HongKongNepali.com, The Next Media

Thursday
Aug 17th
Home विचार / दृष्टिकोण छोरीलाई आमाको चिठी

छोरीलाई आमाको चिठी

E-mail Print PDF
AddThis Social Bookmark Button

प्यारी छोरी शिरीष,

शनिबार अप्रिल २५, २०१५ को दिन थियो। राती अबेला सम्म काम गरेको हुनाले बिहान निक्कै अबेर सम्म सुतेछु। बिहान करिब ११ बजे तिर भाईबरको घन्टी बज्यो। तिम्री छ्यामा कबिताले लन्डनबाट आत्तिदै मलाई प्रस्न गरिन। छोरीलाई फोन गर्नु भोरु मेरो सातो गयो, डराउदै जवाफमा केहि दिन अगाडि गरेको थिए भने। त्यसपछि उनले नेपालमा भुकम्पले तहसनहस पारेको घट्न सुनाईन। फेसबुक भरि त्यसैको चर्चा रहेको पनि बताईन। मेरो होस हरायो। मनमा विभिन्न शंका उपसंका लिदै तिमीलाई फोन गरे। तिम्रो फोन नउठे पछि ईश्टमित्रहरुलाई गरे पछि थाहा लाग्यो तिमी सहित हाम्रा आफन्तहरु सकुशलै रहेछन। बिशेष गरेर काठमांडू ईलाका, काभ्रे, गोर्खा तथा धादिङ्गमा क्षेती भएको बुझे। हत्तपत्त फेसबुक खोले। दुर्घटनाको सत्यताहरु सम्मुन्ने आयो। सपना होकी बिपना छुट्ट्याउनै गाह्रो भो। होस सम्महाल्दै नेपाल तिर आफन्त र साथीभाईलाई फोन गरे समय अबेर भैसकेकोले सबैलाई शुरक्षितको प्रार्थना गर्दै खबर राखे। त्यसै सिलसिलामा तिमीले छाडेको खबर सुने। ममी म सहित आफन्तहरु सबै ठिक छौ। म प्रति कुनै चिन्ता नलिनु। पोखरामा केहि असर पारेको छैन। आँखाबाट आँसु बगेछ। चालै पाईनछ। दुखको हो की सुखको पत्तै भएनछ।

फोनको घन्टी बज्यो तिम्रो दाई रहेछ। बडो दुखि स्वरमा दुर्घटनाको कुराहरु मलाई सुनाउदै नेपालमा उद्धारको लागि जाने मनसाय व्यक्त गरे। मैले परिस्थिति बुझेर जादा बेश होला भन्ने सल्लाहा दिए। दिउसो भरि अमेरिकन साथीहरुको फोन उठाउँदा र एनडब्लुजीएन टिमका साथीहरुलाई चन्दा संकलनको लागि फोन गर्दा व्यस्त भए। बिहान उठ्दा भोक लागिरहेको थियो। खाजा खाने आतुरमा भान्साघरमा पुग्दा भाईबरको घन्टीले खिचेको ध्यान एक्कासी घडी हेर्दा त दिउसोको ४ बजी सकेको रहेछ। नेपालमा अर्को बिहान आएकोले फोन गर्न हतार थिए। फेसबुकबाट बारम्बार धक्का आईरहेको खबरहरुले हरेक मिनेट पनि लामो महसुस भैरहेको थियो।

छोरी, त्यस दिन देखि बिहान उठ्दा झसङ्ग हुन्छु। हिम्मत राखेर नेपालको समाचार सुन्छु, हेर्छु। थाहा छ अरुले के गर्यो भन्दा पनि आफुले के गरे भन्ने महत्वपूर्ण कुरा हो। देशको यो बिपत्तिमा एउटा नेपाली नागरिकको हैसियतले हाम्रो परिवारले गर्न सक्ने दायित्व गरेको छ जस्तो मलाई लाग्छ। तिमीलाई यो थाहा छ। तिम्रो बुवा र आमाले गरेको मदत त्यस्तै तिम्रो दाई युधिर र सोल्टी बिकासले पठाएको सहयोग दिन तिमी धादिङ्ग, गोर्खा पुगेर पिडितहरुलाई खाद्यान्न देखि ओंतको लागि गरेको सहयोगले तिमीले उनीहरुलाई केहि रुपमा भए पनि दुख साट्यौ। सुखमा नमात्तिनु, दुखमा नआत्तिनुू भन्ने पाठ तिमीले सिक्यौ। तिम्रो त्यो अनुभवहरु सुनेर मलाई गर्व लाग्यो।

