HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home विचार / दृष्टिकोण रंग न ढंगको हिन्दू आन्दोलन

रंग न ढंगको हिन्दू आन्दोलन

E-mail Print PDF
AddThis Social Bookmark Button

सञ्जय बि.क.

असीप्रतिशतको हवाला दिने हिन्दूहरुको आन्दोलनको खासै तुक देखिएको छैन । हुँदा हुँदा पार्टीकरण उन्मुख देखिएका हिन्दू आन्दोलनकारी जसरी पार्टीहरु चिराचिरा परेका छन् त्यसै गरी आ–आफै आन्दोलनको लिडर देखिनको लागि छुट्टा छुट्टै समिति गठन गरेर ग्रुपिङ्ग गरेका छन् । यस्तो अवस्थामा हिन्दू आन्दोलनका समर्थक कुन लिडरलाई मान्ने दोधारमा छन् । 

एकसय तेत्तिस धार्मिक संघसंस्थाको समर्थन रहेको ध्वाँस दिँदै गठन भएको सनातन हिन्दूमोर्चाको कार्यक्रममा दुई चारसय सहभागी पुग्न धौ धौ पर्ने गरेको देखिएको छ । हुनलाई धार्मिक संघसंस्थाहरुको सम्मेलन भनेर कोटेश्वरमा गरिएको कार्यक्रममा एकसय तेत्तिस संघसंस्थाको सहभागी भनेपनि डेढसय सहभागीको उपस्थिति देखिँदैनथ्यो । राप्रपा नेपालका कमल थापाको आर्शिवाद पाउन माधव भट्टराईको डिजाइनेशनमा बनेको चक्रब्यूहमा धेरै धार्मिकसंघसंस्थाहरु परेका थिए । जब भट्टराईको नियत खुल्दै र प्रमाणित हुँदै गयो धेरै धार्मिक संघसंस्थाहरुका प्रतिनिधिले बनेको मोर्चामा आफू नरहेको बताएका छन् ।

ब्राम्हणीय सनातन धर्म महासभाका अध्यक्ष भरत पौडेल र विश्वहिन्दू महासंघ कलंकीका अध्यक्ष रामचन्द्र अधिकारीले मोर्चाबाट राजिनामा दिएर बुट्वलमा २५ मंसिरमा छुट्टै कार्यक्रम गरे भने उता माधव भट्टराईले चितवनमा २२ गते नै कार्यक्रम गरेका थिए । उसो त यही पौष ५ गते भट्टराईको मोर्चाले काठमाडौंमा र २५, २६ मा विश्वहिन्दू महासंघ र महासभाको बुट्वलमा सन्तसम्मेलन गर्ने योजना रहेको समाचार प्राप्त भएको छ । यसरी कित्ता कित्तामा उभिएकाहरुले सन्त सम्मेलन गर्न थालेपछि सन्तहरु कताकोमा जाने दोधारमा परेको बताउँछन् ।

उता बैशाखदेखि शान्तिबाटिका हडपेर रिले अनसन बसेको भन्दै आएका श्रीनिवासले पनि २५, २६ मंसिरमै भेला बोलाएका थिए जसमा शुरु शुरुमा आउने गरेका प्रतिनिधिहरु पनि नआएको गुनासो थियो सहभागीहरुको । पौष १ गते मंगलवार बिहान यो सञ्चारकर्मीले त्यहाँका एक जना सहभागीसँग कुरा गर्दा कुनै स्पष्ट आन्दोलनको खाका नबनेको तर्फ संकेत गरेका थिए ।

पहिला राज गुरु भइसकेका माधब भट्टराईले कमल थापाको झोला बोकेको देख्दा धेरै धार्मिक क्षेत्रका व्यक्तिहरु खिन्न छन् । आफ्नो नाम गोप्य राख्ने सर्तमा एक जना धार्मिक व्यक्तित्वले भने गुरु यतिसम्म तल गिर्नुहोला भन्ने लागेको थिएन, उहाँको मति बिग्रने ग्रह लागेको रैछ क्यार, सबैलाई समान दृष्टिले उपदेश गर्नपर्ने व्यक्तिले एउटा भुइँखुट्टे नेताको कार्यकर्ता बन्ने के रहर गरेको होला । सुनिन्छ भट्टराईको अध्यक्षतामा गठन भएको सनातन हिन्दू मोर्चालाई भट्टराईले राप्रपा नेपालको भातृसंस्थाको रुपमा अघि बढाउने सहमती गरेका छन् र कमल थापाबाट सो वापत केही आर्थिक सहयोग पनि पाइसकेका छन् । यो विषयमा भट्टराई पनि धर्मको नाममा खुलेरै राप्रपाको संगठन विस्तारमा जिल्ला धाउने गरेको विभिन्न जिल्लाबाट स्रोतले बताएको छ ।

उतातिर पितृमुक्ति महायज्ञ, धर्म जागरण अभियान जस्ता कार्यमा ठूलै आर्थिक हिनामिनाको अभियोग खेप्दै आएका ब्राम्हणीय सनातन धर्म महासभाका अध्यक्ष भरतराज पौडेलले काठमाडौं उपत्यकामा भन्दा बाहिरको कार्यक्रमलाई बढी जोड गर्ने गर्छन् र फेरि पनि बुट्वलमै सन्तसम्मेलन गर्ने तयारी गर्दै छन् । भनिन्छ धार्मिक कार्यक्रम गर्ने उनको खेति नै हो । बोल्न र कवितामार्फत मान्छेको मन जित्नसक्ने पौडेलको बठ्याईँ उपत्यका बासीले थाहा पाइसकेका छन् जसले गर्दा उनी काठमाडौं बाहिर केन्द्रित हुने गरेका छन् ।

भ्रष्टाचारको अदालति कारवाहीसमेत खेपिसकेका खुमबहादुर खड्काको पनि असी प्रतिशतभन्दा बढी जनता हिन्दू रहेको यो देशमा धर्मको नामबाट पुनः चर्चामा आउन र आफूलाई लागेको आरोपलाई दुधले पखाल्न चाहन्छन् । हाल उनी देश दौडाहमा रहेको बुझिन्छ । २७ मंसिरमा मात्रै उनले झापाको धर्मसभालाई सम्बोधन गरेका थिए । एउटा भ्रष्टाचारको आरोपि भएर मात्रै हो नत्र खुमबहादुरले जान्ने रहिछ आन्दोलन गर्न हिन्दू आन्दोलनमा लागि परेको बाँकेका सुवास पोखरेलले बताए ।

आफूलाई हिन्दू आन्दोलनको अभियन्ता ठान्ने केही व्यक्तिहरुको आन्तरिक योजना बाहिर आइ नसकेको भएपनि खुमबहादुर खड्का, कमल थापा, माधब भट्टराईलगायतको केही योजनाहरु चर्चामा आएको छ । योजना आएपनि कार्यमा कति शक्तिशाली छ भन्ने कुरा हेर्न बाँकी छ । उता हरिबोल भट्टराई पनि कहिले कोसँग त कहिले एक्लै डम्फू पिटिरहेका छन् । जहाँ जे जस्तो भएपनि यदि हिन्दू आन्दोलन हुने हो भने यसरी धेरै कित्तामा भएर हैन, हिन्दू आन्दोलनको नाममा फेरि जनतालाई धोका नहुने र आन्दोलन पार लाग्ने गरी होस भन्ने चाहन्छन् आम हिन्दूहरु ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News