HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home विचार / दृष्टिकोण आँधी रोकिए पछी - समिक्षा

आँधी रोकिए पछी - समिक्षा

E-mail Print PDF
AddThis Social Bookmark Button

राई चन्द्र दुमी

 

यो बर्ष सार्वजानिक ३ नेपाली कृतिहरु

श्रष्टाहरु

१. डि. बि पालुङवा

२. तोप वहादुर याख्खा राई

३. पुर्णिमा शाह

 

कृति - सवै कविता संग्रह

 

समिक्षामा

जात (रस), वर्ग, उदेश्य, सन्देश, उत्कृष्टता तथा सफल कमसल पक्ष ।

 

प्रस्थान

 

समिक्षा लेखन मलाई जटिल र गाहारो बिषय लाग्छ । फेरी बढी तल तलपनि यस्कै लाग्छ मानौँ नशा हो यो, ह्वाईट सुगर एडिकजस्तो । किनकी यो कवि भन्नेजात यति सम्वेदनशील हुन्छन, यति धेरै आक्रोसित, कोमल र कठोर सवै हुन यिनीहरु, उनिहरु । अनेक स्वरुपमा प्रश्तुत हुने तुरुन्ता तुरुन्तै अवतार फेर्नसक्ने क्षमता राख्छन कवि कविनीहरु र अनेकौँ बिषय वस्तुको ज्ञान राखेर त्यस्लाई प्रतिकात्मक शबदजालहरुले सिंगारेर बाहिर आउँदा त्यो अन्य सवैविद्याभन्दा बढी पठनीय भएर आउँदो रहेछ । थोरै शब्दहरुमा धेरै समस्या उठान वैठान र विरह ब्याथागाथाका कुराहरु अन्तर्निहित कविता गीतको वैशिष्टतानै सायद यहि हो । त्यसैहुनाले संसारमा अन्य विद्या लेख्नेलाईपनि साहित्यकारको नाता जोडेर कवि सम्वोधन गर्दछन(, यथार्थ गरिमाग्छन ।

समिक्षा गाहारो हयस मानेमाकी कविता आफै जटिल हुन्छ, हुरुक्क नजवबनाउँछ, वौराउँछ कहिले कसैको पूजा अर्चना गर्न लगाउँछ, कहिले लाठो बोकेर कसैलाई प्रहार गर्न पठाउँछ, फेरी फर्काएर स्वस्थानमा ल्याउँछ कतिलाई फर्कनै नसक्नेगरी मार्गनिेर्देशन गर्दै जिवन र जगतबिच सम्बन्ध सुदृढ गर्नु, गराईरहनु कविको सफलता यानेकी सवलपक्ष हो । आजको परिस्थिति अनुसार यी तीन कवि कवयित्रीहरु लाठो मात्र होईन बन्दुक नै बोक्नुपर्ने हो,की जस्तोगरेर उदाएको छन डि. वि. पालुङवा, तोपवहादुर याक्खाराई, पुर्णिमा शाह ।

उत्कृष्टता आ आफ्नै ठाउँमा भएपनि श्रृंगार रस, हाँस्य ब्यंग्य र यौनरस कतै छैन । हो की जस्तो लाग्नु शिल्पीहरुको शिल्पमा स्वभाविक हो तर फेरी उत्तेजनापनि होईन नितान्त प्रगतीशिल, माटोको माया, सम्वेदनशील र सभ्यता ।

 

भूमिका

डि. वि. पालुङवाको कविता कृति ,,बिसंगती,, केही जेठो (रहेछ) भएपनि मेरो हातमा पहिले आईपुगेको संग्रह हो तोप बहादुर याक्खा राईको ,,आँधी रोकिएपछि ,, । हङकङको हकमा डि. बि. सवै हिसावले जेठोपनि हुन तोपको तुलनामा । श्रेणीगत हिसावमापनि उनि ,क, श्रेणीमा पर्दछन अनि अरु, घ, सम्म बर्गिकरण गरीएको छ । यो आधिकारिक होईन केवल मेरो आफ्नो हरहिसाव । जुन अन्तिम नम्बर ,घ, हो त्यस्मा रहरे कविहरुको हुद्दा पर्दछन । म पहिला तोपको कवितामाथि समिक्षा गर्दैछु, जो देखापर्दै क श्रेणीको हकदार हुनआईपुगे । म तोप (ठुलोखाले बन्दुुक) वहादुर याख्खाराई भन्न रुचाउँछु । टोपिको सट्टामा टाउकोमा लगाउँने कुनै क्याप भएपनि मलाई अंग्रेजी शब्द हो जस्तो लाग्छ टोप । हरेक नामहरुले यौटा अर्थ बोकेकै हुन्छ । कुनैदिन तोप भाई स्वयंले भेद खोल्लान ।

