HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home विचार / दृष्टिकोण संस्कृत शिक्षा: उपेक्षा र हानि

संस्कृत शिक्षा: उपेक्षा र हानि

E-mail Print PDF
AddThis Social Bookmark Button

अयोध्या प्रसाद श्रीवास्तव

नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ९ खडी बोली० बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ९ हिन्दुत्व भने पनि हुन्छ ०को बीज मन्त्र र आचार विचार सहितको ज्ञान विज्ञान वेद पुराण आदि सबै थोक संस्कृत भाषा मै लिपिबद्ध रहेकोले नेपाली भाषा र संस्कृतिको परिचय, पहिचान,आचार र मर्यादाहरुको वास्तविक ज्ञान संस्कृतको अध्ययन अथवा अनुशीलन बिना सम्भव नै छैन । 

हामी आधुनिक ज्ञान विज्ञान र विकासको जति सुकै उच्च शिखरमा पुगेपनि आफनै बारेमा, आफनै धरातल र  म को हूँ, किन हूँ, कस्तो् हूँ, भन्ने कुरा थाह पाउनकोलागि कि त हामीले संस्कृत पढनु पर्दछ कि त संस्कृतका ज्ञाताहरुको सतसंगका साथै धार्मिक सांस्कृतिक अभ्यास र आचरणको अनुकरण गर्नु पर्ने हुन्छ । संस्कृत र संस्कृतिको परिचय र ज्ञान बिना हाम्रो जीवन अधूरो, अपूरो, एकांगी र सारहीन हुन्छ ।

नेपालमा अहिले कस्तो स्थिति देखा परीरहेको छ कि कुनै पनि स्कूल कलेज, सभा वा सोसायटीमा कसैले प्रसंगवश संस्कृत श्लोक या शव्दावलीको प्रयोग गरि हाल्यो भने केही मानिस त वक्ता प्रति उत्सुकताले हेर्छन् तर धेरै जसो श्रोताहरु झस्किन्छन् र वक्ता प्रति घृणा, द्धैष र तिरस्कृत दृष्टिले हेर्छन्, शोषक, सामन्ती, परम्परावादी, ब्राह्मणवादी ठान्दछन् । नेपाली समाजमा यस्तो सोंच र  दिशा धारा देखेर हामीले कस्तो आत्मघाती समाजको निर्माण गरीरहेका छौं रु सोचेर दुख लाग्दछ ।

आखिर यो नेपाली समाज, खास गरेर हिन्दु समाज आफनो मूल देखि नै किन विलग हुन पुगेको छ भन्ने प्रश्न उठ्दछ ्र नेपालमा राजनीतिक परिवर्तन र विकासको क्रममा के देखा पर्दछ भने हामीले परिवर्तनको नाममा आफना सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका समसामायिक त्रुटिहरुलाई त लत्याँछौं, साथै जोश र आक्रोशमा हाम्रा लाभदायक धरातलीय मूल्य, मान्यता र मर्यादाहरु समेतलाई तिलांजली दिने गरेका छौं । कोही कसैलाई गाली गर्नू, शराप्नु र उच्छृंखल व्यवहार गर्नू नेतृत्व र विकासको प्रथम आवश्यक शर्त हो भन्ने नेपाली राजनीतिको रीतिले गर्दा ढुंगालाई भए पनि गाली गर्नु पर्ने हाम्रो स्वभाव नै बसी सकेको छ ।

