HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home विचार / दृष्टिकोण विपि प्रतिष्ठानमा डा. गोविन्द केसी जस्तोको खाँचो

विपि प्रतिष्ठानमा डा. गोविन्द केसी जस्तोको खाँचो

E-mail Print PDF
AddThis Social Bookmark Button

आनन्द श्रेष्ठ

मानव स्वास्थ्यको उपचार र अध्यनन, अनुसन्धान गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति बेला बन्द हडताल र आर्थिक संकटको रोगले आफै आई.सि.युमा भनाृ हुने अवस्थामा पुगेको छ ।

 

कर्मचारीहरु सबै काम ठप्प पारेर दशौ दिन सम्म हडतालमा उत्रिएका छन् ।  मृत्यको मुखमा पुगेका हरुलाई पल पलको महत्व राख्ने अस्पताल जस्तो अति सम्वेदनशिल ठाउमा दशौ  दिन सम्म बन्द हुनु भनेको अस्पतालको अस्तित्व नै संकटमा पर्नु जति नै हो । यो आर्थिक वर्षमा मात्र  त्यहाका डाक्टर विद्यार्थि,कर्मचारीले पटक पटक गरी  ३० दिन  प्रतिष्ठान ठप्प पारेका छन् । एक दिन प्रतिष्ठान बन्द हु“दा झन्डै २५ लाख  आर्थिक नोक्सानी हुन जान्छ भने प्रतिष्ठान सग सरोकार राख्ने जनताहरुले भोग्नु पर्ने आर्थिक, शारीरिक मानशिक क्षतिको  मुल्याङ्गन पैसामा  गर्न सकिदैन । आखिर विपिमा किन हुन्छ यतिका बन्द हडताल ? यसको उतर खोज्नु अव ढिलो भई सकेको छ ।

आर्थिक कारण मात्र हो भनौ भने हरेक  श्रोतसाधनले सम्पन्न  विपि प्रतिष्ठानमा पढ्न र उपचार गर्न आउने विद्यार्थि र रोगीहरुको लर्को  थामि सक्नु छैन । एउटा टिचिङ्ग अस्पतालको मुख्य आम्दानीको श्रोत भनेको विद्यार्थिको शुल्क र उपचार शुल्क नै हो । प्तिष्ठान भन्दा धेरे  पछि स्थापना भएका विराटनगरका नोवेल एकेडेमी,  न्युरो हस्पीटल जस्ता नीजी स्तरका कलेजहरु सवै मुनाफा कमाउदै भौतिक पुर्वाधारहरु वढाउन व्यस्त छन । तर सवै पुर्वाधारको विकाश का लागी सरकारले खर्च व्याहोरी रहेको, सयौ विधा  जग्गा जमिन भएको  प्रतिष्ठान लाई भने  सधैको आर्थिक संकट किन  पर्छ ?अनि  कस्को कमीकमजोरी वाट आफनो वडेको तलव भता लिन पनि डाक्टर कर्मचारीले सधै वन्द हडतालको सहारा लिनु पर्ने  अवस्था आउछ  ?  अव चाहि  भने प्रतिष्ठानको समस्या वारे गम्भीररुपमा शल्यकिया नै गरेर  अध्ययन अनुसन्धान गर्नु पर्ने वेला भएको  छ  ।

अहिले वीपीमा देखापरेको अस्तव्यस्तता  आर्थिक समस्या बाट उत्पन्न भए जस्तो देखिन्छ तर वास्तविक अन्तरवस्तु भित्र पसेर हेर्ने हो  भने कुरा अर्कै छ । आज भन्दा ५ महिना अघि  टिचिङ्ग अस्पताल काठमाण्डौमा त्यहांका डा. गोविन्द केसीले २० औ दिन सम्म आमरण अनसन वसेपछि   देश भरी नै हंगामा खडाभएको थियो ।  अन्तत २१ औ दिनमा डा केसीको माग  सरकारले पुरा गरी अनसन तोडाएका थिए ।  त्यति वेला  डा.केसिले आर्थिक कुरा नउठाई अस्पतालको उपफुलपतिमा मर्यादा नाघेर  सरकारले जुनियर  एक जना कनिष्टडाक्टरहरलाई नियुक्ति गरेको विरोधमा थियो । जुन कुरा सरकारले पुरा गरी नव नियुक्ति उपकुुलपतिलाई हटाएर सो अस्पतालका पुराना वरिष्ठ डाक्टरलाई नियुक्ति गरे पछि समस्या समाधान भएको थियो । त्यस पछि त्यहा कुनै हडताल बन्द विरोध भएको छैन सबैले आ.आफनो जिम्मेवारी निभाएर अस्पताल चलाएका छन् ।