त्यस्तै, गैर आवासीय नेपाली संघ तथा विभिन्न संघसंस्थाहरुले देश प्रति देखाएको कर्तब्य र माया प्रति म गर्व गर्छु। नेपालमा रहेका नेपालीहरुले पनि एक आर्कामा गरेको मदत, माया र मानवीयता देखि गर्व गर्छु। सारा संसारले नेपाल प्रति गरेको माया र सहयोग प्रति आभारी छु। छिमिकी देशहरुले पिडितहरुको लागि तातो तातो रोटि सहित थुप्रै खाधान्न हाम्रो विमानस्थल सम्म पठाई सक्दा पनि नेपाल सरकारको कमजोर व्यवस्थापनले गर्दा पिडितहरुले त्यो कहिल्यै पाएनन कुहाएर खाडलमा पुरे। भन्सारमा स्वयंसेवकहरु परिचालन गर्नु पर्नेमा पनि बिबादको कारण सबै सामग्री भन्सारमा नै अलपत्र परिरहेको अवस्था सुने।

संसारभरबाट नेपाली सहित बिदेशीहरु उद्धारको लागि नेपाल पुगे। संसार भरका नेपालीहरुलाई आफ्नो मातृभूमि प्रतिको माया एवं कर्तब्यको बोध गरादै यस विपत्तिले सबै नेपालीलाई एउटै दुखको मालाले उने। तर देश बनाउँछु भन्ने नेताहरु सानो कुरामा पनि झगडा अनि बादबिबादमा फसिरहेको दृश्य देखेर साँच्चै ूसतिको श्राप परेको देश नेपालू भनेको यहिँ त होईन जस्तो लाग्यो। यस दुर्घटनाले हजारौको ज्यान लग्यो। लाखौलाई घाईते तथा घरबार बिहिन बनाए। देशको ऎतिहासिक संरचनाहरु सबै लग्यो। बिपत्तिमा पार्यौ नेपाल र नेपालीलाई। त्यत्तिले मात्र नपुगेर २५ उद्धारकर्मीहरुको निधन तथा अमेरिकाबाट उद्धारको लागि गएको हेलिकप्टरको दुर्घटनामा परि ६ अमेरिकन सैनिक सहित २ नेपाली सैनिकको ज्यान गएको खबरले आलो घाँउमा नुन छर्केको महसुस भयो।

प्रकृति नै सत्य हो। हामी सबै उसैको देन हौ। प्रकृति बिना हाम्रो जीवन कल्पना समेत गर्न सक्दैन। तर के गर्नु छोरी, कहिले काही यहिँ प्रकृति दैबको खेल भएर आउदो रहेछ। कति निष्ठुरी हेर्दा हेर्दै सबै कुरा खतम पारेर जान्छ। सायद संसारका मानिसहरुलाई मानवियताको सम्झना गराउन बेला बेलामा यसरि आउँछिन क्यारे। त्यस महाभूकम्पले हामी बीच ठुलो समस्य छाडेर गएको छ। देश आँसुमा डुबेको छ। अब यस शोकलाई शक्तिमा बदलेर यस समस्यालाई देश नवनिर्माणको अवशर ठानेर सरकार सहित सारा नेपाली एकजुट भएर लाग्नुछ।

नयाँ सोचले नयाँ नेपालको निर्माण गर्नुछ। क्रुर जापानिजहरुलाई दोस्रो विश्वयुद्धले पाठ सिकाएर आज जापानिजहरुको नम्रताले संसारलाई पाठ सिकाएको छ। हामीलाई पनि यस दुर्घट्नाले पाठ सिकाएर गएको छ। परिवर्तन हाम्रो लागि टाढा छैन। तर, अहिले नेपाल आमा घाईते अवस्थामा छिन। उनीलाई उठाउँन संसारबाट सहयोग बर्सेका छन्। सहयोग लिन सरकारले बिचार पुर्याउन सकोस। कुनै पनि देश, संघसंस्था वा व्यक्तिले हामिलाई मदत गर्ने बहानामा हाम्रो कमजोरीको फाईदा लिएर कुनै किसिमको राजनीति, धार्मिक वा अनैतिक कारोबार गर्न नसकोस। आमाले धेरै गनथन गरिन भनेर दिक्क लाग्ला तर छोरी स्वादेशमा भन्दा बिदेशमा बस्दा देशको माया र पहिचानको महत्व बढी हुदोरहेछ। अन्तमास शुरक्षितसँग बस्नु र चनाखो अपनाउनु।

सधै तिम्रो भलो चाहाने

उहिँ तिम्री आमा

 

बिष्णु गुरुङ (एकता)

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News