HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home विचार / दृष्टिकोण असहज चुनावी भविष्यवाणि र बहिष्कार

असहज चुनावी भविष्यवाणि र बहिष्कार

E-mail Print PDF
AddThis Social Bookmark Button

राई चन्द्र दुमी

गत सम्विधानसभाको चुनाव (२०६४) मा स्तम्भकारले गरेको भविष्यवाणी चुनाव नतिजाको ९० प्रतिशतनै नजिक थियो । पुराना अन्य पार्टीहरुको गतिविधि यसै थाहाहुने कुरा हो, उदियमान शक्ति माओवादी र उस्को उसबेलाका बिभिन्न सकारात्मक कृयाकलाप नकारात्मक गतिविधिलाई नजिकबाट नियालेर हेरेको आधार मानेर मैले चुनाव सुरुहुनुअघि हङकङबाट ठिक यहिबेला त्यस्तो लेखेको थिएँ । तर यसपटक नजरअन्दाज गर्न त्यति सजिलो छैन । किनभने हुँदैगरेको चुनाव फेरी त्यहि सम्विधानसभाकै हो । राणाकालपछिका दर्जनौँ पटक विधायिका गठनपश्चात राजनीतिको केन्द्रमा सिमान्तीकृत समुदायको गौरवमय उपस्थिति रहेको गत सम्विधानसभाको गठन एकदमै ऐतिहाँसिक थियो । फेरी त्यसैगर्नु यस्को आवश्यक थिएन । किनभने राजनीतिले नितान्त नयाँबाटो हिंडनुपर्ने सन्देश, निर्देशन, सुझाव तथा शताब्दिऔँपछि नेता भनाउँदाहरुलाई एकप्रकार जनताले हुकुम गरेका थिए । यस्लाई सवैपार्टीका नेताप्रणेताहरुले आत्मसात गर्न सक्नुपर्नेथियो । त्यो सम्विधानसभा असफल हुनाको कारण पार्टीहरु (बिशेष गरेर ठुला भनाउँदा एमाओवादी, कांग्रेस, एमाले) स्वयंमा एकले अर्कालाई दोषीरहेका छन । दोषदिनपनि भोट माग्ने यौटा एजेण्डानै भएको छ एकार्कालाई ।

मुलुकले यति ठूलो चुनावीभार बोक्नुपर्यो कि राज्यले निकासा गर्नुपर्योभने कुल मिलाएर पचासौँ अरवको हाराहारीमा खर्च पुग्दोरहेछ, (सेनामेनाको माग त्यस्तो र,छ) । यतिका खर्च के को लागि ? बास्तविकता तीनओटै पार्टीबाट जनमतको खिल्ली उडाउँदै जवर्दस्त कुबाटोबाट हिडन ब्रम्हाणवाद हावी हुनाको कारण मुलुकले निकास नपाएको हो । दोष यहि एजेण्डाको निम्ती साँडे १० बर्ष जनयुद्ध लडेको स्वयं तात्कालिन माओवादीभित्रको यौटा चण्डाल खेमापनि अछुतो छैन । आफ्नै एजेण्डामाथि आफैले बलात्कार गरेर फेरी बहुमत ल्याएर सम्विधान लेख्छु भनेर लाज पचाएर जनतामा जाँदैछ आज । यसैको कारणपनि जनता अलमलमा परेको छन भोटदिने की लात हान्ने ? बास्तवमै उ वेलाको एकढिक्का माओवादी ब्राम्हण नेताहरुले मनभित्रैदेखि युद्धकालका एजेण्डाहरु स्थापित गर्ने ईच्छा लिएर अघि बढेको हो भने सम्पुर्ण प्राप्ति नभएपनि (नहुने बुँदाहरुपनि थिए) धेरै प्रतिशत जनपक्षीय सम्विधान बन्नेथियो । अहिलेको परिस्थिति हेर्दा फेरीपनि सम्विधान बन्दैन किनभने मानिसहरु तिनै हुन जो हिजो संसद र सरकारमा पुगेका थिए । संघीयताको मुद्धालाई पेचिलो बनाएर जनताहरुले अर्को युद्ध नलडी मागेर यो पाईदैन ।

