Home विचार / दृष्टिकोण अल्टर भेराइटिज सो बारे भ्रमको चिरफार

अल्टर भेराइटिज सो बारे भ्रमको चिरफार

E-mail Print PDF
AddThis Social Bookmark Button

अल्टर हंगकंगले गत १४ जुलाई २०१३ ‘साँझ अल्टर भेराइटिज सो’ कार्यक्रम प्रस्तुत गर्यो । उक्त कार्यक्रमको एउटैमात्र पवित्र उदेश्य थियो इन्दिरा राना मगरको व्यवस्थापन रहेको पिए नेपाललाई सहयोग गर्ने । पिए नेपालको पूर्ण रुप हो ‘प्रिजनर्ज असिस्ट्यान्स नेपाल‘, जसले दुभाग्र्यवस आमा बाबुसंगै जेल जीवन बिताउन बाध्य बच्चाहरुको उद्धार गर्नु को साथै असहाय, निमुखा वालवच्चाहरुलाई सहयोग गर्ने गर्छ । अल्टर हंगकंग नेपाली समेमत सम्मिलित कलेजका विद्यार्थीहरुको वर्कसपको बढोत्तरी रुप हो । विद्यार्थी जीवनमा सिकेका ज्ञान र सीपको पक्का पक्की रुपमा बाहिरी दुनियाँमा पनि प्रयोग गरिरहेको छ अल्टर हंगकंगले । अल्टर हंगकंगबारे बुझ्दा यस्तो लाग्छ  १) मान्छे सधैं सिर्जनशील हुनु पर्छ २) मान्छेले सधैं सकारात्मक सोंच  राख्नु पर्छ ३) मान्छेले आफ्नो ज्ञान र सीप अझ भनौं प्रतिभाको भरमग्दुर उपयोग गर्नु पर्छ अनि ४) त्यस्तो प्रतिभाको उपयोग गरिंइदा सकारात्मक कार्यकोलागि गरिनु पर्छ । अल्टर भेराइटिज सो हेरेर फर्किंदा म भित्र भित्रै रौसिएको थिएँ ।  ममात्रै हैन कार्यक्र हेर्ने प्रायः सबै रौसिएका थिए । रौसिनुको एउटै कारण थियो यति कलिला नानीहरुले यति पवित्र उदेश्य राखेर यति राम्रो कार्यक्रम गरे । तर चामलमा घुनपनि हुँदो रहेछ । घुनको काम हो चामल खाने । गुपचुप क्याटवाक शीर्षक रहेको राज्यसत्ता डट कममा समाचार हेर्दा यस्तै लाग्छ । म त्यही समाचारपट्टि केन्द्रित हुन चाहन्छु । 

१. सबैभन्दा पहिले कार्यक्रम कसले आयोजना गर्दैछ  अनि के को लागि गर्दै छ भन्ने बुझ्नु जरुरी छ । हाम्रो पत्रकार मित्रले उनीहरुको नामै नसुन्नु त ठीकै हो ला तर पिए नेपालबारे सामान्य जानकारीपनि नहुनुचाहिं विडम्व नै हो जस्तो लाग्छ –पिए नेपालको बारेमा हल्का टीप्पणी गरेको देख्दा त्यस्तै लाग्छ )। माथि नै भनी सकिएको छ कि अल्टर विद्यार्थीहरुको एउटा सानो समूह हो । त्यो दिनको कार्यक्रमको मूख्य उदेश्य नै पिए नेपाललाई सहयोग गर्ने थियो । हामीले कतिपय  सन्दर्भमा सहयोग रसिदहरु काटेर कुनै संस्था या व्यक्तिहरुलाई सहयोग गर्ने गरेका छौं । उनीहरुले पनि त्यसरी नै सहयोग रसिद कटाउन सक्थे होलान् । उनीहरुले कम्तिमा पनि एउटा कार्यक्रमको आयोजना गरे जुन अति सह्रानीय छ । उनीहरुले पर्चा पोष्टरिंगपनि गरेकै रहेछन् । सहयोगदाताहरु बढी भएको भए सुनमा सुगन्ध हुने थियो त्यो स्वभाविक हो । तर यस्तो कार्यक्रममा पत्रकारहरुले बुझेर आउनु पर्ने हो कि निम्तो गर्नु पर्ने हो थाहा लागेन ? बाँकी हंगकंग नेपाली डट कममा

२ कार्यक्रम कुन अर्थमा मिडियाबाट भागेर  गरिएको हो ? के त्यो कार्यक्रममा सबै संघ संस्थाका प्रतिनीधि बोलाएर मिडियालाईमात्रै बाहेक गरिएको थियो (यद्यपि राज्यसत्ताकै प्रतिनीधिलाई कार्यक्रमको बारेमा चिठी हस्तान्तरण गरिएको कुरा आयोजक बताउँछन्) ? के मिडियाको लागि ढोका बन्द गरिएको थियो ? थिएन । खासमा त्यो कार्यक्रम विल्कुल नयाँ ढंगबाट शुरु गरिएको थियो ।  कोही अतिथि थिएनन् । कुनै औपचारिक कार्यक्रम थिएन । यो त उनीहरुले पछि सिक्दै जालान् तर औपचारिकतामा मात्रै सीमित हुने कतिपय कार्यक्रमको लागि भने यो एउटा गतिलो जवाफ थियो ।

