HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home विचार / दृष्टिकोण अन्याय हेरेर बस्नु हुन्छ भनेरु अब पालो तपाईको सोचौ

अन्याय हेरेर बस्नु हुन्छ भनेरु अब पालो तपाईको सोचौ

E-mail Print PDF
AddThis Social Bookmark Button

 

परिबर्तन सत्य छ। तर कति परिबर्तन नचाहेर पनि स्विकार्नु छ भने कति हामीले चाहे जस्तो गरेर परिबर्तन गर्न सकिन्छ। यो समाजमा हरेक किसिमको घट्न दिनप्रतिदिन घटिरहेको हुन्छ। त्यस मध्ये हिंसा भन्ने बित्तिकै कुनै पनि किसिमको किन नहोस त्यस्तो घट्नाले सँच्चा मानवको मनमश्तिष्कमा आनन्दको अनुभूति कहिल्यै हुन सक्दैन। यस महान धर्तीमा दुई पक्ष मानिसको बिचमा जहिले पनि लडाई भैरहेको हुन्छ। सत्य, असत्य र सकारात्मक, नकारात्मक सोच। यस धर्तीमा सकारात्मक सोच र नकारात्मक सोचका मानिस लगभग बराबारी हिसाबमा नै छन् भने बाँकी लगभग ६०५ देखि ७०५ मानिसहरु बिचमा छन्। यी बिचका ठुलो भागको आफ्नै सोच छैन। उनीहरु जताबाट ठुलो हावा बहन्छ उतैतिर ढल्कन्छ। एक पक्ष राम्रो समाज बनाउँन आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर लागि परेका हुन्छन भने अर्को तर्फ नकारात्मक सोंचले आफ्नो व्यक्तिगत स्वार्थलाई पुरा गर्न अरुलाई दुख दिन्छन समाज, संसार नष्ट गर्न पछि पर्दैनन। त्यसैले एउटा भनाई छ  यदि तिमि सत्य हौ भने, असत्यको बिरोध गर र सत्यको साथ देउ। हैन भने तिमि, बिच सडकमा उभिएको मान्छे सरह हुनेछ।ू यो समाज सत्य मानिसहरुको योगदानले असत्य मानिसहरुलाई हराउँन सके मात्र सुन्दर बन्न सक्दछ। हामी चाहे धनि हौ चाहे बिद्द्वान, चाहे ठुला प्रतिष्टित व्यक्ति नै किन नहोस आखिर बाँच्नु छ यहि समाजमा तर यस समाजलाई एक पक्ष बनाउनेमा छ त अर्को पक्ष बिगार्नेमा। यस्तै एउटा समाज बिगार्ने ( असत्य, अमानवीय ब्यबहार हो( बलात्कार, समाजको र राष्ट्रको कलंक हो बलात्कार, मानवको भयानक बिशेष गरि महिला हिंसा हो यो बलात्कार, महिलालाई कमजोर र मनोरंजनको दृष्टिले हेर्ने पापी नजरको प्रतिफल हो बलात्कार। आफूलाई जन्म दिने बाबुदेखी आफ्नै दाईभाई, आफन्तहरु र पराईहरुबाट बलात्कृत छन् हरेक पल महिलाहरु यस संसार भर। चाहे बिकसित मूलुक र शिक्षित समाजमा होस् चाहे अविकसित मूलुक र अशिक्षित समाजमा होस् चाहे सभ्य वा असभ्य समाजमा होस् चाहे धनि वा गरिब समाजमा होस्, चाहे बिद्धवान वा मूर्खहरुको समाजमा होस्।