भविष्यवाणी यस किसिमले असम्भव छ

सम्पन्न हुन गईरहेको महँगो चुनाव जनचाहना र ईच्छाको बिरुद्धमा छ । कोही भ्रममा र हात चाटनेहरुको जमातको करवलमा सैनीकघेराभित्र थोरै जनताको झिनो उपस्थितिमा चुनाव सम्पन्न हुँदो हो तर नतिजा यस्तै आउला भन्न कठिन छ । सघीय समाजवादी र केही साना पार्टीहरु बाहेकका सवैले स्पष्ट बहुमत ल्याउँछौँ भनिरहेका छन । तर भारतको ईच्छा चाहना र उसैको रेखदेखमा समेत सम्पन्न हुन गईरहेको यो चुनावमा उसैको ढुलमुले नितीको कारणपनि स्पष्ट बहुमत यस्ले ल्याउला भन्न सकिएको छैन । भारतको कुनैपनि नेता प्रनेताहरुले (ईन्दिरा गान्धी पछिका) सुरुमा नेपाली कांग्रेसलाई काखी च्याप्थे । गान्धी महेन्द्र पाला हो भने फेरी यसो हुँदैनथ्यो उस्को तर्फबाट पञ्चायतप्रेमनै मजवुत हुन्थ्यो र त्यसैलाई शक्ति प्रदान गरेर उसैलाई प्रयोग गर्दै लेण्डुपेपनि महेन्द्रलाईनै बनाएर छाडथे । तर चण्डाल राजा महेन्द्र २८ सालमा स्वर्गे ? (५२ बर्षको उमेरमा) भएपछि भारतको दोश्रो पुस्ताका नेताहरुले कांग्रेसलाई अरुबढि काखीच्याप्न थालेका थिए । किनभने उनिहरुलाई थाहा थियो अव नेपाली जनताहरुको ३० बर्षे पञ्चायती कालरात्री चिर्न चाँडै आँखा खुल्नेछ । मतलव पञ्चायत उनिहरु आफै फ्याँक्छन र त्यसपछिको सम्भावित शक्ति नेपाली कांग्रेसनै हो भनेर उनिहरुले कांग्रेस प्रेम अरु बढाएका थिए । तैपनि शाहवंशमा सवभन्दा बढी उदारवादी बिरेन्द्रसत्ता ढाल्न नसक्दा ४५ सालमा चन्द्रशेखरले चाक्सीवारी आएर भाषण गरिदिनुपरेको थियो । त्यसपछित त्यो प्रेम हुर्केर कहाँसम्म पुगेको थियो भने भारत नेपालका वडा भैया है, (कृष्ण प्रसाद भटट्राई) नेपाल भारत एक वापका दो वेटा है (चन्द्र शेखर), पञ्चायत वाई वाई, भारत नेपाल हाई हाई (उडन्ते नारा) आदिसम्म पुगेको थियो ।