वास्तवमा विपि प्रतिष्ठान भित्र पनि सिनियरलाई मिचेर जुनियर डाक्टरलाई उपकुलपति बनाए पछि प्रतिष्ठान भित्र असन्तुष्टि र असहयोगको  आगो भित्र भित्रै सल्किएर अहिले आर्थिक संकटकोरुपमा बाहिर देखापरेको  मात्र होे । प्रतिष्ठान भित्र कलहको मुख्य विउ यहि बाट रोपिएको  हो । यस भन्दा अघि डा मदन उपााध्याय डा सुन्दर मणी दिक्षित, डा शेखर कोईराला, डा.लोक बिक्रम थापा र डा. पुर्ण चन्द्र कर्माचार्य जस्ता खारीएका वरिष्ठ डाक्टरहरुले निर्देशक र  उपफुलपति भएर चलाएका थिए ।

यी नामहरुको बारेमा प्रतिष्ठान भित्रका कुनै डाक्टरले पनि प्रश्न उठाउन सकेका थिएन्न ।  तर जव सोहि प्रतिष्ठानमा अन्य ४/५ जना सिनियर डाक्टर हुदाहुदै डा. बलभद्र दास लाई उपफुलपति बनाइयो त्यस पछि प्रतिष्ठान भित्र एक किसिमको शितयुद्द घनीभूत रुपले चल्न थालेको देखिन्छ । प्रतिष्ठान भित्रै विभिन्न महत्वपुर्ण विभाग सम्हालेर बसेका सिनियर डाक्टरहरु र उपफुलपति विचको खटपटको परिणाम प्रतिष्ठानमा आर्थिक, शैक्षिक स्तर खस्कदै गएको हो । उपफुलपति नियुक्ति गर्दा तत्कालिन प्रधानमन्त्री डा बाबुराम भराई र स्वास्थ्य मन्त्री राजेन्द्र महतो बिच पनि ठुलो रस्साकस्सी मच्चीएको  थियो । उपकुलपतिमा प्रतिष्ठान भित्रकै ५जना डाक्टरहरुको नाम सिफारिस भएको थियो । ति मध्ये प्रतिष्ष्ठानमा शुर देखि काम गर्र्ने कुनै एक वरीष्ठ डाक्टरलाई उपफुलपति बनाएर एउटा सिस्टम कायम गरेको भए कुनै टण्टा हुने थिएन । तर ३/४ जना सिनियर डाक्टरलाई छाडेर अहिलेका उपकुलपतिलाई नियुक्ति गरे पछि प्रतिष्ठानको प्रमुख विभागमा रहेका डाक्टरहरुले उत्साहका साथ काम गर्न छाडेका छन् । उनीहरु हा“काहाकी भन्छन् यहां जस्ले मन्त्रीलाईपैसा खुवाउन सक्यो उहि उपकुलपति बन्न थाले पछि हामिले रातदिन रगत पसिना बगाउनुको औचित्य के रहयोर ? यहां भन्दा त वाहिर क्लिनिक खोलेर बस्दा महिनामा ४/५ लाख कमाउन सकिन्छ भन्छन् । वास्तव हो पनि एउटा शैक्षिक उचाईमा पुगेका व्यक्तिले आफूले काम गरेर कपाल फुलाएको संस्थाले उभित्र कदर र स्थान दिदैन भने त्यस्तो स्थानमा हतपत मान्छे वस्न रुचाउदेैनन  ।  फेरी चिकित्सापेशामा सिनियारिटिको कुरालाई गम्भीररुपमा लिने गरीन्छ । किन भने यो पेशामा कसैले शैक्षिक प्रमाण पत्र लिएको भोली पल्ट देखि नै दक्ष उपचार दिन सक्दैेन । उसलाई आफु भन्दा सिनियर अनुभवी  गुरु  डाक्टरले गाईड गरी रहनु पर्छ । त्यसैले यो पेशामा शैक्षिक प्रमाण पत्र भन्दा पनि स्वअध्ययन अभ्यास र अनुभव नै दक्षताको प्रमाणपत्र मानिन्छ । त्यसैले सिनियर र जुनियर वीचको भेद नवुझि सरकारमा वस्ने नेताहरुले जथाभावी नियुक्ति गर्ने परीपाटिले अहिले वीपी प्रतिष्ठान मात्र होईन देशकाक प्राय सवै क्षेत्रमा विवाद निम्ताई दिएका छन ।

 

