HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home विचार / दृष्टिकोण हामीमा मानवताको अस्तित्व रहीरहेको सन्देश दिन चाहन्छौ

हामीमा मानवताको अस्तित्व रहीरहेको सन्देश दिन चाहन्छौ

E-mail Print PDF
AddThis Social Bookmark Button

रिस्ता गुरुङ

हङकङ

हामी आधिकारीक ब्याक्ती अथवा कुनै ठुलो सस्था होइनौ  तर यि नानीहरुको उपचार प्रकृयालाई नजिकबाट हेर्दै हङकङबाट अभियान चलाऊने एक अभियानन्ता भने हौ । हङकङलाई कर्म भूमि ठानेर बस्दै आए पनि हामीले आफ्नो जन्म भूमि नेपाल भित्रका नेपाली अनाथ,असाहाय, गरीब, दिनदुखी,बाल बालिका तथा ब्रिद्धाहरुका लागी आफुले सकेको सानो सानो सहयोग अहिले सम्म गरि नै रहेका छौ । कहिले घान्द्रुक सैलून परिवारकै तर्फ बाट त कहिले अन्य टीमको सहकार्य बाट यस्ता सहयोग गर्दै अाइरहेका छौ ।   

३ बर्सिय जिब्रोका बिरामी बसन्त सिन्जाली र बसन्त कै भाई मुटुका बिरामी साढ़े एक बार्सिय सामिर सिन्जालीको उपचारका लागी घर परिवार बाट खर्च जुटाउन नसके पछी आमाले बॉचे पाल्छु मरे फाल्छु भन्दै बसेको खबर दाङ बाट उदय जी यमले अर्णपूर्ण दैनिक पत्रिका मार्फ़त प्रकाशित गर्नु भएको थियो । त्यों खबर पाए लगतै हङकङ बाट आर्थिक सहयोग सङ्कलनको निम्ती हाम्रो एउटा समुह  बन्न पुग्यो। हङकङ बाट ५ जना र नेपाल बाट १ जना गरि जम्मा ६ जनाको समुह बनायौ र तुरुन्तै बालकहरुलाई दांङ देखि काठमाडौं बोलाएर काठमाडौंमा हाम्रै समुहका साथी जुनु पूनलाई सम्पूर्ण ब्यावस्थापनको निम्ती जिम्मा लगायौ ।

हाम्रो हङकङको समुह आर्थिक संकलनको निम्ती फेसबुक अभियान तर्फ लाग्यौ । हामीलाई उक्त अभियानमा धेरै जनाले साथदिनु भयो ।  नेपाली मात्र नभै फेसबुक कै भरमा हङकङका चाईनिज, पाकिस्तानी, फ़िलिपीन, इण्डोनेशियाहरु बाट पनि माया र धेरै सहयोग हात पार्न हामी सफल भयौ । उपचारका लगी शुरुवात गरेको आर्थिक संकलन फेसबुक अभियानले सोचेको भन्दा धेरै सहयोग उठेको कारण हामीले ९ दिन मै अभियान बन्द गर्यौ। अन्य देश बाट पनि धेरै आर्थिक सहयोग पाएको हुनाले हामीले हङकङबाट उठेको ११लाख ५० हजार ६ सय चौसट्ठीमा थप गरी नेपाली १५ लाख रुपैया स्वास्थ्य पछि शिक्षालाई  मध्ये नजर राख्दै एउटै आमाका ३ सन्तानको नाममा बैंकमा खाता खोली १५ बार्सिया मुद्दती खातामा जम्मा गरी सकेको छ साथै बालकको उपचार पनि भै रहेको छ।

यसै क्रममा बसन्त सिन्जाली सँगैको एउटै वाडमा रहेकी घरको ४ तला देखि खसेर आन्द्रा भुड़ी बहिर निस्केर घाइते भएका १८ महीने जेनिशा भण्डारी उपचारमा आर्थिक बिचल्ली भएर रोईरहेकी आमाको बिलौना हेरेर बस्नै सकेनौ । तेसैले फेरी हाम्रो टीमले ३ दिने आर्थिक संकलन फेसबुक अभियान सञ्चालन गरेर नेपाली १,०६,८८०(एक लाख ६ हजार आठसय असी) रुपैया नेपाल पठाई हाम्रै टिमका जुनु पूनले जेनिशा भण्डारीकी आमालाई हस्तन्तरण गरेकी थीईन् ।