तोप बहादुर याक्खा राईको ,,मैले हारेको युद्ध,, यौटा कथात्मक सुन्दर संस्मरण पढेपछि अर्को पक्षवाट पराजित अर्को योद्धा म तोपसंग अर्को युद्धको तयारीको समझदारी गर्दैथिएँ वानसाईड प्रेमजस्तो । अचानक उहाँहरुकै मुखपत्रमा अर्को यौटा लेख पढने मौका मिल्यो । म जिल्लीएँ, उन्कै गाउँको एकजना गरिव (मछुवारे) जालहारीलाई भूतले खाएर मारेको भन्दै निर्धक्क आफ्नो भनाईमा उतारे । यस्तो अरे, उस्तो अरे, भनाई छ, यसो भन्छन भन्ने (सर्वनाम ?, उपसर्ग ? कथनी) शब्द कतै नराखी जव तोपले आफनै आँखाले देखेकोजस्तोगरी त्यो जालहारीलाई भुतले खेदीखेदी मार्यो भन्ने अर्थमा त्यो लेख लेखे म छाँगोबाट खसेको थिएँ । र सोचाई वदलिएको थियो हो रहेछ हामी २ ध्रुववाटै युद्ध लडेको थिएछौँ, रहेछौँ र मनैको एकपक्षिय समझदारी राजनैतिक भाषामा एकता, मनैले तोडीदिएँ, तोपसंग । उनिप्रति चेब्रे घस्दैगरेको २, ४ शब्दपनि मनैले फिर्ता लिएको थिएँ । दुई ध्रुवमा छौँ युद्ध जित्दैनौँ, उन्लेपनि, मैलेपनि, किनभने आज अहिलेभर्खरैपनि बर्गीय जातीय दुश्मनलाई वद्य गर्ने भनेर हामी आफै लडिरहेको छौँ । तर दुनियाँ छोराछोरीलाई अघि लगाएर आफु पछाडी घुम्नेमेचबाट मर्न निर्देशन गर्ने त्यो कुनैपनि सेनाधिपति भने कुनैन कुनै दिन पराजित हुनेनैछ बन्दुक होईन दर्शन लिएर युद्धमा उत्रेको जनताको सेनामेनाबाट ।

 

समिक्षा

यस्तै तर्कना गरेर आफैलाई सम्झाउँदै थिएँ तर अचानक साव्लावुङ (पुष्पोपहार) साहित्यिकका सम्पादक प्रकासक राजकुमार राईले ,,आँधि रोकिएपछि,, हातमा थमाईदिए । वढिमा एक अनुच्छेद नत्र दुई हरफ मेरो वानी अनुसार यस्मापनि एकैचोटी बिचमा पुगेर ,,माटोको माया.,, हो क्यार सरर्र पढें तर अरु पुस्तकमाजस्तो यस्मा आफुलाई रोक्न सकिन ।

 

थोत्रे कम्प्युटरको कुनाकानी

सिमारेखा भित्र बाहिर

भनौँ घरदेश परदेश जताततै

नेपाली छोराछोरीको मृत्युको आलो खवरहरु

कठै कति दुख्योहोला नेपाली वावाको छाती

कति रोयोहोला नेपाली आमाको मन

नियाल्दै मृत्युका तक्माहरु

फेरी सुन्छु मेरो देशको आवाज

गन्दै मृत्युका तक्माहरु

फेरी एकपटक सुन्छु

चित्कार मेरै माटोको ।

 

ओह...........म तिलमिलाएँ, म एकैचोटी सुदूर खोटाङको गाउँ बाघशीलामा चालीसौँ बर्षअघि खाईखेलेको मेरो गाउँले दाजे, भाई, फोपो, छिचिम, (काकाकाकी) तेते, तेतेम (वडावडी) को निस्कलंक निश्छल मायामा लुटपुटिन पुगें । आमाको काख र हरेक दिन स्कुलजाँदा वावाले हातमा समाएर खोला तारी पठाएको मुटु पोल्ने अतित,त यसैपनि हुँडल्याएर ल्याईदियो तोपको कविताले । माता, मातृभूमि, पिता पितृस्थल, माटोको सुगन्ध, उहि माटोको सन्तान त्यहिमाटोको मायामा हुर्केको अर्को छोराको नांगो प्रहारबाट रक्ताम्य भएर ढलेको त्यहि आमाको अर्को छोरा,त भईनै हाल्यो आफ्नो माटो भन्दा कैयौँ गुणा पर पराई भूमिमापनि त्यहि नेपाली छोराहरुको छोरीहरुको आलोमृत्यु, कठोर अत्याचार घायलपार्ने कविताको विम्वहरु ।