कुनै पनि  संघ सस्था, प्रतिष्ठान,  सामुहिन मेहनत र  सहयोगवाट चल्ने हो ।  उपफुलपति कमजोर भए पनि अरु सबै पदाधिकारीहरुले सर सहयोग गरेमा प्रतिष्ठान चल्न सक्छ तर उपफुलपति जति राम्रो भए पनि अरु डाक्टर कर्मचारीले साथ नदिए चल्न सक्दैन् । वर्तमान उपफुलपति दास पनि आफैमा असक्षम व्यक्ति भने होईनन् । प्रतिष्ठानका पुराना, फुर्तिला र अस्पताल निर्देशक भई काम गरि सकेका  खनुभवी व्यक्ति नै हुन । उनि सबै पक्षलाई सेटिङ्ग मिलाएर व्यवस्थापन गर्न कुशल छन् । अख्तियार र मिडियालाई पनि सेटिग मिलाउन खुवी राख्छन भनेर उनका ओलाचकहरु वताउछन ।

तयाउनले प्रतिष्ठानलाई सुपरस्पेशललिष्ट सेवा प्रदान गर्ने र विश्व विद्यालय बनाउने योजना अघि सारेर प्रतिष्ठानको कार्य क्षेत्रलाई फराकिलो वनाउनपनि चाहेका छन  । तर ठूलो योजना अघि सारेर पनि आम्दानीको स्रोत बनाउने दिशामा सिक्का भाँच्नु नसक्नु  चाहि उहँको ठूलो कमजोरी देखिन्छ ।

माल पाएर चाल नपाउदा

झण्डै २५० बिघा जमिनमा फैलिएको विपि प्रतिष्ठान नेपाल अधिराज्यको सबैभन्दा धेरै भौतिक संरचना र  चलअचल सम्पती भएको धनि  संस्था हो । ५५० शैयाको अस्पताल छ  । वार्षिक ३०० जना डाक्टर नर्स उत्पादन गर्छ । प्रतिदिन २०-२५ लाख आम्दानी हुने संस्था कसरी घाटामा जान सक्छ  ? यो जो कोहिले अविस्वास र प्रश्न गर्ने विषय हो ।

नेपाल र भारत सरकारको १/१ अर्ब रुपैयाको सहयोगबाट स्थापना भएको यो प्रतिष्ठानमा भारत र नेपाल सरकारले अनुदान दिने क्रम यथावत राखेको छ । हालैो दिनमा पनि झण्डै ५० करोडको सरकारी अनुदानमा कलेज गेष्टहाउस हाष्टल र कर्मचारी आवासहरु धमाधाम निर्माण भईरहेको छ । भारत सरकारले शैक्षिक क्षेत्रमा सहयोग गरीरहेको छ । विभिन्न राष्टिय अन्तराटिय सध सस्थाले आर्थिक भौतिक सहयोग गरीरहेको छ । तर पनि अधिकार लिने कुरामा प्रतिष्ठान आफुलाई स्वयत्त संस्था भन्छ पैसा सकिएपछि सधै सरकार संग हारगुहार गर्छ । यसरी कतिन्जेल सम्म चल्ने ? अहिले सम्म १८ करेँड बेरुजु देखिन्छ । “त्यो रकम पहिले फट्यौट गर अनी थप बजेट दिनेछौँ” भन्ने अर्थमन्त्रालयको तर्क सहि देखिन्छ । सरकार पैसा दिदै जाने यता आम्दानी भन्दा खर्च बढी  गरेर   बेरुजु बढाउदै जाने  अनि सरकारले सहयोग गरेन भनेर रुवाबासी गर्नु मा पनि कुनै तुक देखिन्दैन ।

