
देश सुब्बा भयवादी साहित्यकार हुन्। केही वर्षेदेखि उनले भयवाद दर्शनको विकास गरिरहेका छन्। भयवादको पहिलो प्रयोग "आदिवासी" उपन्यासमा गरेका थिए। हाल नाटक र कवितामा प्रयोग भइरहेको छ। भरखरै प्रवीण पुमाले "हेत्छाकुप्पा" नाटकमा भयवाद प्रयोग गरेका छन्। यसको राष्ट्रिय सम्मलेन अगस्ट २ तारिख २००८ मा धरानमा भइसकेको छ। उनै देश सुब्बासित सागर नेपालले लिएको अन्तरवार्ता हो यो।