HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home अन्तर्वार्ता

Interview

सबभन्दा पाको उमेरमा सगरमाथा चढ्ने किर्तिमान राख्न सफल मिन बहादुर शेरचनसँगको कुराकानी

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Read more...
 

पुन समाज नेपालका महासचिव खिमन सेर्पुजासँग अन्तर्वार्ता

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Read more...

"मगर जातिभित्र भएको विविधतालाई सबैले बुझ्नुपर्छ विविधता समस्या भन्दा पनि सम्पत्ति हो भन्ने कुरालाई ख्याल गर्नुपर्छ" - हर्क आलेमगर

नेपालको एक प्रमुख आदिवासी जनजाति समुदायको रुपमा रहेको मगर जातिको मातृभाषा धर्म कला र संस्कृतिको संरक्षण एवं संवद्र्धनको नाराका साथ हातेमालो अभियान नेपाल र नेपाल मगर लेखक सङ्घ गण्डकी अन्चल समितिको संयुक्त आयोजनामा यही पौष ३ गते पोखरा सभागृहमा प्रथम मगर चलचित्र अवार्ड एवं श्रष्टा सम्मान समारोह २०६७ हुने भएको छ। कार्यक्रममा देशभरिका मगरहरुको सहभागीता सहित विभिन्न क्षेत्रका मगर संस्कृतिहरुको जमघट समेत रहने जानकारी आयोजक दुवै संस्थाले दिएका छन्। साँस्कृतिक पर्यटनको प्रवद्र्धनका लागि समेत कार्यक्रम सहयोगी हुने दाबी आयोजकको छ। प्रस्तुत छ यसै सन्दर्भमा रहेर सन्चारकर्मी एवं उक्त कार्यक्रमका संयोजक समेत रहेका हर्क आलेमगरसँग गरिएको कुराकानीको सारसंक्षेपः
 
 
 
यहाँहरुले गर्न खोज्नुभएको कार्यक्रम कस्तो खालको कार्यक्रम हो ?

वास्तवमा नेपाल एउटा बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसाँस्कृतिक देश हो। यो देशमा भएका विभिन्न जातजाति मध्येमा मगर जाति नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय हो। अन्य आदिवासी जनजाति सरह मगर जातिको पनि आफ्नै मातृभाषा धर्म कला र संस्कृति छ। तर यसलाई राज्यले कहिल्यै पनि वास्ता गरेन। यसको संरक्षण र विकासमा कहिल्यै ध्यान दिएन। तसर्थ सम्पूर्ण मगरहरुको एकताका लागि पनि भाषिक साँस्कृतिक एकता अनिवार्य छ भन्ने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको हो। र मगर जातिभित्र भएको विविधतालाई सबैले बुझ्नुपर्छ विविधता समस्या भन्दा पनि सम्पत्ति हो भन्ने कुरालाई ख्याल गर्नुपर्छ भन्ने नै यस कार्यक्रमको मुख्य सन्देश हो।
Read more...

"चलचित्र आफैंमा कला र संस्कृतिलाई प्रस्तुत गर्ने एउटा राम्रो माध्यम हो" - प्रकाश पुनमगर

प्रकाश पुनमगर बागलुङ जिल्लाको पाण्डवखानी-७ लेंगुरेमा पिता शशिराम पुनमगर र माता भीमा पुनमगरको कोखमा जन्मेका हुन्। २०६६ सालदेखि चलचित्र क्षेत्रमा होमिएका प्रकाशले त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा व्यवस्थापनमा स्नातकोत्तर एम।बि।एस। गरिसकेका छन्। मगर जातिको भाषा धर्म कला र संस्कृतिको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका पुनमगरले वर्तमान समयमा मगर जातिको एकता अपरिहार्य रहेको धारणा राख्छन्। मगर कला र संस्कृतिमा आधारित उनको पहिलो चलचित्र मायाको गाउँ यतिखेर नेपालका विभिन्न भागमा प्रदर्शन भइरहेका छन्। प्रभात फिल्म प्रा.लि. को पहिलो प्रस्तुती उक्त चलचित्र हालसम्म काठमाडौं पोखरा बागलुङ गलकोट लगायतका ठाउँहरुमा प्रदर्शन भइसकेका छन् भने अन्यत्र पनि प्रदर्शनको तयारीमा छ। चलचित्र र समसामयिक विषयमा गरिएको कुराकानीः

चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म आफैं एउटा सिर्जनालाई मन पराउने मान्छे र चलचित्रमार्फत् आफ्ना सिर्जनालाई दर्शकमाझ प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यताका साथ यस क्षेत्रमा प्रवेश गरें।

यस चलचित्रमा जातीय कथावस्तुलाई जोड्नुको कारण ?

चलचित्र आफैंमा एउटा कला र संस्कृतिलाई प्रस्तुत गर्ने राम्रो माध्यम हो। त्यसमा पनि म आफू नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय मगरको सन्तान भएका नाताले यसमा मगर जातिको कला र संस्कृतिलाई पस्कनु उचित ठानें। चलचित्र भनेको सबैले बुझ्ने एउटा सजिलो माध्यम पनि भएकाले मैले मगर जातिको कथावस्तुलाई यसमा प्रस्तुत गर्ने प्रयास गरेको छु। जुनसुकै चलचित्रमा कुनै न कुनै पक्षलाई विषयवस्तुका रुपमा लिइएको त हुन्छ नै। 
Read more...

टप माउन्टेन तेक्वान्दो दोजाङ का वरिष्ठ सल्लाहकार तथा राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक सन बहादुर लामासँग अन्तर्वार्ता (भिडियो)

मेजर गम बहादुर बुदुजासँग अन्तर्वार्ता

हङकङको समसामयिक विषयमा पत्रकारहरुसँग छलफल

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Page 2 of 4

Latest News