यदि प्रतिष्ठानमा एउटा कुशल  निस्वार्थी सवैलाई समेटेर काम गर्ने खुवी भएको पदाधिकारीहरु आउने हो भने यहा प्रतिष्ठानलाई धनी सम्वृद्द वनाउने काम हरु थुप्रै देखिन्छन । तर अहिलेका पदाधिकारीहरुले त्यो गर्न सकेका छैनन । जसलाई  नेपाली जनमानसमा माल पाएर चाल नपाएको भन्ने गरीन्छ । जस्तो प्रतिष्ठान गर्न नसकेका कामहरु मध्ये  सरकारले धरानको बिच बजारमा झण्डै १ विघा जमिन भएको पुरानो अस्पताल प्रतिष्ठानलाई आम्दानीको श्रोत वनाउन भनि दिईएको १५ वर्ष भयो । तर त्यसलाई कुनै उपयोग गर्न सकेको  छैन  । बरु कुन दिन नगरपालिकाले खोसीदिदा आश्चर्य मान्नु पर्दैन । आफुले  पनि प्रयोग नगर्ने अनि  कसैलाई दिन पनि नमान्ने । प्रतिष्ठानको यो निस्कृयपनले करोडौको माल कौडिको भएको छ ।   १६ वर्ष अधि मोरङको हरैँचामा प्रतिष्ठानले खरीद गरेको  अढाई बिघा  निजी जमिनमा औषधी फ्याक्ट्री बनाउने भनेर झण्डै ६ करौड रुपैया डुबाएको छ । त्यो अहिले सम्म संचालनमा ल्याउन सकिएको छैन । प्रतिष्ठानको मुल गेटमा लहरै  पसलका सटर निर्माण गरी  राम्रो आम्दानीको स्रोत बनाउन सकिन्थ्यो तर त्यो पनि गर्न सकेको छैन ।  प्रतिष्ठान भित्र एम.आर.आई लगायत थुप्रै मंहगा आधुनिक मेशिनहरु छन् । जो पूर्वाञ्चलका अन्य  अस्पतालहरुमा छैनन । ति मिसिनहरुको संचालनलाई चुस्तदुरुस्त पार्ने हो भने रेडियोलोजी बिभागको आम्दानीले मात्र पनि प्रतिष्ठानको ३० प्रतिशत खर्च धान्न  सक्ने विज्ञहरु बताउछन् । त्यसैगरी एसियाकै टपटेनमा पर्ने मेडिकल कलेजमा अध्ययन गर्न  छिमेकी मुलुक भारत श्रीलंका, पाकिस्तान, बङ्गलादेश, माल्दीप्स र अरबबाट पनि विद्यार्थीहरु आउन सक्छन् । केहि वर्ष अघि सम्म माल्दीप्सका विद्यार्थीहरु आएर पढ्र्थे तर अहिले भारतका बाहेक अन्य देशका विद्यार्थीहरु आउन छाडेका छन । ् किन यस बारेमा राम्रो अध्यान गरेर प्रतिष्ठानको  व्यापक प्रचार प्रसार गरी बिदेशी विद्यार्थीहरु भित्रयाउने प्रयास गरीन्दैन  ?  प्रतिष्ठानको हाता दक्षिण तर्फ पर्ने १०० विघा जंगल बन मन्त्रालयले उपयोगको लागि प्रतिष्ठानलाई दिईएको छ । सो जंगलमा रुख नमासी एग्रो फरेष्टी, अर्गानिक खेती, ईकोपार्कहरु बनाएर आम्दानीको  राम्रो स्रोत बनाउन सकिन्छ तर अहिले सम्म त्यहा कुनै योजना ल्याउन नसक्दा ५ पँसाको आम्दानी गर्न सकिएको छैन बरु उल्टो सुख्खा मौसमा जंगलको ढडेलो सल्किएर प्रतिष्ठानको आभास क्षेत्रमा प्रवेश गरी दुख दिने गरेको छ । आफूले काम गर्न नसक्ने भए कुनै निजी तथा सरकारी कम्पनीलाई लिजमा दिएर पनि फाईदा लिन सकिन्छ नि ?

प्रतिष्ठान भित्र १५ सय कर्मचारी र १ हजार डाक्टर विधाार्थी हरु वस्छन  उनी हरुकोलागी भए पनि  प्रतिष्ठान भित्र एउटा राम्रो सपिड कम्प्लेक्स खोल्न सकिन्छ ।  तर यस विषयमा सोच्ने कसैलाई फुर्सद नै देखिन्दैन । त्यसैले विविध क्षेत्रमा योजना अधि सारेर आम्दानी स्रोत बढाउन सकिने व्यापक संम्भावना भए पनि प्रतिष्ठान चलाएर बसेका पदाधिकारीहरुको निष्कृयता सिनियर डाक्टर र कर्मचारीहरुको उदासिनताको कारण प्रतिष्ठानले लाभ लिन सकिएको छैन । यधपी यस्तो स्रोत बढाउने र खर्च घटाउने भनेर ईम्प्यक्टएनालोसीज समितिहरु नबनेका होईनन् तर ति सबै समितिको प्रतिवेदन दराजमा थन्कने गरेकोछ ।