कविता लेख्नु केवल रहर गरेर हुँदैन क्षिरसमुन्द्रको पिंधमा पुगेर मोति टिप्न सक्नुपर्दोरहेछ । पिंधमै नपुगेपनि आधाउधि छिचोल्नुत पर्छनै । तोप त्यस्तै लाग्छन मलाई । कविले ३०, ३२ लहरको माटोको माया यौटै कविताबाट भावुक हुन बाध्यपारे, सिमावाहिर पुगेरपनि मानव तर सामन्त संस्कारगत बिभिन्न वर्ग र वर्णमा बिभाजित हुनुको अर्थमा बग्रेल्ती प्रश्नहरु उठाएका छन । समाधानको बाटो संकेतसम्ममात्र गरेपनि संसारलाई कैंयौँ जरुरी सूचनाहरु प्रवाह गरेका छन, कसैको मुख नचिहाई यौटा कविको धर्म निर्वाह गरेका छन, सवै कवि कवियित्रीहरु यस्तै भईदिए..........? होईन हुनुपर्छ ।

त्यसरी दोश्रो पटक विज्ञान (भौतिकवाद) बिपरित भेटेको उन्लाई परम्परा संस्कारहरुको संरक्षण गर्दै विज्ञानले निर्दिष्ट गरेको बाटोमा हिंडनुपर्ने सुझाव, सन्देश, निर्देशन खास गरेर कृतिनै निकालेर यसपटक मुलायम अनुरोध गरेका छन राईले । मलाई आशा छ उन्ले निर्दिष्ट गरेको बाटोपनि यहि हो । आफुले खुदै देखेभोगेका कतै धर्मको नाउँमा छाउपडिमा अवोध महिलाको अज्ञानतावस मृत्यु, कतै जानाजान आफुले जे गर्दापनि हुने तर गरीव निरिह जनता कामदारहरुले पापको भारी नबोक्न मालिकको जो सुकै भौतिक श्रम गर्न अघि वढनुपर्ने बाध्यताहरु यिनै बिकृति बिसंगतीहरु चिर्न सफल तोप यसैवेला आक्रोसमा पुग्छन, पुर्याउँछन हामीलाई   ,

 

हो म यौटी बोक्सी हुँ

ओछयानमा चाटेर

रछयानमा फाल्ने

कलियुगका कृतध्न आँखा अगाडि

दूधको मुल्य तिर्न नसक्ने

कुपुत्रहरुको आँखा अगाडी

वोक्सी हुँ म, वोक्सी ।

समिक्षा पाठकलाई बुझ्न सहज र श्रष्टालाई सवल दुर्वलपक्ष निर्दिष्ट गर्ने उदेश्य राख्दछ । यो भूमिकाजस्तो हुनलाग्यो । र संग्रहित हरेक ३० कविताहरुको ब्याख्या होईन सवल र दुर्वल पक्षनैमातर केलाउँनुपरेपनि यो धेरै लामो हुनजान्छ । भूमिकाले मलाई यौटा कुरा यादभयो यस संग्रहमा गोविन्द दाईले लेख्नु भएको भूमिका नपढि नहुने (के भन्ने यस्लाई) कविताको टोपि हो । मानिसहरु भन्थे,नी पारिजातको सिरिशको फूलमा शंकर लामिछानेको भूमिका नपढे त्यो अधुरो हुन्छ । हुनत श्रष्टाहरुको सिर्जनामात्र पढ्दापनि एक किसिमको फुर्ति शरिरमा सञ्चार भएकै हुन्छ, यौटा संसार, केही जीन्दगीको सिरीखुरी भएकै हुन्छ । भूमिकाको हकमा जव मानिसहरु फुर्सदमा अल्सि लाग्दै के रहेछ,त बुढोको भनेर २, ४ लाईन पढछन उत्तानो सुतिरहेको उ झस्केर उठछ, पढदै जान्छ, वसेको आसनबाटपनि उठेर थोतरे कम्प्युटर सजाएको आफ्नो रिडिङ टेवलमा पुग्छ, भएन रातो शिशाकलम निकालेर राम्रा हरफ र शब्दहरु टिप्नथाल्छ । अनि अर्को सुखको सास फेर्छ, र सम्पुर्ण कविता तथा कहानीको ईतिबृतान्त भूमिकामा प्रस्ट पाएपछि घोषणा गर्छ यो भूमिका पढेनभने पुस्तक अधुरो हुन्छ । अझ प्रा. डा. गोविन्दराज भट्टराईको भूमिकाबाट पाठकले तोपराज याख्खाराई र उन्को कवितालाई सहज बुझ्नेमात्र होईन की डायास्पोराको यानेकी संसारको नयाँ कुराहरुपनि पाउँछन । त्यस्तैमात्र होे सिरसिको फूलमा शंकर लामिछानेको भूमिका । सिरिसको फूल पढेर एक किसिमको उत्कृष्ट स्वाद ग्रहण गरिसकेकै थिए पाठकहरुले, कचिन ठिटी, खाँनियोप्पा, सुयोगवीरहरुलाई कति दोहोर्याईरहनु ? हेर्दिउँनत है शंकर लामिछाने भनेर अघि भनेकै आसनमा वसेर पढिएको हो सुरुमा त्यो भूमिका । वास्तवमा सिरिसको फूल आफैमा पुर्ण छ सुन्यवाद ९द्यबिअप जयभि० पनि यौटा बिषय,त अवश्य हो ।

