलेका छैन। त्यसैले होला मन उमङ्ग, दिमाग खुल्ला भएको अनुभव भैरहेको थियो। करिब सात घन्टाको ड्राईभ पछि सम्मेलनमा पुग्दा धेरै जसो चिनेका साथीहरु, कोहि साथिहरु प्रत्यक्ष भेट हुन् बाँकी रहेको र कोहि साथीहरु नयाँ परिचित सबै किसिमको साथीहरु भेट हुँदा साञ्चै मन अति नै खुशी भैरहेको थियो। रजिष्टर गरेपछि दिउँसोको खाना खाईवोरी, कार्यक्रम संचालन भैरहेको हलतर्फ लाग्यौ। कार्यक्रमहरु भने समयलाई एकदमै पछाडी धकालेर ढिलाई भैरहेको अबश्था रहेछ। कार्यक्रम आफ्नै धुनमा चलिरहेको थियो। कयौ साथीहरु गफमा नै मस्त देखिन्थे। सायद, बल्ल बल्ल भेट भएको अवसर छोपीरहेको होलान। कति कार्यक्रममा तिर आकर्षित देखिन्थे। भने कति भित्र बाहिर गरिरहेका थिए।

ढिलै भएपनि महिला गोष्टी शुरु भयो। तर प्रायजसो कुर्ची खाली हुदै गैरहेको देखे। बाहिर गएर साथीहरुलाई कार्यक्रममा आउँन अनुरोध गरे। जेहोस साथीहरुको राम्रै सहभागिता भैरहेको थियो समयको अभावले एकजनालाई तिन मिनेटमा घन्टी बज्ने नियम गर्यो। महिला दिदीबहिनीहरुले आ(आफ्नो जीवनको अनुभव र अहिलेको यथार्थमा बढ्दै गईरहेको महिला हिम्सा साथै महिलाको समस्याहरु प्रति चर्चापरिचर्चा गरे। विभिन्न किसिमका कार्यक्रमहरु राति बार बाजे सम्म चल्दै थियो। हामी सुत्न होटेल तर्फ गयौ। तर सुत्नु भन्दा पनि केहि साथीहरु सामेल भएर रमाईलो गर्ने कार्यक्रममा हामी सामेल भएर गित गाउदै खाना खादै एक अर्कालाई नजिक बनाउने बाताबरणमा रमाईरहेका थियौ बिहानको चार बजी सकेको रहेछ हामी बिदा मागेर सुत्न आफ्नो कोठा तिर लाग्यौ ।

फेरी आईतबार बिहानै खेलकुद कार्यक्रम भएकोले मैदान तिर लाग्यौ। मैदानमा सबैजना राजदूतदेखि महिलावर्ग पनि स्पोर्ट टिसर्ट लगाएर फूटबल खेल्न उत्रियौ। फोटो सेक्सन शुरु भयो। त्यसपछि खेल शुरु भयो सधै अर्कै रुममा देखिरहेका हरुलाई मैदानमा फूटबलको पछाडी दगुरिरहेको र कयौ लडेको कति बल देखेर भागेको दृश्यले गाला नै च्यातिने गरि हाँस्यौ। त्यसको साथै घमाईलो दिनले पनि रमणीय बाताबरणलाई साथ् दिईरहेको थियो। क्षेत्री लफमको खगेन्द्र जीले नयाँ ईमिग्रेण्ट लको बारेमा जानकारी गराउदै धेरैजसो साथीहरुको जिज्ञासालाई मेटाउनु भएको जस्तो लाग्यो। त्यसपछि पशुपति समुदाय भवनको भ्रमण र ऋषि ढकाल जीको दिउँसोको खानाको निमन्त्रणले साँच्चै मलाई नेपाल मै पुगेको महसुस जसले नेपालीको एकतामा गर्व गर्नैपर्छ। त्यसपछि साँझ सांस्कृतिक कार्यक्रममा हाँस्य कलाकार सन्तोष पन्तजीको नाटकले हाँसो, कर्ण दासको गीतले निकै भावुक र गम्बु शेर्पाको गीतमा अलिकति भने पनि नाँचे। त्यस साँझमा सबै भन्दा मेरो मन बृन्दा बैनीसंगको भेटले खुशी बनायो। त्यसपछि शरीरलाई आराम दिन कोठा तिर लाग्यौ।

यस सम्मेलनमा मेरो भदा हितमान गुरुङले टेनिस खेलमा सिंगल र डबल दुबैमा जित्न सफल भएको साथै हाम्रो नर्देन क्यालिफोर्नियाको सन्नी सगरमाथाको फूटबल टिमले सिल हाँसिल गरेकोले  पनि होला रमाईलोको थप उर्जा जागेको मलाई र हाम्रो टिमलाई। एन आर एनको मुख्य संरक्षक देवमान हिराचनको ईमानदारीताले भरिएको भरोशा लाग्दो जीवनको अनुभव अनि नो कहिलै नभन्नु, उदेश्य बिना सफल सम्भव हुदैन जस्ता प्रभावकारी भनाईले थप आत्मबल अवश्य मिल्नेछ। त्यस्तै रबि लामिछानेको त्रिभुवन बिभान स्थलमा विश्वकै सबभन्दा ठुलो बुद्धको मुर्ति बनाउने बिचार सुनेर खुशी लाग्यो। विश्वमा शान्ति र अहिंसाको प्रतिक भनेर स्थापित महापुरुष गौतम बुद्ध "वरिपरि उज्यालो बत्तिमुनी अध्यारो"भैरहेको अवस्थामा यस्तो सोचलाई विश्वले नै प्रसंसा गर्नेछ यसमा दुईमत छैन। "सफलता भाग्यबाट होईन, केहि नियमहरुलाई पालन गरेर पाईन्छ।"त्यस्ता नियमहरु पालन गरेर सफल व्यक्तित्वहरुको बिचार बुझ्न साथै साथीहरुसंग प्रतक्ष्य भेटघाटले एक अर्कामा सद्भाव र आत्मियता बढाउन साथै लाखौको हाँसो यी क्रियाकलापहरुले आफ्नो आत्मबल बढेर मनलाई खुशी राख्न साथै सकारात्मक सोचलाई बलियो बनाउन प्रेरित गरेको महसुस मैले गरेकी छु। अब यहि जुलाईको ४ देखि ६ सम्म न्युयोर्क शहरमा ूएकतिशौ एएनए सम्मेलन नेपालको लागिू भन्ने उदेश्यमा हुन् गैरहेको एएनए सम्मेलनमा महिला गोष्टीको संयोजक साथै एएनए कार्य समितिको केहि जिम्मेवारी निभाउने प्रतिबद्दता मात्रै नभएर फेरी पनि साथिहरूसंग लाखौको हाँसो साथै आत्मियता र बिश्वासको गाँठोलाई बलियो बनाउने मौका मिल्नेछ भन्ने कुरामा विश्वास्त छु।

 

 

 

 

 

 

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News