३ आयोजक र प्रायोजकबारे सामान्य जानकारीपनि नहुनु अर्को विडम्वना । समाचारादातालाई आयोजक र प्रायोजक को को कुन भन्ने कुराको जानकारी समेत नभएको भान हुन्छ । के कुनै कार्यक्रमको प्रायोजन गर्दा त्यो कार्यक्रमको प्रचार प्रसार आयोजकले गर्छ कि प्रायोजकले एउटा कुरा ? अर्को तिर के मगर संघ हंगकंगले प्रायोजन गरेको थियो र मगर संघ हंगकंगले प्रचार प्रसार गर्नु पर्ने अनि संघका पदाघिकारीहरु सबैलाई जानकारी हुनु पर्ने (कार्यक्रमको बारेमा जानकारी भएको तर आफू उपस्थित हुन नसकेको ले सञ्चालित कार्यक्रमबारेमात्रै थाहा नभएको स्पष्टोक्ति छ महासचिवको बोध विक्रम थापाको, स्मरण रहोस् वहाँ स्वयंपनि राज्यसत्ता कै एक सदश्य हुनुहुन्छ )? के व्यक्तिगत रुपमा सहयोग गर्दा कसैको हालिमुहाली हुन्छ ? कुन अर्थ मा हालिमुहाली भयो ?

४ दर्शक कसरी औंलामा गन्न सकिने भयो ? हामीले हंगकंगका साँढे संघ संस्थाका कार्यक्रमहरु पनि हेरे कै हो ।  कुनै कुनै कार्यक्रममा सबै अतिथिहरु मञ्चमा जाँदा दर्शक दीर्घा खालि हुन्थे र पनि त भैराखेकै छ । दिन दिनै कार्यक्रमको चटारो परिरहेको बेला त्यस्तै हो । तर औंलामा गन्न सकिने भनेर होच्याउनुचाहिं महामुर्खता हो ।

५ कहाँको राजाराम कहाँको गने भणारी । खोटांग समाज र अल्टर हंगकंगको तुलना कुन सन्दर्भमा गर्न खोजिएको हो ? खोटांग समाज आफैमा स्थापित सक्रिय संस्था हो । उसले गर्ने कार्यक्रम स्वभावैले ठूलो हुने भयो । तर संकलित रकम रुपियाँ २० लाख हो कि डलर २० लाख हो ? बुझ्न सकिएन । उत्साहित युवा समूहले संकलन गरेको १६ हजार डलर के सानो रकम हो ? उनीहरु दूईलाख नेपाली रुपियाँ बुझाउने सुरमा छन् । के यो सानो रकम हो ? १६ हजार डलर सानो रकम  भन्नेले स्वयं कति दिए त ?

अन्तमा, नकारात्मक कुराहरुलाई मात्रै खोतल्ने पत्रकारिताको धर्म होइन । सकारात्मक कुराहरु समाजमा राखिदिए त्यसले समाज विकासमा टेवा दिने छ । भ्रामक कुराहरुलाई चिर्नु पर्नेमा आफैले भ्रम छर्ने काम आइन्दा नहोस् ।

मेरो विचारमा अल्टर हंगकंगले अति राम्रो कामको थालनि गरेको छ । उनीहरुको विचार , सोचाइ, प्रतिवद्धता फरक खालका लाग्छन् । कार्यक्रम सञ्चालनमा(अरुहरुकोजस्तै) केही कमजोरी देखिए तापनि समग्रमा कार्यक्रम अति राम्रो थियो । सबै कलाकारहरुका प्रस्तुति रमाइला थिए । सबै मोडलका प्रस्तुति राम्रा थिए । यही समूहको सिर्जनशिल हातबाट नेपाली ढाकाका कति राम्रा पहिरन सिर्जित थिए । त्यस्ता पहिरनलाई बजार व्यवस्थापन गर्न प्रयास गरिदिए हंगकंगमा स्थान पाउन  सक्दैन होला ? हंगकंगे नेपाली पछिल्लो पिंढीको लागि एउटा पाठशाला बन्ने यो समूह । लाग्छ यदि यस्तै रहेमा भोलिका दिनमा अल्टर हंगकंगले समाजमा कुनै न कुनै ‘अल्टर’ ल्याउन सक्छ या त परम्परागत समाजिक संस्थाहरुको ताँतीमा एउटा ‘अल्टरनेट’ बन्न सक्छ ।

 

डीबू मगर

 

Latest News