हामीले पश्चिमा नारीको दाँजोमा पुग्नलाई कुनै बेला नेपाली नारीलाई चुरा पोते र सिन्दूर फाल्न प्रोत्साहित गर्दछौं, छोटो लुगा लगाउन र अंग प्रदर्शन गर्न उचाल्छौं भने कुनै बेला कोई महिलालाई चुरा पोतेले सिंगार्न पठाउँछौं । कहिले पिता पुर्खाको मरणोत्तर  क्रिया कर्म नै गर्दैनौं र कहिले त तीन दिन अथवा पाँच दिनमा कर्म सकिने कुरा गर्दछौं्र  हिन्दूबाटै गाई काटन लगाउने र खाने तथा भैंसीको पूजा गर्ने काम पनि यहींका तथाकथित हिन्दू ब्राह्मण नेता द्धारा भएको छ  । श्राद्धले त अब अन्तिम स्वास ली रहेको छ । धार्मिक र सांस्कृतिक काम कुराहरुलाई हामीले ढोंग, पाखण्ड, रुढिवादिता र विकास विरोधी काम ठान्दछौं । गन्धर्व विवाहलाई बढी प्रचलनमा ल्याउन खोजी रहेका छौं । हामी मध्येको जो कोहीले जुनसुकै रीति थीति र मर्यादाको शास्त्रीय या गैरशास्त्रीय जुनसुकै तरीकाले पालन गरे पनि  हुने, नगरेपनि हुने भएकोले पूर्णा उन्मुक्त र स्वच्छन्द नेपाली समाज विशेषतया हिन्दू समाजले कोई कसैको कुरा सुन्ने वा मान्ने पक्षमा नभएको र हामी सामाजिक भएरपनि कुनै निश्चित सामाजिक नियम , मापदण्ड र मर्यादा भित्र बस्न मन पराउँदैनौं र यसलाई बन्धन ठान्दछौं । स्वतन्त्रताको अनुभूति स्वेक्षा र स्वनिर्मित मर्यादालाई ठान्दछौं । अब त कोही  कुनै निश्चित मापदण्ड र मर्यादामा छैन भन्ने स्थितिमा पुगी रहेकाले हामी उच्छृंखल त भैरहेका छैनौं, हामी मानवता छोडेर कहीं पशुता तिर उन्मुख त भैरहेका छैनौं रु शंका लाग्न थालेको छ । यस्तो किन त रु भन्ने हकमा निम्न दुइ वटा कारण देखन सकिन्छ ।

१, राजनीतिक नेता र बुद्धिजीवीहरु ले विकासको परिभाषा र मापदण्ड पश्चिमी जगतमा खोजेका छन् नेपाली माटोको अवहेलना भएको छ । यो माटोले खोजेको आचरणको पहिचान गर्न सकेका छैनौ र पश्चिमी सभ्यतामा रहेका सजिला व्यवहारहरुलाई नेपाली समाज र संस्कृतिमा प्रवेश गराएकाले यद्धपि नेपाली पहिचान विलीन हुँदै गएको छ तर उनीहरुले यसलाई विकास ठानेका छन् ।

