HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home अन्तर्वार्ता सुन्दरता मात्रै ठूलो कुरा होइन–मिस मगर रञ्जना

सुन्दरता मात्रै ठूलो कुरा होइन–मिस मगर रञ्जना

E-mail Print PDF
AddThis Social Bookmark Button

रञ्जना थापामगर, अब कुनै नौलो नाम रहेन, मगर समुदायका लागि । नेपाल मगर संघ, कास्कीको आयोजना र रिबर्थ इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको मिस मगर प्रतियोगिताको दोश्रो संस्करण मिस मगर पोखरा–२०१२ को उपाधि जितेपछि रञ्जनाको चर्चा औपचारिक रूपमा सुरू भएको हो । पूर्व प्रहरी अधिकृत बुवा युवराज थापामगर र आमा विमला थापामगरकी छोरी रञ्जना तनहुँ, दुलेगौंडा–९, बेलचौतारामा जन्मिएकी हुन् । औपचारिक शिक्षाका हिसाबले उनले ब्राइट फ्युचर आवासीय उच्च माविबाट प्रवेशिका र दश जोड दुई तह पार गरेकी हुन् । हाल बीसीए तेश्रो वर्षमा अध्ययनरत रञ्जनाले आईसी स्कूल अफ आर्टबाट फेशन डिजाइनिङ कोर्स सकेकी उनी पेशाले फेशन डिजाइनर पनि हुन् । उनी मोडलिङ र ¥याम्पिङ पनि गर्छिन् । उनका रूचिका विषय भनेका स्केच, पेन्टिङ, ट्राभलिङ आदि हुन् । अहिले विभिन्न सामाजिक कार्यमा संलग्न रही चर्चामा रहेकी मिस मगर रञ्जनासँग हङकङ नेपाली डट कम का पोखरा सम्वाददाता रूद्र श्रीसमगरले गरेको कुराकानी :

उपाधि जितिन्छ जस्तो लागेको थियो ?

रनर अपमा आउँछु जस्तो लाग्थ्यो । तर, निर्णायकलाई मेरो उत्तर चित्त बुझ्यो, परिचय चरण, वक्तृत्व चरणमा राम्रो गरेपछि मैले उपाधि जित्न सफल भएँ ।

उपाधि जित्दाको क्षण कस्तो रह्यो ?

बाबा र ममीलाई हेरिरा’थें, जब मेरो नाम उपाधि बिजेताका रूपमा घोषणा भयो, तब म धेरै खुशी भएँ । बाबा र ममी पनि मलाई हेरी हाँसिरहनुभएको थियो । उहाँहरू पनि धेरै खुशी हुनुभो ।

मिस मगरमा भाग लिएपछि तपाईले सिकेको कुरा ?

मिस मगरमा भाग लिएपछि भाषा, संस्कृति, रीतिरिवाजका बारेमा प्रत्यक्ष अवलोकन गर्न पाइयो । व्यक्तित्व र नेतृत्व विकास गर्ने अवसर प्राप्त भयो ।

उपाधि जितेपछि कस्तो महशुस गर्नुभयो ?

जिम्मेवारी बढेको महशुस गरें । गम्भीर भएँ ।

मगर भाषा नजान्नेले पनि उपाधि जित्यो भन्ने छ नि ?

आफ्नो मातृभाषा बोल्न नजानेकामा दुःख लाग्छ । पहिलेदेखि नै बोलिएन । तर, अब मलाई आफ्नो मातृभाषाको महत्वबोध भएको छ । अहिले सिक्दै पनि छु । सामान्य कुराकानी त गर्न सक्छु नि ।

मगर जातिको मातृभाषा, धर्म, संस्कृति र परम्परा जोगाउन केगर्नुपर्छ जस्तो लाग्छ ?

आफ्नो मातृभाषा, संस्कृति जोगाउनलाई नयाँ पुस्ताले व्यक्तिगत भन्दापनि संगठित रूपमा लाग्नुपर्छ । सानो कक्षाबाट नै मगर भाषामा शिक्षा दिने अनि पाठ्यक्रममा मगर जातिका बारेमा पढ्ने व्यवस्था मिलाउन सकियो भने एकदम राम्रो हुन्छ जस्तो लाग्छ ।

जुनसुकै सौन्दर्य प्रतियोगितामा पनि शारीरिक सुन्दरतालाई मात्र हेरिन्छ भन्ने छ नि ?

खासमा यो मिस मगर पोखरा मेरो विचारमा ट्यालेन्ट कन्टेष्ट (क्षमता प्रतियोगिता) हो । यसमा भाग लिने भनेको आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्नका लागि हो । केही अंशमा आवश्यक भएपनि सुन्दरता मात्रै ठूलो कुरा होइन ।

तपाईको अबको योजना के छ ?

डिप्लोमा इन फेशन गर्दैछु । यसमा स्नातक पनि गर्ने विचार छ । टप लेभल (उच्च तह) मा पुग्न कोशीस गर्दैछु । मगर समुदायमा चेतना फैलाउनका लागि काम गर्ने विचार छ । साथै, समाजसेवामा पनि अलिकति समय दिने सोंच बनाएकी छु ।

अन्तिममा भन्नु केही छ कि ?

हाम्रो मातृभाषा, संस्कृति लोप हुन लाग्यो । लोपोन्मुख परम्परा, संस्कृतिको जगेर्ना गरौं भन्न चाहन्छु ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News