Home विचार / दृष्टिकोण नेटवर्क विजनेशसम्बन्धी केहि धारणा र किन्दर राईजीलाइ सुझाव

नेटवर्क विजनेशसम्बन्धी केहि धारणा र किन्दर राईजीलाइ सुझाव

E-mail Print PDF
हरि मानन्धर
 
लेखकले लेख्न पाउने अधिकार छ लेख्दै गर्नुस्। साँचो झुटो भन्ने छुट्याउने काम गरिरहेकाले छुट्याउने हो। नेटवर्क भन्नाले सबै नराम्रो नै हुन्छ भन्ने होइन कुनै समाजिक कार्यका लागि अगाडि बढेका, सेवा सुविधाहरू दिएका छन् भने। सबैले कमाउनै भनेर यो विजनेशमा लाग्ने पनि होइन। कुनै बस्तु किनेर उपभोग गर्ने हुन्छन् भने कुनै यसैलाइ प्रोफेसनल बनाएर हिड्ने होलान्। त्यसैले उहाँका सबै कुरा सत्य हुन्छ भन्ने पनि होइन। लेख्दा सकेसम्म सत्य कुरा नै लेख्नुपर्छ र कसैले यस्तो विजिनेशमा केहि नभनेर खाली रातारात कमाइ हुन्छ भनेर भन्छ भने त्यो गलत हो। लेखकको कुरामा केहि विमत्ति जनाउँछु मैले त्यो के भने उहाँलाइ मन परेन भन्दैमा अरूलाइ पनि यो नराम्रो नै हो भन्ने चाहि हुँदैन। 

कसैले कम्पनीले बेच्ने सामान किनेर प्रयोग गर्न त पायो नि होइन र? विजिनेश नै गर त कम्पनीले भनेको हुँदैन होला। कम्पनी ले स्वास्थ्यका सुधारका लागि यो समानहरू प्रयोग गर्नुहोस भनेको हुन्छ न कि यो समान किनेर रातारात धनी भइन्छ। या गरिस भने राम्रो कमाइ आउँछ भनेको होला। आफ्नो कम्पनीको विज्ञापन गर्न त पायो नि होइन र ? फेरि यहाँले एक पटक सामान किनेर सधैलाइ त हुदैन फेरि यस्ता सामानहरू राम्रो लाग्यो भने त किन्नुहुन्छ नि होइन र? त्यसैले यहाँको नेटवर्कले विश्वबजारको मापन गर्ने हिसाव मनगढन्ते भन्छु म। 

५ प्रतिशत मान्छे यो पेशामा लाग्दैनन् ७ विलियन जनसँख्या को जोड घटाउमा टाउको नदुखाउँ र यस्ता कुरामा ध्यान दिनु पर्ने हुन्छ जो मानिसको साधारण चहानामा भर पर्छ। समान किनेर प्रयोग गर्नु नै महापाप हो वा सस्तो समानलाइ महँगोमा बेचेर महापाप गरेको हो भन्नुहुन्छ भने सँसारमा डायमण्डले कस्लाइ के फाइदा गरेको छ र यति धेरै महँगोमा किनबेच हुन्छ। यस्का व्यापारीहरू पनि त महापापी नै होलान नि यहाँका दृष्टिमा होइन त ? 

हामी नेपालीहरू जे आफुलाइ मन पर्दैन, अरूलाइ पनि मन पर्दैन र अनावश्यक जान्ने भएर पनि गलत सोचाइ मा विकसित हुँदैछेो। जस्तो युनिटीलाइफको कुरा गर्नुपर्दा राहत सुविधा वा स्वास्थ्य विमा गराउने हो र त्यसबापत अरूलाइ प्रत्यक्ष विज्ञापन गर्ने गरे, त्यस वापतको कमिसन लिने हो र यो एउटा सिस्टममा राखिएको छ जस्लाइ बाइनरी सिस्टम भनिन्छ। न कि विज्ञापन नै नगरी कमाइ आउँछ भन्ने होइन। अब यसैलाइ नेटवर्क भन्न नमिल्ने भन्ने पनि होइन। यसबाट जीवनमा कुनै घटना घटे बापत राहत लिने हो जो नेपालमा अहिलेसम्म धेरै मृतक परिवारले राहत पाइसक्नुभएको छ। अरू कुनै पनि इन्सुरेन्स कम्पनीले पनि त मान्छेहरूलाइ आफ्नो कम्पनीमा इन्सुरेन्स गरे, गराए वापत कमिसन त दिएकै हुन्छ नि होइन र ? 