२, पश्चिमी जगतको भौतिकवादी चिन्तन र विश्वस्तर मै अव्यवहारिक ठहर भैरहेको कम्युनिज्मको हावाले राजनीतिक वृत्तका अगुवाहरुलाई बढी आकर्षित गरेकोले इनले जनतालाई भड्काई आफनो भूमिबाट खुट्टा उचाली शून्य आकाशमा उभिएर कम्युनिज्मका साथै क्रिश्चियनिटीलाई समेत भित्र्याएका छन् । यी दुवै कुरालाई जनतामाथि लाद्न सह्य र सहज बनाएर नेपाललाई श्रमिक राज्य बनाउनकालागी निरंकुश शासन सजिलो तरीकाले संचालक गर्ने उद्देश्यले जनतालाई ज्ञान विज्ञान देखि टाढा राखन ज्ञान विज्ञानको प्रमुख श्रोत संस्कृत भाषा, मानव धर्म ९हिन्दू धर्म०का शाश्वत सिद्धान्त दया, क्षमा प्रेम, सहिष्णुता आदि र धार्मिक अभ्यास माथि तीब्र प्रहार गरेका छन । माओवादीले त हिन्दू धर्मका९ अन्य कुनै धर्मलाई छोएको छैन ० पुस्तक र मठ मन्दिर जलाउने, क्रियापुत्री र वेदपाठी तथा श्रीमद्भागवतको माध्यम द्धारा धर्मलाई बल पुरयाउने पंडित नारायण पोखरेल जस्तालाई काट्न्, भजन कीर्तन पूजा आजा जस्ता आत्मिक उन्नतिको काम गर्न नदिने र हिंसा र दमनको माध्यम द्धारा हिन्दू हरु मा भय त्रास र आतंक फैलाएर, राज्य लाई धर्म निरपेक्ष गराएर क्रिश्चियनिटीलाई व्यापक बल र आधार तयार गरि दिएको छ । अब यही धार्मिक हतियारका माध्यमबाट विदेशी षडयन्त्रकारीहरु ले नेपालको सार्वभौम सत्तामाथि बक्र दृष्टि राख्दै  यसै धर्मतन्त्रको अजेय अस्त्रबाट आफना कठपुतली नेताहरु द्धारा जनताको बीचको पारस्परिक सुमधुर सम्बन्धलाई खलबल्याएर अन्तमा विदेशी शक्तिलाई सबै जनाको झगडा मिलाउने “महतौ,बडघर अथवा चौधरी” बन्ने बाटो प्रशस्त गरेर देशको सम्प्रभुतामा नै आँच आउन सकने आधार श्रृजना गरेकाले यी नेताहरु, पद, पैसा र सत्ताका लोभी हुन् अथवा विदेशी षडयन्त्रका शिकार निरीह प्राणी मात्र हुन् यो कुरा भविष्यले नै बताउला । तर जे होस्, उच्च महत्वाकांक्षा र राजनीतिक उद्धेश्यले गर्दा संस्कृत विद्या माथी घोर प्रहार गरेर नेपाली भाषा र संस्कृतिको घाँटी रेटने काम भएको छ ।

नेपालीका लागि संस्कृतको महत्व

१, पहिलो कुरा त संस्कृत भाषा नेपाली भाषाको जननी हो । संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन । नेपालीको आत्मा संस्कृत मै बसेको छ  हाम्रो संस्कृतिमा यदि समसामयिक कुनै  विकृति र विसंगति देखा पर्दछ भने त्यसलाई सजिलै निर्मूल पार्ने प्रभावकारी आधार पनि  संस्कृत नै हो ।

२, चार वेद,उन्नईस पुराण, मनु,याज्ञवल्क्य, पाराशर, अत्रि आदि  स्मृतिहरु, षटदर्शन आदि शास्त्रहरु ज्ञान विज्ञानका अभूतपूर्व ग्रन्थहरु  हुन् । अँग्रेजहरु ले यो कुरा राम्ररी बुझेर म्याक्समूलरले भारतबाट थुप्रै ग्रन्थहरुलाई लण्दन पुर्याएका थिये र अँग्रेजहरुले इनको अध्ययन र अनुसन्धानमा आफनो जीवन लगाएका छन् र विकासको सोपान चढदै मंगल ग्रह सम्मको यात्रामा लागी परेका छन् ।

३, अमेरिका को विश्वविख्यात वैज्ञानिक संस्था नासाले संस्कृत लाई विश्व कै उत्कृष्ट र बहुउपयोगी भाषा ठहर गरेको छ र भविष्यमा यसै भाषामा कम्प्यूटर र बिना चालकको कार र वायुयानको विकास हुने निश्चित छ ।

४, संसारका २५० वटा विश्वविद्यालयमा संस्कृतको पठन पाठन भैरहेको छ । जर्मनी, अमेरिका र लंदनका केही स्कूलहरmमा संस्कृत विषय अनिवार्य छ ।