नवहकिएर तोपतिर फर्कदा संकलित ३० कविताहरु जातको हिसावले यौटै प्रगतिशिल रस भएपनि ४, ५ अनुहारमा देखिन्छन । ४, ५ भिन्न प्रकृतिमा विचारहरुलाई बाँडन सक्नुनै ठुलो कुरा हो । कवि समाजकोमात्र होईन संसारकै बिकृति चिर्न सफल छन, अझै अरु अध्ययन गर्दैगए अरु सफल हुनेछन । बिकृति चिर्नसक्नुको अर्थ हो समस्याहरुको उठान, जो शसक्त छ । सिप अनुसार समाधानभने न्युननै देखिन्छ ।

 

टाउकाको भार थेग्न नसकेर

दायित्वबाट पन्छिने

ए लाक्षीहरु हो

हातको वन्दुक फालेर भाग्ने

ए काँतर सिपाईहरु हो

सुँघेरत हेर

तिमीले टेकेको यो माटोलाई

धेरै धेरै हिडनुछ वाटाहरु

गर्न धेरै छ जीवनामा तिमीले

रोपेर शान्तिका विउहरु

उमार्नुछ सदिऔँसम्म तिमीले

वोधिबृक्षको बेर्ना यहि माटोमा

 

उन्ले यसखाले सिर्जनाहरुमा आउँन जरुरी छ, नम्बर १ । भन्नाले लेखकहरु पथप्रदर्शकको भूमिका निर्वाह गर्दछन, पथप्रदर्शक हुन । यो नेपाल त्यहा पटक्कै हुनुनहुने बिकृति, उन्को सुगन्भित प्रिय माटोपनि यो नै, मतलव राष्ट्रवाद मज्जैले मुखरित भएकाछन बिम्वहरुमा । थोरबहुत यस्को छिमेकी मुलुकहरु र नेपाली पाईला परेको केही तेश्रो मुलुकहरुका करुणारसमा लेखिएका सम्वेदनशील सन्देशमुलक कविताहरु । तर उन्ले त्यताको संस्कार सँस्कृतितिर कलम उठाउँन उताको लेखकहरु अध्ययन गर्न जरुरी छ नम्बर २ । जसरी दौलतलविक्रम विष्टले चपाईएका अनुहार लेखे, कस्ले हो कुन्नी ,,टेन ल्याक टु वर्डस हिरोसिमा,, खगेन्द्र संग्रोलाले द भिलेज द्याट उड नट डाई (अजम्वरी गाउँ), पारिजात दिदीले सिरिषको फूल । आजको चटके जमानामा बुढाहरुको त्यो लामो लामो कथा कुथ्यौरीहरु कवितामा शंश्लेषित गरेर ल्याउँन जरुरी छ । र मात्रै उन्ले अन्तराष्ट्रियस्तरमा नयाँ पाईला टेक्नेछन र श्रंखलाबद्ध हिसाव गर्दा कविवर तोप वहादुर याख्खा राईको अवको यात्रा यहि नै हो ।

 

उपसंहार

मलाई यो सम्पादक प्रकासकहरु श्रमिकको शोषणगर्ने जमिन्दारहरुजस्ता लाग्छन । यता लेखकको ह्वाह्र्वार्ती विचारहरु फुरीरहेको हुन्छ निरन्तर भरररर.........उता असिन पसिन भएर विज्ञापन कोचार्दा कोचार्दै ठिक हुन्छन सजिलै ठाउँ छैन भनिदिन्छन । जस्तोकी पाखुरी चलाउँने किसान तर जमिनको हकदार र त्यहा फलेको अन्नको मालिक उ । जस्तोकी जमिन्दारहरुलाई सामन्तले हजारौँ बिघा जमिन विर्ता दिएको थियो त्यस्तै यो पत्रिकालाई छेवर पास्नी र सासानो बि. बि. क्यु, लगायतका नागरिकता, पासपोर्टदेखि कट्टु, धोति, टोपिसम्म हराएको बिज्ञापन दिएर निरन्तरता दिने हामी जनता, बालीखाने सम्पादक प्रकासकहरु मात्र, ठिक जमिन्दारहरुजस्तो ।

त्यसैले डि. बी. पालुङवा र पुर्णिमालाई अर्को अंकमा । समिक्षा यसैसाथ पठाई सकेको छु बाँकि २ श्रष्टाहरु शिर्षकमा ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News