मिस मंगोल–२०१२ को उपाधि चुमेपछि बागलुङ, भिङ्गगिठे–४ की सपना रोकामगरको चर्चा एकाएक चुलियो । एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको नेपालको मंगोल समुदायका युवतीबीचको प्रतिस्पर्धामा सपनाले उपाधि चुम्न सफल भएकी हुन् । सपना मिस मंगोल भएपछि बुवा मनबहादुर रोकामगर र आमा छममाया रोकामगरको पनि खुशीको सीमा नै रहेन । भिङ्गगिठे माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण उनले राजधानीको पद्मकन्या क्याम्पसबाट दश जोड दुईको पढाइ सकिन् । भीएस निकेतन कलेजमा व्यवस्थापन संकायबाट स्नातक गरिरहेकी उनी सामाजिक कार्यमा अभ्यस्त छिन् । मिस मंगोल–२०१२ को उपाधि जितेपछि सपना ३० औं मगर दिवसका अवसरमा नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ, काठमाडौं जिल्ला समिति, बागलुङ मगर समाज, काठमाडौंलगायतका थुप्रै संघसंस्थाबाट सम्मानित समेत भएकी छन् । यिनै मिस मंगोल सपना रोकामगर सँग हङकङ नेपाली डट कम का लागि रूद्र श्रीसमगरले गरेको कुराकानी ।
मिस मंगोलको उपाधि जितेपछि कस्तो अनुभव गर्नुभयो ?
जीवनको सबैभन्दा महत्वपूर्ण क्षणका रूपमा लिएँ । मिस मंगोलका लागि प्रशिक्षणको दौरान धेरै कुराहरू सिक्न पाइयो । चुनौतीहरू आएजस्तो लाग्यो ।
उपाधि जित्छु भन्ने थियो ?
आत्मबल चाहिं थियो । मेरो पर्फर्मेन्स (प्रस्तुती) राम्रो गर्छु भन्ने लागेको थियो । तर, जित्छु नै भन्ने लाग्थेन ।
किन नि ?
किनभने अरू प्रतिस्पर्धी साथीहरू पनि धेरै ट्यालेन्ट थिए ।
मिस मंगोलजस्तो सौन्दर्य प्रतियोगिताको सन्देश के हुन सक्छ ?
आफ्नो मातृभाषा, संस्कृति र परम्पराप्रति धेरैको बेवास्ता छ । आफ्नो पहिचानप्रति पुनर्जागृत गराउने काम भयो । मंगोल समुदायभित्र पर्ने विभिन्न जातीय समुदायको प्रतिनिधित्व गर्न सक्ने अवस्था भयो । यो कन्टेष्टले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परालाई भुल्नु हुँदैन भन्ने सन्देश दिन सक्यो जस्तो लाग्छ ।
के ग¥यो भने मंगोल समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण हुन्छ जस्तो लाग्छ ?
युवाहरूमा बल छ, तागत छ । पश्चिमी संस्कृतिमा रमाइरहेका युवालाई आफ्नो आदिकालीन मातृभाषा, संस्कृति र परम्परालाई बचाउन अभियान नै चलाएर जानुपर्छ ।
मिस नेपालमा भाग लिनहुन्छ कि लिनुहुन्न ?
लिने त भनेकी छु तर, अर्को वर्ष हुने मिस नेपाल–२०१२ का लागि फारम चाहिं भरिनँ । मिस मंगोल भइसकेपछि आफ्नो जिम्मेवारीका कारण मैले फारम नभरेकी हुँ । पछि चाहिं हेरौं के हुन्छ ।
मिस मंगोलमा सहभागिता कस्तो पाउनुभयो ?
सहभागिता अलि कम भएको पाएँ । सबैले भाग लिनुप¥यो । आफ्नो क्षमतामा पनि भर पर्ने कुरा हो जस्तो लाग्छ ।
तपाईले सुनेका अविश्वसनीय कुरा केही छन् ?
धेरैले मगरहरू पनि सुन्दर हुन्छन् र भन्छन् ।
तपाईले बिर्सन नसक्ने क्षण ?
मिस मंगोल बिजेता हुँदा रुन मन लागेको थियो । त्यसबेला इनोसेन्स्ली दियौ र छक्क प¥यौं भनेर साथीहरूले निकै फोन अनि एसएमएस गरेका थिए ।
अन्त्यमा, मंगोल समुदायलाई तपाईको सुझाव ?
राज्यमा पहुँचका लागि गर्नुपर्ने धेरै छन् जस्तो लाग्छ । अझै प्रगतिका लागि धेरै संघर्षहरू गर्नुपर्छ । हामीले आफ्ना कमीकमजोरीहरू पनि सच्याएर आयौं भने हाम्रो भविष्यका लागि राम्रो हुन्छ जस्तो लाग्छ । अझै पनि मंगोल समुदायले राज्यसत्तामा पहुँच र प्रतिनिधित्वका लागि आन्दोलन र संघर्ष गर्नुपर्ने अवस्था देखेकी छु मैले ।