हामी धेरै जसोको अनुमानमा यस्ता घटनाहरु अविकसित मुलूकमा अशिक्षित मानिसहरुमा हुने घटना जस्तो लाग्छ तर अचम्म यो छ कि बिकसित देशहरु र शिक्षित समाजमा यस्ता घटनाको तथ्याङ्ग अझ उच्च रहेको पाईन्छ। किन होला रु विश्व तथ्याङ्ग अनुसार संसार कै मानव अधिकारबादी र शक्तिशाली देश अमेरिका पहिलो नम्बर यहाँ हरेक ४५ मिनेटमा एक महिलाको बलात्कार हुन्छ र प्रजातान्त्रिक मुलूक भारत दोश्रो नम्बरमा रहेको छ। अनलाईनमा दिएको अनुसन्धानमा उजुरी दर्ता गरेको केस अनुसार २००४ देखि २०१० सम्म बलात्कृत संख्या अमेरिकामा ८९,२४१, भारतमा २१,३९७, यु।के। मा १५,०८४ र यस्ता घटना बढी हुने दश वटा उच्च देश मध्य नौ नम्बरमा फिलिपिन पर्दछ। विश्वको तथ्याङ्ग हेर्दा एसियामा युरोपको तुलनामा यस्ता घट्न निकै कम देखिन्छ तर मलाई यस्तो लाग्दछ कि ( बलात्कार कम भएको हो भन्ने मान्यता भन्दा ूजसको बाउँ मर्यो, उसैको छोरा टुहुँरो भने झैूँ यस्ता घटनालाई आफ्नो ईज्जतको खातिर भनेर चुप लागेर सहेर बस्नु नै हाम्रो बाध्यता भएकोले बाहिर रिपोर्ट नै नगर्नु हो जस्तो मलाई लाग्छ। मेरो एक घनिष्ट अमेरिकन साथी पनि सानैमा आफ्नै बुवाबाट बलात्कृत भएको कुरा प्रष्ट भन्छिन र त्यस घट्नालाई  उनको बुवाले आमासँग पनि बारम्बार भन्ने गर्थे रे त्यसैले उनकी आमा र बुवाको बिचमा सम्बन्ध बिछोड भएको र उनले आफ्नो बुवालाई त्यागेर आफ्नो आमाको केटा साथीलाई बुवा बनाएको कुरा मेरो साथीले मलाई भन्दै गर्छिन्। उनि भन्छिन अमेरिकन महिलाहरु पनि त्यतिकै शोषित छन् अझ पनि। त्यस्तै टि भि सोबाट बिश्व प्रख्यात भएकी ओपरा विन्फ्रे पनि सानैमा यस्तै शिकार भएकी थीइन। उनले महिला जागरणमूलक आफ्नो दृढ बिचारहरु बेला बेलामा दिन्छिन। अहिले विश्व प्रख्यात रुपमा महिला हिंसाको आवाज उठाउने अमेरिकन ईभ ईन्स्लर पनि त्यहिँ क्रमकी शिकार मध्यकि एक हुन्। उनको पुस्तक ूईन द बडी  अफ द वोर्ल्डू को बिमोचन हाम्रो घर नजिकै भएकोले म पनि सहभागी भएको थिए। उनले अफ्रिकिन महिलाहरुको दुख लाग्दो घट्न साथै महिलाले नै मनावलाई जन्म दिन्छ तर त्यहिँ जन्म दिने शारीरले गर्दा महिला आफ्नै घरमा, समाजमा हिंसाको शिकार हुन्छिन। यसरि आफ्नो जीवनको तितो अनुभवले उनीहरु महिला हिंसा बिरुद्धमा आफ्नो जीवनलाई नै योगदान दिएर लागिरहेको देखे।

स्वादेशमा रहँदा भन्दा बिदेशमा बस्दा आफ्नो मूल्य कति रहेछ भनेर बढी चाँसो लाग्दो रहेछ। त्यहिँ भावनाले आफ्नो जन्मभूमिप्रति केहि गर्नु पर्छ भन्ने सोच धेरैलाई आउनु स्वाभाविकै हो।  त्यसैले देशप्रति चाँसो बढ्दा बढ्दै गईरेहेको बलात्कारको घट्नाको समाचारले एकदमै सहि नसक्नु हुन्छ। कसैसँग कुरा गर्न पनि नसकिने यस्तो कुराको चर्च गर्न हामीलाई सरम लाग्ने के गर्ने होलारु आखिर हामीले आफ्नो समाजमा आफ्नै छोरी, बुहारीहरुको संरक्षण गर्न सक्दैनौ भने के जीवन जिउँनको अर्थ रहलारु यस्तै हाम्रो कमजोरी हो भने भोलीको सन्तानलाई कस्तो संस्कार र समाज दिनेरु हामी बिकसित देशमा बस्दैमा आफूलाई एउटा सभ्य नागरिक भन्न कदाबी सक्दैनौ। जब सम्म हामीले हाम्रो संस्कार र समाजमा सभ्यता ल्याउन सक्दैनौ। जब हामीले यस्ता सामाजिक हिंसा, अन्यायको बिरुद्ध खुलेर चर्च गर्न बिरोध गर्न सरम मान्दछौ भने यो बुझौ कि हामीले उनीहरुलाई साथ दिईरहेका छौ। एक चोटी सोचौ तरु ूगाई खानेले बाँच्छो राख्दैनू यदि तपाईको छिमेकीलाई अन्याय पर्दा तपाईलाई राती निद्र लाग्छ भने अब तपाईको पालो।

 

बिष्णु गुरुङ (एकता)

क्यालिफोर्निया

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News