सेटिङबाट चलेको प्रतिष्ठान

कुनै पनि प्रतिष्ठान एउटा सिष्टम (पद्दति) बाट चलेको हुन्छ । त्यो पदती मा कुनै बिचलन आएमा त्यो संस्थाको अस्तीत्व नै संकट पर्न सक्छ । जसरी अहिले विपी प्रतिष्ठानमा आएको छ । विपी प्रतिष्ठान अहिले सिष्टमबाट होईन पूर्णरुपले सेटिङबाट चल्न थालेको छ । जबदेखि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र स्वास्थ्य मन्त्री राजेन्द्र महतोले सिनियर डाक्टरहरुलाई बाईपास गरेर डाक्टर दासलाई उपकुलपती बनाए त्यही देखी प्रतिष्ठानको हरेक सिष्टममा बिचलन आउन थालेको   त्यहिका कर्मचारीहरु बताउछन् । स्वाभाविक छ कुनै दल वा समूहले आफूलाई पदमा ल्याउन भूमिका खेलिदिन्छ भने उस प्रति कृतध्न पनि बन्नै पर्यो । उसको वैद्य अवैद्य आदेश अनुरोध पनि मान्नै पर्ने हुन्छ । त्यो आदेश अनुरोधहरु मान्नु पर्दा निश्चित रुपमा सोझो  औलाले घिउ आउदैन अनि बाङ्गो औला पार्दा त्यहा सिष्टम होईन सेटिङको काम सुरु हुन थाल्छ । जुन कुरा देशमा गणतन्त्र आएपछि राजनितिक दलहरुले प्रशासन तन्त्रलाई उपहारको रुपमा सिकाउदै आएका छन् ।

जुन काम विपीमा पनि विपीदास ज्यूले गर्नु भएको छ । जुन प्रतिष्ठानको डाक्टर,कर्मचारी, विद्यार्थीको ,नियुक्ती,भर्ना, सरुवा बढुवा गर्दा होस् या सामान खरिद, बिक्री निर्माणको ठेक्का पट्टाको प्रकृयामा सेटिङको करामत छर्लडै  देख्न पाईन्छ ।  उदाहरणको लागि उपकुलपती नियक्ती हुने बित्तिकै डा. दासले २०६८ असार १ गते ५० जना हेल्पर पदको लागि पत्रपत्रिका मार्फत दखास्त आव्हान गर्नु भयो  । जुन अव्हानमा ३५७० जनाले निवेदन दिएका थिए । निवेदकहरुबाट मात्रै आवेदन शुल्क रु ५० का दरले रु १ लाख ७८ हजार संकलन भएको थियो । त्यसबेला निवदेन दिनेहरु मध्ये धेरै जनाले त यो कुरा  बिर्सी पनि सके  होलान  । तर अहिले सम्म त्यसको नतिजा प्रकाशित भएको छैन ।  तर अचम्म त्यो ५० जनाको सिटमा भित्रभित्रै सबै मान्छेहरु भर्ना भैसकेछन । चोरबाटो बाट प्रवेश गरेका ति कर्मचारीहरु धेरै जसो राजनितिक दलका सिफारिसबाट आएका  छन ।  ति ५० रुपैया तिरेर फाराम भर्ने सोझा सिधा बेरोजगारहरुलाई कत्रो धोका भयो  त  ?

रजिष्टार भनेको प्रतिष्ठानको प्रमुख तेस्रो ठूलो पद हो । सम्पूर्ण प्रशासनयन्त्रलाई चलाउने अधिकारी हो । त्यस्तो महत्वपूर्ण  पदबिहिन अवस्थामा  प्रतिष्ठान १४ महिना चल्यो । अनि हालै  मात्र नेकपा एमालेकोटाका  स्वास्थ्य मन्त्रीले कुल बहादुर श्रेष्ठ ज्युलाई बिराटनगरबाट टिपेर पठाई दिएका छन ।  पुराना रजिष्टार नन्द प्रसाद थापा हिडेपछी रिक्त रहेका पदका लागि प्रतिष्ठानले दरखास्त आव्हान गरेको थियो । झण्डै १ दर्जन उमेददारहरुले दरखास्त पनि हाले । तर त्यसको पनि कहिल्यै परिणाम आएन  । बरु बिना कारण आजभन्दा २ महिना अघि दरखास्त रद्व गरिएको  सुचना प्रकाहित भएको थियो ।  त्यसको १ महिना पछी एमाले समर्थित वर्तमान रजिष्टार बिराटनगरबाट टुपलुक्क आईपुगे । तेती नजिकै बिराटनगरबाट रजिष्टार नियुक्ती गरिनु थियो भने बिज्ञापनमा खर्च गरी निवेदन हाल्न लगाई मान्छेलाई किन दुख दिनु ? किन नाटक गर्नु ? यि यस्ता घटना त स्पष्ट देखिने सेटिङका उदाहरणहरु हुन् । यसबाहेक कर्मचारी भित्रको सरुवा बढुवा छुट्टै छ । यो प्रतिष्ठानमा कर्मचारीको दैनिक  उपस्थितीको जाँचको लागि विद्युतीय यन्त्र जडान गरिएको छ ।  जुन यन्त्रमा कर्मचारी ले ठिक समयमा कार्यालय आएको गएको समयमा औँला ले छुनु पर्छ । यदि गयल देखिए तलब सुबिधा काट्न्छि तर केहि कर्मचारीहरु यस्ता पनि छन  जो  हाकाहाकी कार्यालयको समयमा पार्टीको झण्डाबोकेर सहर बजारमा नारा जुलुस, सेमिनार, गोष्ठि अनि वन्द विरोधमा उत्रिएको  भेटिन्छन् । जबकि प्रतिष्ठानको  नियमावलीमा स्पष्ट लेखिएको छ “कुनै पनि शिक्षक कर्मचारीहरुले आफ्नो पदमा बहाल गरी कुनै पनि राजनैतिक दल वा संगठनको सदस्यता कायम राख्न वा ग्रहण गर्न वा राजनितिकमा भाग लिन हुदैन । त्यसो गरे सो पदबाट प्राप्त हुने सबै सुविधाहरु स्थागित रहेको मानिनेछ ” तर त्यस्ता कर्मचारीहरुलाई कारर्वाही गरेरको रेकर्ड छैन ।  बरु उल्टै त्यस्ता केही कर्मचारीहरुलाई चाँडो चाडो बढुवा गर्ने, राम्रो विभागमा राख्ने प्रवृति बढेकोले अन्य सोझा सिधा पावर बिनाका कर्मचारीहरुमा एक किसिमको हिनताभाव पलाएको पाईन्छ जुन प्रतिष्ठानको उन्नतीको ज्यादै धातक हो ।

