HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home विचार / दृष्टिकोण मैले भोगेको र देखेको तीज

मैले भोगेको र देखेको तीज

E-mail Print PDF
AddThis Social Bookmark Button

बिष्णु गुरुङ (एकता) क्यालिफोर्निया

"तीज आयो भन्छन सबै माईत जान्छन् म दूखी चेली कसको माईत जाउँ" यस गीतले तीजको अर्थ, महत्व र नेपाली चेलीको अवस्था र भावना प्रस्ट पार्दछ। बर्ष भरी भोगेको दुखसुखलाई रातो सारीसँग गरगहनामा पहिरिएर साथीसंगिन, तीजको दिनमा दिदीबहिनीहरुसँग रमाईलो गर्दै एक अपासमा खुशी बाड्दछन् । बिशेष गरि महिलाहरुको महान चाडको रुपमा चिनिने यस महान चाडको आफ्नै किसिमको पहिचान र महत्व रही आएको पाईएता पनि पराम्परागत तीजलाई नियाँलेर हेर्दा धर्मको नाममा महिलालाई पुर्णरुपमा शोषण गरेको पाईन्छ। लोग्नेस्वास्नी जस्तो पबित्र, समान सम्बन्धलाई असमानता र विभेद जस्तो अमानवीय ब्यबहारले दुई पबित्र आत्मको मिलनलाई कालो पर्दाले ढाकेर एक पक्ष शक्तिवान र अर्को पक्ष भक्तिवान बनाएको छ। लाग्नेको लागि स्वास्नी बर्त बस्छे भने स्वास्नीको लागि लोग्ने बर्त बस्ने दिन खोई तरु घरको हरेक सदस्य उत्तिकै महत्वपूर्ण छ अनि हरेक मान्छे पनि त्यसैले हामी मानिस एक अर्कालाई बराबर रुपमा माया, सम्मान र ईज्जत गर्न सक्नु पर्दछ। हुन त हामीले जेमा बिश्वास गर्दै आयो त्यो नै ठिक लाग्नु स्वाभाविक हो। तर अरुको ठाउँमा आफूलाई राखेर हेरौ र आफैलाई प्रस्न गरौ। जे होस् यस चाडले नेपाली नारीहरुको भावना, अवश्था र सामाजिक मान्यतास्थरलाई प्रष्ट झल्काउँदै समय सँगसँगै तीज पनि केहि परिबर्तन भएको पाईन्छ।

तीजको मेरो अनुभव भने अलि फरक छ। सायद मेरो आमाबुवा बुद्ध धर्मलम्बि भएको कारणले होला मैले कहिल्यै पनि रातो सारीमा पहिरिएर नाँच्ने गाउँने र माईती लिन आउने भन्ने अनुभव गर्न पाईन। तर माईती पर्ने जातिले पालैपालो सम्पूर्ण परिवार सहित खाना खानको लागी निमन्त्रणा गर्ने चलन भने खुबै थियो। तीजको बहनामा कति दिन सम्म त पहुँना भात खादै ठिक्क हुने थियो किशोरी अबस्थामा सुन्ने गर्थे, राम्रो पति पाउँन तीजको बर्त बस्नु पर्छ भनेर यस्तो कुरा सुन्दा कसलाई लोभ नलाग्ला र राम्रो पति पाएर सुखी जीवन बिताउन तर घरमा त्यस्तो बाताबरण नभएकोले होला त्यो लोभलाई विश्वासले जितेर पुर्णरुप भने दिन सकिन मैले, र बर्त नै नबसी बिबाह बन्धनमा बाँधिएको थिए। र बिबाह पछि पनि अहिले सम्म पतिको दिर्घायुको नाममा कुनै बर्त बसेको याद छैन मलाई। मलाई पनि तीजमा साथीहरुसँग मिलेर खाना खाने गीत गाएर रमाईलो गर्न भने मजा लाग्छ ।

परिबर्तनशील समय सँगै २१ शौ शताब्दिको शहरीकरण र आधुनिकरणको तीज पराम्परागत तीजको तुलनामा फरक हुनु स्वाभाविक हो। तर तीजको नाउँमा महँगा गरगहना, कपडा पहिरिएर महिनौ दिन सम्म भत्तेर गरेर आफूलाई आधुनिक र सभ्य मान्छे ठान्नु पक्का पनि बिकृति हो। मानिस सभ्य उनको चरित्र र ब्यबहारले बन्दछ, बहुमूल्य बस्तुले होईन। हेर नारी हो हामी स्वाभाविक रुपले नै सबैलाई समेटेर लाने खालको सोचका धनि भएको हुनाले परिबर्तनको हुरीमा हुत्तिएर होईन हामीले सोच्नु पर्ने बेला आएको छ। आफ्नो स्वाभिमान र स्वास्तित्वको साथै समाज, राष्ट्र निर्माणमा महिलाको भूमिकाको लागी यो चाडले ठुलो मौका दिन सक्छ भन्ने सकारात्मक सोचलाई हामीले संस्कारमा भित्रयाएर तीजको महत्वलाई अझ दरिलो बनाउन सक्नु पर्छ। हो, यस संसारमा कयौ कुरा आफै परिबर्तन भएर आउँदछ त कति परिबर्तन हामीले नै गर्नु पर्दछ।  किनकी परिबर्तन प्राकृतिक नियम हो। यसलाई स्विकार्दै संगसंगै हिड्नु जीवन रहेछ।

त्यसैले आफ्नो समाज, संस्कारमा भएका पराम्परागत अन्धबिश्वासलई हटाएर स्वश्छ र बराबरी समाज र संस्कारको निर्माण गर्ने जिम्मा तपाई हाम्रो  पनि हो। राम्रो संस्कारले मात्र राम्रो सभ्याताको निर्माण हुन्छ। हाम्रो सानो हेलचक्राईले सभ्यता निर्माणमा ठुलो असर पार्दछ। साधारण जीवन भएर केहि फरक पर्दैन बश सोच उच्च राखे पुग्छ। ताकी तीज झुपडिदेखी महल सम्म र सबै जातजातीको नेपाली दिदिबहिनेहरुले नेपाली नारी दिवसको रुपमा मिलेर मनाउँन सकौ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News