५,  नेपालमा संस्कृत बाहुनहरु को भाषा हो यसै भाषाको आधारमा बाहुनहरु ले समाजमा शोषण गरेका छन् र आफूहरु  उच्च बनेका छन् भन्ने आरोप छ । यदि यो आक्षेप सही हो भने त कथित दलित, जनजाति  आदि पिछडा वर्गलाई माथि उठाउनको लाथि संस्कृत किन पढाईदैन । संस्कृतमा तिनको पहुँच पुर्याएर  तिनलाई पनि उच्च,सवर्ण र ज्ञानी बन्ने अवसर किन दिइदैन रु तिनकोलागि त यो विद्या झन बढी र नितान्त आवश्यक नै भएकोले तिनको यो विद्या पढन पाउने अधिकार किन खोसेको हो रु कसले उत्तर देला रु

६, गौतम बुद्ध र रामानुजाचार्यले र हिन्दू सम्प्रदायका जुन सुकै प्रवर्तकले संस्कृत भाषा को अतुलनीय भण्डारबाट उच्च ज्ञान प्राप्त गरे ।  त्यस ज्ञानबाट, गरीब, दुखी, अज्ञानी, दलित र तत्कालीन भाषामा चाण्डाल भनिएकाहरु सबैलाई अंकमाल गरे, समाजको प्रत्येक वर्गले वहाँहरुको माया पायो । वहाँहरुले आफनो ज्ञानलाई लोक भाषामा वितरित गरेकाले समाजले ज्ञानको अमूल्य निधि पायो, जान्यो बुझ्यो र ज्ञानी भयो ।

समाजमा फैलिएको हिंसा र युद्ध रोकियो र सुख शान्ति छायो । तर वहाँहरु को अवसान पछि वहाँहरु द्धारा प्रतिपादित धर्म र सम्प्रदायमा र सामाजिक व्यवहारमा जुन नयाँ नयाँ प्रश्नहरु उव्जे तिनको उत्तर दिन वहाँहरुका शिष्यहरुसंग संस्कृतको ज्ञान नभएकोले तिनले आफनो बुद्धिले जे देखे त्यही भने । यसले गर्दा ती धर्म र सम्प्रदायहरुको विकास,सुदृढीकरण र प्रवद्र्धनमा ठूलो बाधा आयो । धर्म सम्प्रदायहरुमा विभाजित भये । यी धर्म प्रवर्तकहरुका अनुयायीहरुले संस्कृत भाषामा रहेका वेद पुराण आदिको अध्ययन गरेको भए समाजलाई वेद पुराणकै आख्यानहरुबाट कुरा बुझाउन सजिलो हुने थियो । आजका दिनमा पनि यदि कुनै धर्म सम्प्रदायले आफूलाई हिन्दू मान्यता संग आबद्ध राखेको छ तर संस्कृतमा लेखबद्धभएका धर्मग्रन्थहरु देखि अलग बस्ने नीति लिएको छ भने त्यस्को दिगो विकासमा विश्वास गर्ने ठाउं देखिदैन । हिन्दुत्वमा आधारित धर्म देखि संस्कृत लाई अलग राखनु भनेको “गुड खानु तर गुलियो नखानु”, “स्वर्ग जाने रहर छ तर कात्रो देखि डर लाग्छ ” भन्ने उखानहरु चरितार्थ गर्नू हो ।

७, संस्कृत भाषाका आधारमा अगाडी बढीरहेको विज्ञानले बनाएको मेशीन, औजार, उपकरण आदि भोलीका दिनमा नेपालीले कसरी प्रयोगमा ल्याउला रु अँग्रेज गुरुका पाउमा बसेर संस्कृत शिक्षा लिने हाम्रा अभागी सन्तानले हामीलाई र आजको बौद्धिक र राजनीतिक नेतृत्व प्रति कस्तो भाव राखने होलान् रु घर घरमा तुलसी रोपनु पर्दछ र तुलसीर बेलपत्रको काढा खानु पर्दछ,यज्ञ यज्ञादि र श्राद्ध तर्पण गर्नु पर्दछ ,यो लाभदायक कुरा हो भनेर अँग्रेजले भन्न थाले पछि वाल्ल परेर हेर्ने हाम्रा संततिको अनुहार र तिनका आँगनमा अँग्रेज पुरोहितले संस्कृतको श्लोक बोल्दाको दृश्य कल्पना गर्दा पीडा को अनुभूति हुन्छ रुहुँदैन ,  मननीय छ ।