प्रसुती गृहमा सुत्ने कोठाको अभावमा सुत्केरीले बाहिरै बच्चा जन्माएर बच्चा मरेको घटनाले गत वर्ष प्रतिष्ठान निन्दाको पात्र वनेको थियो । तर वर्तमान प्रशासनले प्रसुती कोठा थप्नु भन्दा गेष्ट हाउसको नाममा एकतारे होटल बनाउन उचित सम्झिएको छ । जस अनुसार उहिले  बिटिशहरुले पौडी खेल्न वनाएको पुरानो स्वीमीङ्ग पुल भत्काएर  १० करोड खर्च गरी एउटा भब्य  होटल बनी सक्न लागेको छ ।  अव त्यो होटल निर्माण पछी सम्भवत् प्रतिष्ठान आउने नेता, हाकिम, ठुला कर्मचारीहरुले फोकटमा खाएर  ढलीमली गरेर हिड्ने छन ।  किनकी सरकारी सम्पती भने पछि वाउकै सम्पती जस्तो सम्झने प्रवृति सवै तिर  व्याप्त  छ ।   यसबाट पनि प्रतिष्ठानलाई खर्च वडने नै देखिन्छ ।   बिडम्बनाको कुरा करौडौ  पर्ने आफ्नो गेष्ट हाउस र अन्तराष्ट्रिय गल्फकोर्ष  भने  कौडीको भाउमा निजि कम्पनीलाई लिजमा दिईएको छ ।

 

आम्दानी वढाउन नसकेता पनि खर्च घटाउनु सके कुनै पनि प्रतिष्ठान यो अवस्थामा पुग्ने थिएन ।  प्रतिष्ठानले गर्ने ठूला सामान खरिद , विक्रि,  भवन निर्माणहरुमा पनि ठेकदारहरुको सेटिङ उपकुलपतिले राम्ररी मिलाउने गरेको देखिन्छ । पार्दशिता र विवाद रहित बनाउन ई–टेण्डरको अवधारणा लागु गरे पनि  स्थानिय दादाहरुको धाकधम्की, कर्मचारी र स्थानिय केहि ठेकेदारहरु वीचको  सेटिडका कारण वाहिरका राम्रा ,ठुला ठेकेदार पार्टिहरु प्रतिष्ठानमा आउन छाडेका छन । हिजोआज प्रतिष्ठानको  ८० प्रतिशत काम  धरानका केही सिमित ठेकदारहरुको हातमा पर्न थालेको छ , जसको कारण पनि प्रतिष्ठानलाई करोडौको नोक्सान पुग्न थालेको छ ।

