HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home विचार / दृष्टिकोण देश बिगार्न मा हाम्रो सकृयता किन

देश बिगार्न मा हाम्रो सकृयता किन

E-mail Print PDF
AddThis Social Bookmark Button

अयोध्या प्रसाद श्रीवास्तव

माओवादी सँग रास रचाएर प्रमुख राजनीतिक दलहरुको क्रिया कलाप बाट देश जुन अवस्था मा पुगेको छ् त्यो सर्वविदित नै छ् । चाहे पहाडवासी होउन या तराइवासी लगभग नेत्रित्व पन्क्ती का सबै जना यस् रासलीला का पात्र छ्न र थोरै धेरै इच्छा ले ,अनिच्छा ले सबै दोशी हुन पुगेका छ्न ।सबै धमिलो पानी मा माछा मार्न लागि परेका छ्न । कसै को हात मा ठुलो कसै को हात मा सानो र कसै को हात रित्तै होला त्यो कुरा अर्कै हो । 

यो पानी धम्ल्याउने काम मा जानी नजानी बुद्धिजीवी र आम जनता पनि लागि परेका छन र कतिपय  प्रिन्ट र आन्लाइन पत्र पत्रीका हरु र सामाजिक सन्जाल हरु ले विश वमन गरी रहेका छ्न धोती, लगोटी  र टोपी  बिहारी र लठैत । अश्लील गाली गलौज ले पनि राम्रै बजार पाएको छ् । देश को स्वक्ष र निर्मल पानी यती विशाक्त कसरी हुन पुग्यो रु आश्चर्य लाग्छ । पुरै देश साम्प्रदायिकता को कालो बादल ले ढाके को छ् । यो  विश वमन ले, को कम्जोर हुँदैछ रु असर् कस लाई परि रहेछ रु जस्लाई गाली गरिन्छ त्यस लाई रु कदापी होइन । यो चोट राष्ट्र लाई परेको छ् राष्ट्र कम्जोर हुँदै गएको छ् ।

पत्रकार जगत राज्य को चौथो अङ हो । यसले सत्य तथ्य मा आधारित सूचना  प्रावाहित् गर्नु  र स्वस्थ आलोचना गर्नुअधिकार हो तर यो अधिकार कर्तव्य को आगन मा उम्रिने फूल  मात्र हो। अधिकार निर्पेक्ष कहिले हुँदैन यो मर्यादित र सीमित छ् , निर्पेक्ष छैन यो सशर्त  छ । पत्रकार को कलम मा समाज र राष्ट्र को हित तथा नैतीकता को बल हुनै पर्दछ । यस्लाई एउटा उदाहरण  मा हेरौ ।

सन १८५४ को क्रिमिया को युद्ध मा युद्धक सैनिक अस्पातल मा ब्रिटिश घाइते र बिरामी सैनिक हरु को दुर्दशा तथा  सैनिक हरुको हताशा र निराशा देखदै हिंडे का एउटा ख्यातिप्राप्त  ब्रिटिश समाचार पत्र का समवाद्दाता सँग अचानक एक जना पर्यटक राजा को भेट हुन पुगेछ । राजा ले तपाईं यती प्रतिश्ठिक पत्रकार ले यो कुब्यवस्था का बारेमा देश र जनता लाई किन जानकारी गराउनु हुन्न । तपाईं स्वयम को सामुन्ने यो अवस्था छ् र पनि तपाईं को पेपर किन चुप छ् रु भने छ्न । समवाद दाता ले भने ( म सब आँफै देखी रहेको छु त्यसैले त चुप छु । यहाँ फ्लोरेन्स नाइटेङल जस्ता स्वयम सेविका हरुको समूह ले सेवा दि रहेका छ्न, पि एम लोर्ड पामस्टन जस्ता ले रात दिन एक गरेका छ्न । मैले इन्को मेहनत र इमान्दारी लाई बेवास्ता गरेर केवल कुब्यवस्था लाई आधार बनाएर अब ब्रिटेन हार्दैछ् भनेर मैले लेखन मिल्छ रु पत्रकार ले राष्ट्र लाई चोट पर्ने खबर लाई आँफै ले पचाउनु पर्दछ । लोक्प्र्यता को लागि युद्ध हार्ने पुर्व घोषणा मैले गर्न सक्दैन ।