सुस्तरी भन्दापनि छुपके छुपके भारतको भरमा उस्को निर्देशनमा निकै काम कर्महरु अघि बढन थालेपछि अरु त्यसपछिका राजनैतिक शक्तिहरुमापनि (जस्तो एमाले, मधेसी मोर्चाहरु) उस्को सेवा गर्नुपर्ने आँखा खुल्यो । दिल्ली नेपाली राजनीतिको मक्का मदिना हो, भनेर आत्मैले भन्न थालियो यस्को मतलव हो उस्को विस्तारवादी निती छुपके छुपके मात्र नभएर हस्तक्षेपकारी ढंगले सोझै लागुहुन थाल्यो । हुँदाहुँदा सुरुङ्गयुद्ध लडन हाँकदिने प्रचण्ड समेत उस्कै पछि लागेमात्र होईन ज्यान छाडेर नम्बर १ मा हामफालेको देखिए । यसरी वैदेशिक आशिर्वाद थाप्न तँ छाड म छाड गरिरहेको ठुला भनाउँदा राजनैतिक दलहरुलाई भारतले समान दर्शनभेट दिईरहेको यस अवश्थामा, र जनताको चुनावप्रतिको वितृष्णा हेरेर हामी कस्ले कति सिट जित्लासम्म नजरअन्दाज गर्न सकिरहेका छैनौँ । नेपाली राजनैतिक शक्तिहरुलाई प्रधानमन्त्री मनमोहनसिंह,त के कुनै यौटा प्रान्तीय सहायकमन्त्री नेपाल आएर खुट्टा तेस्र्याए त्यो मालिस गर्न एमाओवादी, एमाले, कांग्रेस र मधेसी मोर्चाहरु तँ भन्दा म राम्रो मालिस गर्छु भनेर त्यो खुट्टा खोसाखोस गर्छन ।

यस्तो हुनसक्छ

कुनैपनि वैदेशिक शक्तिहरु त्यहा प्रजातन्त्र लोकतन्त्र फलेफुलेको हामी हेर्न चाहन्छौँ भनेर सुझाव तथा अग्रिम सुभकामनाहरु पठाई रहन्छन । नेकपा मओवादी बहिष्कारमा उत्रेको थाहा पाउँनेबित्तिकै सैंयौँ सवारीसाधनहरु सहयोगगर्ने उदघोष गरेको छ भारतले । ठाउँठाउँमा माओवादी छापामार आक्रमण भोग्दै गरेको भारतपनि लडाकु शक्तिसंग डरभने राख्दोरहेछ । यसअघि उस्ले कुनै किसिमको त्यस्तो बाहिरी सहयोगहरु गर्नपरेको थिएन । तर आज बाहिर देख्नमा त्यति अरु भित्र कति के के सहमति भएको छ अन्दाजसम्म गर्न सकिन्छ । यस्तो हुनसक्छ उस्ले यो चुनावमा तोकेर तैंले जित्नुपर्छ भनेर भन्दैन, भनेको छैन, बरु चुनावी खर्च सवैलाई बाँडेको हुनसक्छ । ठुला भनेको सवै पार्टीहरु गुलाम गर्न गोडा तानातान गरिरहेका छन उस्को । कस्लाई काखा कस्लाई पाखा ? त्यसैले उ बडो मिजासिलो भएर नेपालको भलाई भुकिरहेको छ । र यसोगर्दा फेरीपनि स्पष्ट बहुमत कसैको आउँदैन पहिलेकै तरिका हुनेछ मुलुक पुनः गृहयुद्धमा धकेलिन्छ अनि धमिलो पानीमा रोजी रोजी माछा मार्नु सहज हुनेछ । महान उदघोष गर्नेछ त्यतिबेला ,,छिमेकमा त्यस्तो व्दन्द, आफैमा रगतको होली हामी हेर्न सक्दैनौँ, त्यसैले केहीदिन हामी आफ्नो सेना उतारेर शान्ती अभ्यास गर्नेछौँ,, । सिक्किममा ईन्दिरागान्धीले करिव यस्तै चुनावी रोल गरेकी थिईन, तर त्यहा कमसेकम औपचारिकता पुरा गरीएको थियो ।

उ मलिलो तराईमात्र होईन चुरेको गिटी ढुंगाहरु, जलसम्पदा र जडीवुटी सवैमा गिद्धे नजर राख्दछ । त्यसैले बहुमत नपुग्ने त्यो पनि छिन्नभिन्न मधेसलाईमात्रैपनि उस्ले आफ्नो प्रायोरिटीमा राखेको छैन । विस्तारवादी नितीको त्यस्तै कार्यक्रम तथा रणनिती यस्तो हुनसक्छ । भारत या कुनैपनि राष्ट्र नेपालमा लोकतन्त्रप्रति अगाध स्नेह देखाउँछ, सुझाव सहयोग गर्छ र त्यसकै कारण त्यहाहुने गृहयुद्ध उस्को प्राथमिकताभित्र पर्छ तर मारमा पर्ने जनताहरु पर्दैन ।