यसरी  प्रतिष्ठान भित्र आफनो स्वार्थ  अनुकुल खरिद बिक्री, नियुक्ती सरुवा, बढुवामा सेटिङ मिलाउन भिसीले एउटा बिशिष्टअधिकार प्रतिष्ठानको नियमावलीले नै प्रदान गरेको छ  । जुन अधिकार प्रतिष्ठानको नियमावली ६ को ६.४ मा उल्लेखित उपकुलपतीको काम, कर्तव्य, अधिकारको महलले दिएको छ । जसमा उल्लेख छ“उपकुलपतिले प्रतिष्ठानले गर्नुपर्ने कार्यहरु मध्ये यस नियमावली द्वारा अन्य कुनै निकाय वा पदासिनहरुलाई प्रदान नगरिएको अवशिष्ट अधिकारहरुको प्रयोग गर्ने छ । निजले त्यस्तो अवशिष्ट अधिकारको प्रयोग गरेको जानकारी लगतै पछि हुने परिषदको बैठकलाई दिई त्यसको अनुमोदन गराउनु पर्नेछ ।” प्रतिष्ठानको उपकुलपतिहरुले सो अवशिष्ट अधिकारहरुलाई कति राम्रो काममा प्रयोग गरे कति नराम्रा काममा प्रयोग गरे त्यो भने सिनेटका सदस्यहरुले मूल्याकङ्क गर्ने कुराहरु हुन् तर कक्टेलपार्टी सहित सम्पन्न हुने सिनेट बैठकले अहिले सम्म कुनै भिसी माथि खोट देखाउन सकेको छैन  । तर त्यतिका अधिकार हुदा हदै पनि प्रतिष्ठानलाई आफ्नो खुट्टामा उभ्याउन नसक्नुको जिम्मेवारी उपकुलपतीले  लिनु पर्छ कि पर्दैन ? यदि लिनु पर्छ भने कुन–कुन कारणले जिम्मेवारी पुरा गर्न नसकिएको हो यसबारे स्पष्टीकरण दिदै  नैतिकताको आधारमा आफ्नो पदभार सिनेट समक्ष त्याग गरेर प्रतिष्ठानलाई अरु अस्तव्यस्त वन्न वाट वचाउन उपकूलपतीले साहस देखाउन जरुरी छ ।

कर्मचारीको माग जाहेज छ तर ..........

बिहान ८ बजे देखी ५ बजे सम्म काममा खटिने प्रतिष्ठानका कर्मचारीहरु अन्य सरकारी कर्मचारीहरुले भन्दा २ धण्टा वढि काम गर्छन । काम पनि वढि गर्ने अनि वडेको तलव भता पनि नपाउनु उनीहरु प्रति ठुलो अन्याय हो ।  त्यसैले आफ्नो बढेको तलब भत्ताको माग राखेर आ

आन्दोलन गर्नु  शतप्रतिशत जायज छ । तर प्रतिष्ठानले किन बढेको तलब भक्ता दिन सकिरहेको छैन । २० वर्ष पुगी सक्दा पनि प्रतिष्ठानले आफ्नो खुट्टामा उभिन नसक्नुकको कारण के हो ? यो प्रश्न स्वयम् प्रतिष्ठानका कर्मचारीहरु बाहेक अरुलाई राम्ररी थाहा हुने कुरा आउदैन किनभने कर्मचारी भनेको प्रतिष्ठानको प्राण हो । तर प्राणले नै त्राण माग्न थालेपछी नागरिक समाज र राजनितिक दलहरुले कसरी समस्याको समाधान गर्न सक्ला ? प्रतिष्ठान धरासायीहुदैछ भन्ने  पहिलो सुचना  वा सकेत सोहि कार्यालयका कर्मचारीले पाउने कुरा हो । यस्तो अवस्थामा संस्था  बचाउने कर्मचारीहरुको पनि जिम्मेवारी होईनर ? कि प्रतिष्ठान उपकुलपतिको मात्र पेवा हो  ? यदि प्रतिष्ठान धराशाही बनाउन, तलब, भक्ता बढाउन नसक्नुमा भिसीलाई जिम्मेवारी ठहराईने हो भने १५ सय कर्मचारीहरुले भिसीको मात्र कार्यालयमा ताला लगाई अन्य सबै काम सुचारु गरे नागरिक समाजले पनि कर्मचारीहरुको  जायज आन्दोलनलाई सहानभूती र साथ सहयोग दिने थिए । प्रतिष्ठानलाई डेढ÷दुई करोड घाटा हुने थिएन । हजारौ बिरामीले दुख पाउने थिएन । बरु १÷२ जनाले आमरण वा रिले अनुशन बसेको भए बेस हुने थिएन र ? डा. गोबिन्द के.सी.ले बसेको आमरण अनुशनको अनुशरण किन गर्न सकिएन ?तर प्रतिष्ठानका त्यत्रा अनुभवी, बुद्धिजीवी कर्मचारीहरुले पनि राजनितिक दलहरु झै  सबै सेवा थप्प पारेर मेरो गोरुको वाहै टक्का भने हिसावले  ईमोशनल बार्गेनिङ गर्नु कतिको उचित कदम हो ?  प्रतिष्ठान पनि वन्द गर्ने अनि तलव भता पनि दे भन्नु चाहि हलो अड्काएर गोरु चुट्ने नीती जस्तो भएनर  ?

