HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home विचार / दृष्टिकोण आमाबाबु हुनुको दायित्व र गर्व

आमाबाबु हुनुको दायित्व र गर्व

E-mail Print PDF
AddThis Social Bookmark Button

बिष्णु गुरुङ (एकता)

यस धर्तीमा जन्मिएर आफ्नो सिर्जना छोड्नु, सृष्टिकर्ता आमाबाबु बन्ने सौभाग्य पाउँदा कसलाई गर्व नलाग्ला र रु तर रोप्नु भन्दा हुर्काउन गाह्रो भने झैँ आमाबाबु बन्ने सौभाग्यसगै आफ्नो सन्तान प्रतिको दायित्व पुरा गर्न पनि कम चुनौती छैन। त्यसैले भन्छन संसारमा पैसाले किनेर नपाईने भने कै आमाबाबु र उनीहरुको सन्तानप्रतिको निस्वार्थ ममाता, हो यो संसारिक प्रक्रिया पनि अनौठो रहेछ। बच्चा सानो हुँदा उनीहरु प्रतिको ममता र प्रेम, युवावश्था भएपछिका ती चुनौतीहरु र उनीहरुमा परिपक्कता आए पछि आफूले गरेको कर्तव्यको फल र उनीहरुले गरेको मेहनतको प्रतिफल पाउने समय आउदो रहेछ। लाग्छप्राकृतिले भागबण्डा गरेर आमाबाबुलाई आफ्नो कर्तब्यको बोध साथै आमाबाबु हुनुको गर्वको अनुभूति गर्ने मौका मिलाउदो रहेछ। हाम्रो जोडीले पनि यो अनुभव गर्ने सौभाग्य पायौ। 

बर्तवान बलावन छ तर यो मतलब होईन कि अतीत र भविष्यलाई बिर्सनु, सधै अतितबाट सिक्नु रभविष्यलाई दुरदर्शिताले हेर्नु र बर्तवानलाई अगाडी बढाउनु भनेर बर्माकी नेता आंग सांन सु कीईको कार्यक्रममासहभागिता हुँदा उनले भनेको यस भनाईको याद गर्नमन लाग्यो। जुन बेला बच्चाहरुलाई आमाबाबुको बढी माया,रेखदेख चाहिने बेला रहेछ हामीले त्यस समयलाई बुझ्न सकेनौ। उनीहरुलाई दिने समय अनाबश्यक गफ गरेर उनीहरुको भविष्यको चिन्ता गरेर बिताउने गर्दथ्यौ र राम्रो फल पाउने आशा भने सधै राख्दथ्यौ। आफ्नो बच्चा अरुकोबच्चा भन्दा धेरै पढेर ठुलो मान्छे होस् भन्नेसपना बोकेर त्यो सपना बच्चाहरुबाट असुल गर्न चहान्थ्यौ। त्यसैले बच्चाहरुलाई डर, प्रलोभन देखाएर पढ्न लगाउनु, होस्टेलमा भर्ना गर्नु आफ्नो बच्चाको भन्दा शिक्षकको कुरा सुन्नु नै ठुलो मान्छे बनाउने सहि मार्गदर्शन हो भन्ने बुझेका थियौ ।

जीवन भनेकै पैसा हो पैसा कमाउन सके पछी सबै थोक बन्छ भन्ने लागेर पैसा कमाउन तल्लिन रहन्थ्यौ। परिबर्ताशील समयसंगै छोरा र छोरी पनि हुर्कदै गए। आफुले पनि केहि पैसा कमाईयो तर बच्चाहरु अरुको राम्रो बच्चासंग तुलना गरेर हेर्दा धेरै फरक पाएको महसुसगर्यौ। जसले गर्दा बच्चाप्रति राम्रो बन्ने दबाद दिन बढ्दै गयो। तर दुवै बच्चाहरु हाम्रो सपना पुरा गर्नु त के बिस्तारै हाम्रो नजिक आउने हामीसंग गफ गर्ने हाम्रो कुरा सुन्ने सबै तिरस्कार गर्दै गए। यी सम्पूर्ण दोष हामीले बच्चाहरुलाई दिने गर्दथ्यौ। किनकी हामीले उनीप्रति ठुलो धनराशी लगानी गरेको घमण्ड थियो। सुन्दर बच्चाहरु आमाबाबु बीचको झगडाको कारण बन्दै गए। मेरो श्रीमानले सम्पूर्ण दोष मलाई नै दिदै आमाबाट राम्रो मार्गदर्शन, संस्कार नपाएकोले नै बच्चाहरुले आफुलाई टेर्न छाडेको कुराको आरोप पनि मलाई नै दिने गर्दथ्यो। जब एउटी आमा माथि यस्तो अपमान शब्द बज्रदो रहेछ त्यसले हृदयमा घोच्दो रहेछ। एउटी आमाको ममताको परिक्षण लिने घडी आएको रहेछ। आफन्तहरु कसैले बच्चाहरुलाई धेरै स्वतन्त्र दिनु हुदैन भनेर सुनाउदथे त कसैले धनले मात्तिए पछि यस्तै हो भन्दथे। अरु सबैले भन्ने कुरा मात्र रहेछ आफ्नो समस्या भित्र आफै पसेर हेरे पछि मात्र समस्या के रहेछ भन्ने कुरा पत्ता लगाउँन सकिदो रहेछ।