अब हाम्रो ति लेखक , जागरुक समाज र पार्टिका कतिपय अन्ध भक्त हरु लाई हेरौ, जस्ले बुद्धी लाई छोडेर भावना मा बगी रहेका छ्न । एक पटक नेपोलियन ले भने का थिए ( “दुनियाँ मा दुइटा शक्ती मात्र छन, एउटा तलवार , र अर्को कलम । तर तलवार अन्त मा कलम सँग हारे कै हुन्छ । ” यसले मिडिया र लेखक तथा जाग्रुक ब्यक्ती द्वारा सम्प्रेसित हुने विचार को महत्व दर्शाउछ । हामी ले आफ्ना विचार ब्यक्त गर्दा र  पेपर हरुले लेखदा आफ्नो हैसियत र मर्यादा को बारे मा सधैं जाग्रुक रहनु पर्दछ । हामरो मस्तिस्क बाट निस्रित हुने तिता मिठा शब्द हरु हामी सँग मात्र रहदैनन, हामी लाई सन्तुस्टी मात्र दिदैनन यि शब्द हरु जनमानस मा जान्छ्न र यस्को अन्तिम पारीणाम समाज र राज्य मा जान्छ । झुट्ठा ,आत्म परक, मनोगत र आक्रोश लाई तुश्ट पार्न लाई कलम छुनु हुँदैन । यस्ता कुरा हरु पीतपत्रकारिता मा पर्दछ्न र नैतीक र जाग्रुक समाज ले यस्लाई राम्रो मान्दैन । संसार को सब भन्दा ठुलो शक्ती ( कलम, इश्वर ले मानिस् लाई दिएको छ् , यो शक्ती लाई समाज को शान्ती, सुरक्षा, सुब्यवस्था, बिकास र सम्रिद्धी तिर डोर्याउन सकिएन भने हामी असुर , रावण हुन पुग्दछौ र प्र्क्रिती ले त्यो शक्ती उस् सँग फिर्ता लि हाल्छ ।यस्को अपवाद कोइ हुनै सक्दैन ।

राष्ट्रवाद बहुत राम्रो चिज हो, प्रतेक नाग्रिक देश्भक्त हुनै पर्दछ । तर उग्र राष्ट्रवाद नितान्त आत्मघाती कुरा हो । हिट्लर ले जर्मन हरु को रगत सब भन्दा पवित्र छ्, हामी कसै सँग हार्न सक्दैनौ । भन्ने गर्वोक्ती गरेको थियो जसले विश्वयुद्ध गरायो र उसको देश जर्मनी चार टुक्रा भयो । सद्दाम हुसेन लाई पनि यो अवसर मा सम्झनु राम्रो होला । नेपाल गरीब सुन्दरी हो । यस् कारण विदेशी शक्ती ले हामी माथि आँखा गाड्नु स्वाभाविकै छ् । सब ले आ आफनो राष्ट्रिय स्वार्थ हेर्नु स्वाभाविक छ् । हामी ले कसै लाई गाली गर्नु बेकार छ् । हामी ले आफ्नो अस्मिता को रक्षा र स्वावलम्बन  बढाउनु पर्दछ, आत्म्निर्भर्ता मा इमान्दारी का साथ जुट्नु नै हाम्रो निकास हो । अझ दाजु भाई मा झगडा छ् भने त अरुहरुले  कुनियत राख्ने नै भये ।देश को नेत्रित्व को यही बेला परिक्षा हुन्छ । छिमेकी र विदेशी शक्ती हरु लाई निम्ताउनु र् रिझाउनु को सट्टा झगड्याहरु मिल्नु सर्वोत्तम हुन्छ ।

नेपालको ठेकेदार न त  पहाडी मात्र हुन र न त  तराइ का ठेकेदार तराइवासी मात्र हुन । नेपाल राष्ट्र मा सबै को स्वामित्व छ् । यो राष्ट्र सबै को साझा फूलावारि हो यो कुरा मुख ले बोलेर मात्र हुँदैन, चिन्तन र चरित्र  बाट देखिनु पनि पर्दछ । प्राकृतिक सम्पदा का धनी हामी गरीब नाग्रिक हरु घर(झगडीया भएका छौ । जसले हाम्रो अस्मिता९सम्प्रभुता ० खतरा मा परेको छ् । हामीले धैर्य पूर्वक आफ्नो बुद्धी र विवेक लाई, आफ्नो कलम लाई रच्नात्मक दिशा मा उन्मुख गराउनु जरुरी छ् । सस्तो लोकप्रियता को लागि देश लाई विखन्डन मा जाने आधार निर्माण मा सहयोगि बन्नु हुँदैन । सिक्किम, काश्मीर, तिब्बत ताईवान सब हाम्रा नजिकी  उदाहरण हुन। कसै सँग कसै को स्थाइ शत्रुता र मित्रता हुँदैन र मित्र ले हाम्रा सुन्दर्ता मा आँखा गाड्दैनन् भन्ने ग्यारन्टी कसैले लिनु हुँदैन ।