र अन्त्यमा

डाक्टरलाई भगवान् र अस्पताललाई मन्दिर मानिन्छ  । किन भने जहा रोगको पिडाले छटपटाउदै रुदै कराउदै अस्पताल  पुगिन्छ ।, अनि भगवान रुवी डाक्टर सामु दुखबाट मुक्त हुन प्राणको भिख मागिन्छ । अन्त्यमा भगवानले धेरैलाई बचाएर मुस्कान सहित नया जिवनको साथ घर फर्काउछन् । त्यस्तो जीवन र मरणको  खेल  हुने सवेदनशील स्थानलाई १÷२ जनाको कमीकमजोरी र लोभीपापी चित्तको कारण रणसंग्राम स्थल बनाउनु  अपराध होइनर ? एकताका मृत सहर बन्न पुगेको धरानमा विपी प्रतिष्ठान  स्थापना गराउन तत्कालीन सरकार सग धरानवासीले  पनि ठुलै खुसामत गर्न परेको थियो ।  यो पक्तिकार लगायत  धरानका केही युवा समूहले ईण्डिपेन्डेन युथ अर्गनाईजेसन नामक संघर्ष  समिति नै गठन गरी आन्दोलन गर्नुपरेको इतिहास साक्षी छ ।  यसै आन्दोलनलाई सफल पार्न  हामीले प्रकाशित गरेको वुलेटिन अहिले पुर्वको प्रसिद्द पत्रिका व्लाष्ट भएर निस्किरहेको छ । यस अर्थमा  प्रतिष्ठानको स्थापनाकाल देखि हाल सम्म यहँ हुने हरेक गतिविधिलाई सुष्म अध्ययन र सल्लाह सुझाव दिदै आएको आधारमा अहिलेको यो अस्त व्यस्त प्रतिष्ठानलाई बचाउन  यो पतिmकारले कसै प्रति आग्रह पूर्वाग्र नराखी यो लेख मार्फन यथार्य कुरा राख्न आफ्नो धर्म सम्झीएको छ ।

प्रतिष्ठान प्रशासन वडेको तलव भता दिन नसक्ने र कर्मचारी नलिइ नछाडने अडानका कारण अस्तव्यस्त वन्न पुगेको वर्तमान समस्या समाधान गर्न अव  सुनसरी क्षेत्र नं. १ का सभासद् मात्र सक्षम हुने यो पतिmकारको सुझाव रहेको छ ।  किन भने वर्तमान सरकारमा रहेका पार्टिहरु वाटै विजयी हासिल गरेका सभासदहरु अहिलेको अवस्थामा एक मात्र जनप्रतिनिधीहरु हुन भने  प्रतिष्ठानका पदेन सिनेट सदस्यहरु पनि हुन ।  यस्ता अवस्थामा विस्वासीलो अभिभावकत्वको भूमीका निभाउन सभासदहरु मात्र जिम्मेवार र उपयुतm  पात्र हुन । उनीहरुले प्रतिष्ठान  भित्रका समस्यालाई अल्पकालिन र दिर्धकालिन  समाधानको वाटो पहिल्याउनको लागी नेतृत्व गर्नु पर्छ । यसको लागी उनीहरुले स्थानिय नागरीकका  निष्कलक सदस्यहरु,अर्थ, प्रशासन विज्ञ र आफना पार्टिका जिम्मेवार  स्थानिय सदस्यहरुको सहयोग लिन सक्ने छन । र अहिलेको वन्द हडताल तोडाउन कर्मचारीलाई भरपर्दो आश्वासन र नेतृत्वलाई गतिलो चेतावनी दिन आवश्यक छ । र जनप्रतिनिधी ,सिनेट सदस्य, सतासिन पार्टिका नेताको हैसियतले समन्वयकारी भूमीका खेल्ने सभासदहरुले भनेको मान्नु प्रतिष्ठानका कर्मचारी पदाधिकारीहरुको कर्तव्य पनि हो ।  अन्यथा रोम जलिरहदा मुरली वजाई रहने सम्राट निरो कोे रुपमा प्राितष्ठानको पदेन सिनेट सदस्य समेत रहेका सभासदहरुको जिम्मेवार र नेतृत्व शतिmमा   पनि प्रश्न चिन्ह लाग्ने  निश्चित  छ ?

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News