खोकुछिन्ताङ छपौली– ५ घर भई हाल धरानमा घर बनाउने र बालुवा चाल्ने काम गर्दै आएकी ४० वर्षीया गजमाया राईको ५ वर्षीय छोरा अनिकेश श्रेष्ठ भारतको शिलाङमा जन्मिएको र ३ दिनपछि शल्यक्रिया गर्न खोज्दा पैसा नभएपछि पेट चिरेर मोटे आन्द्रा बाहिर निकालेको र त्यसबाटै दिसा बग्ने गरेको थियो । जन्मिने बेलै मलद्घार नभएको र अनिकेश ४ महिनाको हुँदा नै श्रीमानले छोडेकाले धरानमा आई गजमाया राईले ७ वर्षीया छोरी र ५ वर्षीय अनिकेशलाई मजदूरी गर्दै पालेको थियो । स्थानीय समाजसेवी करुणा राईले हङकङमा रहेका किरण सुच्च लुहुन राई समक्ष खबर गरेका थियो ।

फेरी त्यही  ६ जनाको टीम रिस्ता गुरुंड, उमा गुरुंड, इशोरी पुन, जुनु पुन, किरण राई र तिलक मगर नै खटिएर धरान देखि काठमाण्डु उपचारका लगी अनिकेशलाई  ल्यायौ । करीव ३ महिनाको अवधिमा ४ वटा शल्यक्रिया गरिएको र हस्पिटल तथा खानेबस्ने सम्पूर्ण खर्च साढे ७ लाख लागेको उपचारमा खटिएकी समाजसेवी जुनु पुन मगरले जानकारी दिनु भएको छ। शुरुको शल्यक्रियामा मलद्वार बनाएको दोस्रोमा पेटबाट निकालिएको दिसा बग्ने आन्द्रालाई मल्द्वारमा जिडेका थीए । तेश्रोमा महिलाको जस्तो लिंग थियो र त्यसलाई हताएर चौथो तथा अन्तिम शल्यक्रियामा बाङ्गो लिंगलाई सोझो बनाइएको थियो। जुनु पुनका अनुसार अनिकेश अब पूर्णरुपमा दिसापिसाव गर्ने भइसकेका छन् । अनिकेश लाई आषाढ़ ४ गते अस्पताल बाट जुनु पुनको घर लागेको छ । लामो समयको अस्पताल बसाई पछि जुनु पुन कै घरमा २ दिन बिश्राम गरे पछि धरान फर्किने भएका छन् ।

हामी धेरै खुशी छौं साथै हाम्रो टिमको तर्फबाट अनिकेशका लागि उनकी आमा गजमाया राईको खातामा १ लाख नेपाली रुपैयाँ थप रकम जम्मा गरिदिने निर्णय गरेका छौं ।किरण सुच्चा लुहुन राई र धरानकै करुणा राईले अनिकेशका लागि कहाँ कसरी राम्रोसँग पढाउन सकिन्छ भन्ने विषयमा पहल गरिरहनु भएको छ । अनिकेशले अब छिट्टै स्कूल पनि जान पाउने र जान सक्ने छन् ।  उपचारमात्र होइन अनिकेशले अब राम्रो बिधालयमा पढ्न पनि पाउने छ।

बारम्बार समाचारहरु प्रकासन गरीदिनु हुने अन्नपुर्णपोष्टका पत्रकार उदय जीएम र अन्नपुर्णपोष्टका संपूर्ण पत्रकार टिम लगायत हाम्रो अभियान द्वरा सञ्चालन भएका सबै बालबालिकाहरुको शल्यक्रिया गर्नु हुने ग्राण्डी हस्पिटलका डा.आरपी चौधरी र हाम्रो फेसबुक अभियान मार्फ़त सहयोग गर्नुहुने संपूर्ण सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News