चुनाव नतिजा अनुमानतः

भोटर लिस्टमा परेको आधाप्रतिशत जनताले मतदान गरेको खण्डमा सफल मान्नुपर्ने हुन्छ, र नतिजा पहिलेकै हो । बहुमत कसैको आउँदैन ठुलोपार्टी एमाओवादीनै रहन्छ । आजको मुल एजेण्डा उस्को भएको हुनालेपनि मध्यम राजनतिकि चेतना राख्नेहरुले अझै केही गर्छ,की भनेरपनि मतदान गर्नेछन । कांग्रेस एमाले आ आफ्नै पोजिशनमा हुनेछन् तर एमाले पहिलाजस्तो ५,७ सिटलेमात्रै होईन धेरैको अन्तरमा रहनेछ र चावी मधेसमै । तिनओटै पार्टीसंग पहिलेको तुलनामा झिनोमत लिएर आएका झिनो साँसदहरु रहने बुझिन्छ । कांग्रेसको घोषणापत्रको ढुलमुल त्यस्तै एमाले, अझ एमालेमा गहिरो चोट संघीय समाजवादी पार्टीले लगाएको छ र पोजिशन उहि भएपनि सिटको हिसावले कांग्रेसको धेरै पछाडी रहन्छ एमाले ।

नयाँ पार्टीको सम्भावना

संघीय समाजवादी पार्टीको प्रत्यक्षतिर अजम्वर काङवाङ, ध्यान बहादुर राईहरु जस्ता सैद्धान्तिक वैचारिक हिसावले वलिया प्रत्यासीहरु मैदानमा उत्रेपनि पार्टी गठन कलिलो भएको कारण र एजेण्डा हुवहु मिल्नाको कारण २, ३ सिट अनुमान गर्न सकिन्छ । कास्की १ र २ बाट उम्मेदवारी दिएका देवीराज गुरुङ, मन वहादुर गुरुङ पश्चिमाञ्चल क्षत्रीयस्तरका उत्तिकै प्रभावकारी नेताहरु हुन । तमु संस्थाहरुको दिलचस्पी, तमुजनहरुमा राजनैतिक चेतना बृद्धि, माओवादी विकर्षण, र बिशेष गरेर कांग्रेस पृष्टभूमिका भु. पु. सैनिक संघका कार्यकर्ताहरुको चरण चरणको पार्टीैप्रवेश र अखण्ड नेपालसंग जातीय मत तानातानको खेलमा यी २ क्षेत्र उछिट्टिन वेर नलाउँने स्थिति बुझिन्छ संघीय समाजवादी पार्टीको । माओवादीका देव गुरुङपनि त्यहाकै रैथाने भएको हिसावले अलि धुकचुक मान्नुपर्ने खण्ड परेको छ नत्र पल्टनीयाँहरुको जातीय नेता चाहीने प्रतिबद्धता र गुरुङमगरहरु मन मात्र होईन तन धन सवै दिन तयार हुने जाति र स्वभाव भएको कारण संघीय समाजवादी पार्टीको बिजय धेरै सम्भावना छ कास्की, स्याङजा तथा यस वरिपरि जनजातिको घनावस्ति क्षेत्रहरु ।