हामी कसैले सस्तो लोकप्रियता लुट्न का लागि सामाजिक सद्भाव का विरुद्ध मा विश वमन गर्ने हो भने देश को लागि ठुलो दुर्भाग्य हुन्छ। हामी र हाम्रो देश बिरालो को बन्दर बाट मा पर्ने सम्भावना लाई बल मिल्छ । विश वमन लाई हामी ले आफ्नो उदगार र अधिकार ठान्दछौ भने प्राकृतिक नियम अनुसार प्रत्यावर्तन को प्रकृया द्वारा त्यो उदगार ले हाम्रो सर्वनाश गर्न बेर लाग्दइन । जस्लाई प्रत्यावर्तन को पारीणाम हेर्नु छ् त्यस्ले यस् लाई कतै अन्तै प्रयोग गरेर हेर हुन्छ । तसर्थ बुद्धिमत्तापूर्ण निकास खोजौ । शान्ती खल्बलिने र भोली का दिन मा साच्चै गृह युद्ध निम्तिने काम न गरौ । हाम्रा यि गतिविधी ले कसै लाई लाभ दिदैनन, समस्या समाधान गर्दैनन अपितु सम्प्रभुता मा धक्का पुगने र आगो मा घिउ थपिने काम हुन्छ र सेना र पुलिश ले बिद्रोह रोक्न सक्दैन रोक्न सफल भैइ नै हाल्यो भने देश को अकल्पनिय छति हुन्छ ।

याद के पनि राख्नु छ् भने माओवाद जस्तो समस्या९त्यस्को पछाडि विदेशी शक्ती थियो भन्ने हरुको कमी छैन ० त वार्ता बाट समाधान हुन सक्दछ भने तराइ समस्या त्यो भन्दा ठुलो नहुनु पर्दछ । गोली ले समस्या समाधान हुँदैन भन्ने कुरा को उदाहरण यही देश हो।  गोली बाट  समस्या समाधान को क्रम मा माओवादी जस्तो  हिन्सा हत्या मा सन्लग्न हरु का बिरुद्ध बल प्रयोग भएको भन्ने आरोप मा कुमार लामा लाई बेलायत ले जेल मा  हालेको उदाहरण हाम्रो सामुन्ने छ्  भने भोली अन्तरराष्ट्रिय जगत ले तराइ वासिहरु माथि चलाइने निर्द्वन्द गोली प्रवाह् लाई कसरी हेर्छ रु  अहिले नै कसले भन्न सक्दछ रु तर घटना को  प्रक्रिती बारे भरसक निर्पेक्षहरु सँग बुझ्दा र माओवादी सँग तुलना गर्दा  यो  गोली वर्शा लाई उचित भन्ने तर्क र आधार हरु खोज्न स्वतन्त्र मस्तिस्क लाई कठिन् नै होला ।

सारान्स्मा, नेत्रित्व वर्ग चाहे पहाडी होस् तराइवासी होस्, इन्का काम कुरा लाई सन्यमता का साथ अध्ययन  गरेर कुरा बुझनु पर्दछ। बिषय वस्तु लाई नियालेर हेर्नु पर्दछ र गलत देखिएमा मन मा टुश उमारेर गाली, गलौज, अफवाह् उत्तेजना, झुट्ठा र अनर्गल प्रचार्वाजी गरेर सामाजिक सद्भाव बिगारेर् राष्ट्रघाती कदम उठाउनु हुँदैन । कोइ कसैले असंगत रङ को चश्मा लगाएर देश बिगारनु हुँदैन ।जानेर होस् न जानेर होस्, उत्तेजना या आक्रोश मा होस् ,देश फुटाउने या  देश वासी दाजु भाई  फुट्ने  फुटाउने काम कुरा र गतिविधी गर्नु जघण्य अपराध हो । यी दुवै काम को पारीणाम एउटै हुन्छ । तसर्थ साम्प्रदायिक होइन देश को भविश्य प्रती सोचनु पर्दछ । पछी सोच्ने समय नमिल्न सक्दछ ।   देश सबै को हो । हाम्रो काम कुरा बाट देश लाई चोट पर्न दिनु हुँदैन । प्रकृतिले मानिस् लाई दिएको अनुपम् वर्दान् बुद्धिमत्ता हो । यो शक्ती हामी सँग हुँदा हुँदै हामी ले यस्को सदुपयोग न गर्ने हो भने यसले हामी लाई छोडि दिन्छ अहिले नै हामी शरीर बल हुने खाडी मा र धन र बुद्धिबल हुने अेंरिका र  युरोप मा ज्याला मजुरी गर्दैछौ, विदेशिहरु को सेवा मा छौ स्रम र जवानी बेच्दैछौ, यो हाम्रो नीयती बनी सकेको छ् भने अब पनि हामी बुद्धी को प्रयोग न गरेर जथाभावी काम कुरा गर्दै जान्छउ भने अझै हामी र हाम्रा सन्तान ले दुस्ख पाउने बाटो प्रसस्त हुन पुग्ने छ् ।  ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News