चितवन भरतपुर को इ पेपरमा संस्कृत भाषा देखि हामी टाढिदै छौ । ।।  भन्ने लेखका निम्न कुराहर मननयोग्य छन् ।

१,संस्कृत अँगे्रजीको साथ साथै युरोपियन तथा सबै प्रमुख भाषाहरुको जननी हो । यो हिमवत् खण्डको अधिकारिक भाषा हो । दक्षिण एशियामा मुगलहरmको साम्राज्य स्थापना हुनु भन्दा अघि सम्म संस्कृत समस्त आर्याव्रत कै राजभाषा थियो ।

२, यस भाषाका विद्धानहरुले संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरु मध्ये सबै भन्दा बढी शव्दहरु छन् भन्छन् । संस्कृत भाषाको शव्दकोषमा १०२ अरब ७५ करोड ५० लाख शव्दहरु छन् । एउटै चीजका सयकडौं पर्यायवाची शव्दहरु हात्तीका मात्रै एक सय जति शव्दहरु छन् ।

३, अन्य भाषाको तुलनामा संस्कृतमा सब भन्दा कम शव्दमा वाक्य पूरा हुन्छ ।

४, संस्कृत बोल्दा जिब्रोका सबै मांसपेशीहरु को उपयोग हुन्छ र शरीरको तन्त्रिकातन्त्र सक्रिय हुन गै मधुमेह, व्लडपे्रशर र कोलस्ट्र्ल नियंत्रणमा रहन्छ ।

५ नासाले संस्कृतलाई संसारको सब भन्दा स्पष्ट भाषा भनेको छ र उसले ६० हजार भंदा बढी संकलन गरेका ताडपत्रका पान्डुलिपिहरु मा अनुसन्धान गरिरहेको छ ।

६, स्पीच थेरेपीमा संस्कृत सहयोगी शिद्ध हुन्छ र एकाग्रता बढाउँछ ।

७, नासाका वैज्ञानिकका अनुसार अंतरिक्ष यात्री लाई अरु जुनसुकै भाषामा समाचार पठाउँदा वाक्य उल्टिन्छन् र अर्थको अनर्थ लाग्न सक्छ तर संस्कृतको वाक्य उल्टे पनि अर्थ बदलिदैन ।

८,जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइन्छ र लंदन र आयरलैण्डका केही विद्यालयहरुमा संस्कृत विषय अनिवार्य छ ।

संस्कृतका सन्तान देशका कर्णधारहरुको जागरुकताको लागि यो भन्दा बढी लेख्नु पर्दैन होला । यति ले कुरा बुझाउन सकिदैन भने त “मूरख हृदय न चेत चाहे गुरु मिलइ विरंचि सम ” को स्थिति छ भन्न बाध्य हुने अवस्था हुन्छ ।

 

लेखक अयोध्या प्रसाद श्रीवास्तव  नेपाल सरकार गृह मन्त्रालय का अवकाश प्राप्त अधिकृत, त्रिभुवन विश्वविद्यालय सम्बद्ध बबई बहुमुखी कयाम्पसका संस्थापक तथा राजनीति शास्त्र का उपप्राध्यापक र उमा वेन्चर कम्पनीका कानुनी सल्लाहकार तथा चर्चित लेखक र विचारक हुन् ।   वहाँले शीलवती, कर्म फलको सुनिश्चित सिद्धान्त, कर्मकाण्ड भास्कर, मेरो अख्तियारी र उत्तराधिकार, भगवान कहाँ छन् र कस्ता छन् नामक पुस्तक हरु लेखनु भएको छ ।   लेखक लाई www.ayodhyashrivastav.com मा सम्पर्क गर्न सकिन्छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News