भन्छन खोज तिमीले भेट्टाउनेछ। मैले केहि आध्यान गरे त कि यो अबश्था सिर्जना हुनुको कारण के होलारु खोजे, मैले नसोचेको कुरा पाए। जे हुनु पर्ने थियो त्यो नभएर जे नहुनु पर्ने थियो त्यो भैरहेको भेट्टाए। मेरा ति अतीतहरूले मलाई आँसुको धारा खासाल्यो। आफु समस्यामा भएको मैले स्वीकारे गल्ति बच्चाहरुले होईन हामीले गरेको पनि स्वीकारे। समस्याको समधान त्यहि भित्र नै खोज भने झैँ मैले बच्चाहरुलाई बुवाले थाहा नपाउने गरी साथ दिए।मेरो बच्चा अरुको जस्तो हुनु पर्दैन तिमी जेजस्तो छ हाम्रो लागि अनि यो धर्तिको लागि अनमोल छ भनेर स्वीकारे। उनीहरुको लागि पैसा मात्रहोईन हृदयमा ठुलो ठाउ पनि बनाए त कि उनीहरु अप्ठ्यारो पर्दा बस्न सकोस। बिस्तारै दुवै बच्चाहरु हाम्रो नजिक आउँन थाल्यो। हामीलाई माया गर्न थाल्यो।हामीप्रति नकारात्मक दृष्टिले हेर्ने बच्चाहरु अहिले दिल खोलेर उनीहरुले सानोमा होस्टेलमा बस्दा भोगेका दुखका कुराहरु बाड्छन। आफ्नो आमाबुवाको माया संसारको कुनै पनि तागतले किन्न नसक्ने बताउछन। आफुले पनि त्यहि बाटो हिडे तर आफ्नो आमाबाबुले आफ्नो मनको कुरा समस्या माथि त्यति ध्यान दिएँको  थाहा पाईंन।

आफुले जे सिके, भोगे त्यहि ब्यबहारबच्चाहरु माथि गर्न पुग्यौ। भन्ने त सुनेकी थिए ूअरुको लाख आमाको काख, प्रेम मुखमा होईन हृदयमाहुन्छ।ू यो भनाई हाम्रो जीवनमा साबित भयो। अहिले हाम्रो बीच बच्चाको र आमाबाबुको नाता  एउटा असल साथिको नाता पनि छ। राम्रो काम गर्न कहिल्यै ढिलो हुने छैन सकारात्मक सोचलाई बलियो बनाएर जुन दिन शुरुवात गर्छ जीवन सुन्दर हुदै आउदो रहेछ। कुनैदिन आमाबाबु बनेकोमा आफुलाई धिकार्ने हाम्रो जोडी अहिले हाम्रा बच्चाहरुले भन्छन( त्यस बेलाको तपाईहरुको परिस्थिति हामीले बुझेका छौ। तपाईहरुले केहि धन कमाएर हामीलाई राम्रो शिक्षा दिनु भयो। आज सबैथोक दिनु भएको छ र हामीले यो जीवन पाएका छौ। तपाईहरु संसार कै असल आमाबाबु हुनुहुन्छ भनेर भन्दा साँच्चै आमाबाबु हुनुको दायित्व निभाएको महसूस हुदोरहेछ र आमाबाबु हुनुमा गर्व गर्न सकिदो रहेछ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News