सुदूर पश्चिममा समेत घना उम्मेदवारी दिएको यो पार्टी अरुहरुको राजनैतिक दाउपेचबीच छिनछिनको जोड घटाउमा ह्वात्तै ५,७ सिटनै कब्जा गरेर साँढेको जुदाई गाईको हर्कबढाई भएर चर्चाको नेपाली उखाननै परिवर्तन गरिदिन बेरपनि छैन । तर २, वा ३ सिटमात्र प्रत्यक्षमा आएपनि ११ महिनाअघि जन्मेको पार्टीको ठुलो सान हुनेछ त्यो । यता समानुपातिकमा भने १३ देखी १५ बढीमा १७ सम्म आउँने टडकारो सम्भावना । पार्टी अध्यक्ष अशोक राईले उम्मेदवारी नदिएर बहुत राम्रो गरेका छन । पार्टी जनतामा पुग्दैमात्रै गरेको अवश्थामा उहाँले हार्नु भनेको जनतामा अर्को बितृष्णा पैदा हुनु हो । तर जुनै पोजिशनमा आफु आएपनि जनतामा आफ्नो उदेश्य, लक्ष्य लिएर जाने क्रममा राम्रो रुझिभिजी हुनेछ, यौटा पक्ष हो । जातिवादी आरोपलाई चिरेर जाने तथा धोई पखाली गर्ने यौटा शसक्त माध्यमको रुपमा आईदिएको छ समाजवादीलाई यो चुनाव ।

अन्य ठुला भनाउँदा पार्टीहरु सवैले पुर्ण बहुमतको हुंकार आफ्नो लठैत, गुण्डा, प्रभुको पैसा, चाकरीवाज र आशिर्वादको आधारमा गरेका हुन । जनता त्यस्ता छैनन लठैत र गुण्डाहरुसंग डराउँदैनन अव । पैसा दिए लिन्छन १, २ छाक टर्छ, तर मत हाल्ने समय बारी खनजोत गरे त्यो उपयुक्त हुन्छ उनिहरु त्यसै गर्छन । यसो गरेको माओवादीको बहिष्कारको आकर्षणले भन्दापनि नेताहरुको कर्मको बिकर्षणले हो । निरास जनताको प्रतिनिधित्वमात्र माओवादीले मन लगाएर खटेर गरिदियो भनेपनि बहिष्कार सफल हुन्छ । माथिको अनुमानहरुको कुनै अर्थ रहँदैन । अर्को पार्टीहरुको बागी उम्मेदवारहरु उठनुले, आफ्नै सहयात्रीहरुको ज्यानसम्म लिनुले, ठुला भनाउँदा नेताहरुको जाहानै समानुपातिकमा पार्नुले स्वास्नी फेरीरहने रण्डो या,त पोई फेरीरहने आईमाईजस्तो चाँड चाँडो पार्टी फेरीरहने चैते उम्मेदवारहरुको कारणपनि चुनाव आफैपनि बहिष्कार हुँदैछ । बरु सजिलो भएको छ आफ्नो काँडा पन्स्यायो अनि माओवादीको टाउकोमा हाल्यो । आज ज जस्ले आफ्नो हुलहुद्दा कसेर मान्छेभन्दा धेरै प्लेकार्ड र राता ब्यानरहरु फर्फराएर मुलुक चुनावमय भएको प्रचारवाजी गरिरहेका छन त्यो शहरी ईलाकामात्र हो,जहाँ किनबेचका जाली र घृणित ब्यवहार हुन्छन । चुनाव सफल असफल गर्ने चोखो मतदाताहरुत वहाँ गाउँमै छन । बास्तवमा ढाडसेक्ने चुनावप्रति जनतामा यति विध्न बितृष्णा छ भोट माग्न आएका नेतालाई आफ्नै घरमा कुटन थालेका छन गाउँवस्तीमा । यस्लेपनि जनाउँछ नेताहरुको मनस्थिती अझै बिकेन्द्रीत छैन, सामन्ती सोचमै छ, केन्द्रिकृतनै छ । जसरी पञ्चायत काठमाण्डौँबाट गाउँमा राज्य गथ्र्यो त्यस्तै । यो जनताको उपेक्षा हो । त्यसैले जनताहरुको राज्य उनिहरुलाईनै चलाउँन दिनुपर्छ, चेतना भया ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News