अब अर्को कुरा सुविधाका लागि युनिटिले १९ वटा हस्पिटल बनाएर सञ्चालन गरेको छ। अब खाडीको तेल होइन झाडीको तेल भनेर गाउँ गाउँबाट सजिवन खेती गराएको छ। के यो पनि नराम्रै भन्ने त ? जुन केहि नेटवर्किङ कम्पनी जस्तो गोल्डक्वेस्टले नराम्रा काम गरेर नेपालीहरूलाइ ठगियो। यसको मतलव सबै यस्तै हुन्छ भनेर अनुमान लगाउनु पनि लेखकको कपोकल्पित भ्रम हुन सक्छ। 

त्यसैले पहिले बुझेर लेख्दा राम्रो किनकी लेखकको छवि एक पटक गुम्यो भने सदाका लागि गुम्ने हुन सक्छ। मैले म आफु पनि लेखक भएकाले लेखेको छु न कि युनिटियन वा नेटवर्किङ बिजनेश म्यान। यस्लाइ धम्की नसम्झिदिनु हुन विनम्र अनुरोघ गर्दछु। यो सुझाव हो र यस्ता जो कसैले लेखेर पठाउनुहुन्छ भने यस्लाइ सुझावकै रूपमा मनन् गरिदिनु हुन लेखकद्वयलाइ पुनः अनुरोध गर्दछु। कुनै पनि लेख प्रकाशन गर्दा सबैको हक हित मा आवाज उठाउने र कसैको मानविय मुल्य र मान्यतामा हानी नहुने गरि लेख्नु हाम्रो कर्तव्य हो। भोलिका दिनमा कुनै यस्ता कम्पनीहरूले गलत गरेछन् भने म पनि तपाइकै साथमा हुनेछु। आखिरी सत्यको पक्षमा को नै लाग्दैन र ? 

यहाँलाइ स्पष्ट पार्न म एउटा अति राम्रो अमेरिकाको Agel भन्ने कम्पनी को उदाहरूण दिन चाहन्छु। विगत १५ बर्षदेखि ग्राहकहरूको सेवामा हाजिर छ यो Agel। अहिले इजरायलमा यति राम्रो मानिन्छ कि यस्को उत्पादन हरेक इजरायली मात्रै नभएर अरू देशबाट काम गर्न आउनेहरूले समेत प्रयोग गरेका छन्। यसमा पनि नेटवर्किङ सिस्टम नै छ। एकपटक यहाँले यसको बारेमा बुझ्नु भयो भने नेटवर्क भनेर मात्रै पनि नहुने रहेछ यो त विजिनेश फैलाउने एउटा आधुनिक तरिका पनि हो भन्ने थाहा पाउनुहुनेछ। 

अन्तमा म लेखकद्वयलाइ थोरै नेपाली सोचाइबाट माथि उठेर एक्काइसेों शताब्दीको र सकिन्छ भने आफै केहि नयाँ आविस्कार गरेर देखाउने हो कि भन्छु। कही कतै नेपालमा फेलिएका नेटवर्कका नाममा गरिने विजेनेशहरू यस्ता नहोलान भनेर पनि भन्दिन म। तर धेरै अन्तराष्ट्रिय लेभलसम्म पुगेका र नेपाल र नेपालीकै हितमा खोलिएका केहि कम्पनीहरू आफ्नो विजनेश फैलाउन र देशका विकासका लागि जनताहरूबाटै लगानी सँकलनका लागि खटिएका छन् भने खुलेर समर्थन दिनु पर्छ। धन्यवाद।


With regards

Hari Manandhar "Bibash"
Israel
Secretary
INLS, Israel Chapter
Editor
MERO NEPAL Magazine (Biomonthly)
e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Mobile: +972-543185980
Fax: +972-86800500
 
Comments (1)
i like ur views
1 Wednesday, 28 July 2010 17:40
kapil aryal
TAPAI LAY LEKHNU BHAYAKO LEKH MALAI 1KDAM RAMRO LAGYO .1K JANA LEKHAK K LEKHNU BHA KO THIYO YO PAAP HO BHANERA MA PANI UHA LAI PRASNA GARCHU TAPAI DHARMA GARNE MANCHE LAY K NAI GARNU BHO TA ARU KO LAGI??? TAPAI KO LEKH LAY TAPAI KO PET PALINCHA JANTA KO PET PALIDAINA TESAILE MALAI LAGCHA TAPAI 17 CENTURY KO KURA GARDAI HUNUCHA SO PLZ 1K CHOTI AFU LAI 21ST CENTURY LYARA HERNUS ANI K RAHECHA NETWORK BUSINESS BUJIHALNUCHA NI???????

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News !!!

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)