
टिकेटको प्रतिवाद गर्दै तेर्सो स्तर परिक्षणको लागी तोकेको समयमा कोर्टमा पुगे। केहि महिना अगाडि सम्म भित्ताको पेपरमा आफ्नो नाम खोज्नु पर्ने थियो भने यस पालि भित्ताको ठुलो स्क्रिनमा छिटो र सजिलोसँग आफ्नो नाम पढे। केहि समयको पर्खाई पछि ढोका खोल्यों र सबै जना भित्र पसे र कोर्टको नियम तिर ध्यान दिए। एकैछिनमा सबैले उठेर जर्जको उपस्थितिलाई स्वागत गरे। प्रतिवाद गर्नु भनेको जे पायो त्यहि भनेर बाज्ने नभएर आफू दोषी नभएको प्रामाणित गर्न पाउने अधिकार हो त्यसको लागि अध्यायन गरे। जसले मलाई आफ्नो आत्मबल बढाउनुको साथै यदि मैले मेरो अधिकार खोज्न सकेको खण्डमा पुलिस अफिसरले पनि आफू सहि हो भन्ने प्रमाणित गर्न नसकेमा टिकेट खारिज हुने कुरा पनि बुझे। त्यस्तै अफिसरको अनुपस्थिति रहेको खण्डमा पनि टिकेट खारीज हुने कुरा त साधारण नै हो। जर्जले पालैपालो प्रतिबादि साथै उनीहरुको अफिसरहरुको हाजिरी लिदै गए। निक्कै प्रतिवादी अनि अफिसरहरुको अनुपस्थिति थियो। मेरो आशा मेरो अफिसरको पनि अनुपस्थितिमा थियो तर त्यो हुन सकेन। आफूलाई निर्दोष सावित गर्ने कुनै पनि आधार नभएकोले तुरुन्त मनभित्र एउटा जुक्ति सोचे जो मैले तैयारीको लागी अध्यायन गर्दा बुझेकी थिए। तिस दिन सम्म फेरी परिक्षणको लागी जर्जसँग अनुरोध गर्ने र वकिल लिएर अगाडी बढ्ने यस जुक्तिले मलाई धैर्यताको महसुस दिलायो।
जर्जले शुरुमा ट्राफिक क्लास लिन मिल्नेले लिन सक्ने त्यस्तै प्रतिवाद नगर्ने कोहि छ भने मौका लिनु भनेर घोषणा गरे। निक्कै जनाको मन परिबर्तन भएछ जर्जको अगाडी गए। त्यसपछि अफिसरले केस खारिज गर्न चाहेमा मौका लिनु मात्र भनेको के थियो मेरो सामुन्ने बसिरहेको मेरो अफिसर जुरुक्क उठेर जर्जको आगाडी गएर डिसमिस मात्र भनेको के थियो मेरो नाम बोलायो र केश खारिज भएको सानो कागजको लिस्टो मेरो हातमा थम्याईदियो। म अति खुशी भए छिटोछिटो ढोका खोले दगुर्दै अफिसरको पछि लागे र थ्याङ्क्यु अफिसर आई नेभर फर्गेट यु भनेर प्रसंसा गरे। ड्राईभ सेफ्ली भनेर अफिसर मुसुक्क मुस्कुरायो। यस घट्नाले तैयारीको क्रममा हेरेको भिडियोले भनेको कुरा सम्झना आयो। तिम्रो अफिसर र तिम्रो सामुन्ने बसेको जर्ज अरु कोहि होईन यहिँ समाजको एक हिस्सा मानव हुन् तिमि जस्तै त्यसैले तिमीलाई लागेको कुरा नडराई भन किनकी उनीहरु तिमीसँग हातेमालो गरेर काम गर्न चाहन्छन। यस्तो कुराले साँच्चै मन छुदो रहेछ।
बिष्णु गुरुङ (एकता)
क्यालिफोर्निया