HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home अन्तर्वार्ता नेपालीले आफ्नो भाषा, लिपि र रीतिरिवाजलाई चटक्क छाड्नुहुन्न : गायिका सञ्जु (सञ्च) लिम्बू

नेपालीले आफ्नो भाषा, लिपि र रीतिरिवाजलाई चटक्क छाड्नुहुन्न : गायिका सञ्जु (सञ्च) लिम्बू

E-mail Print PDF
AddThis Social Bookmark Button

स्वर्गीय बुबा बुद्धसिंह लिम्बू र आमा बुद्धमति लिम्बूको कोखबाट दार्जीलिङमा जन्मनुभएका गायिका सञ्जु (सञ्च) लिम्बू नेपाली गीत सड्डीतका एक उदीयमान गायिका हुन् । केही लोक गीत तथा आधुनिक गीतहरूमा आवाज दिइसकेकी सञ्जुले हालै मात्र बजारमा ल्याएको लोक दोहोरी एल्बम ‘जून–एक मायाको प्रतीक’ को बजार प्रवद्र्धनमा लागिरहेकी छिन् । हाल पोखराकै तराना म्यूजिक सेन्टरमा सड्डीत सिक्दै गरेकी सञ्जु (सञ्च) लिम्बूसँगको कुराकानी :


आजभोली के गर्दै हुनुहुन्छ ?

 

मेरो आफ्नो सड्डीत प्रशिक्षक श्रीमान थुलुङ र गायक दाइ काजीमान राईसँगको गीत रेकर्डिङमा व्यस्त छु । भरसक चाँडो भन्दा चाँडो दुई वटै गीत ‘पण्डित पुजारी’ र ‘जाँदैछु म तिम्लाई छाडी’लाई बजारमा ल्याउने तयारीमा छु ।

साड्डीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

हुन त सड्डीत मन नपराउने को होला र ? तर, म सानैबाट यो विधामा अति धेरै रुचि राख्ने मान्छे । सानैमा सिक्ने अवसर त मिलेन, तैपनि स्टेज कार्यक्रमहरूमा उपस्थित हुने गर्थें । आफ्नो क्लब र स्कुलको कार्यक्रमहरूबाट पनि धेरै हौसला मिल्यो । पछि पोखरा आएर तराना म्यूजिक सेन्टरमा सड्डीत सिक्न थालेपछि त झन मलाई अवसरहरू मिले । अनि यसरी नै साड्डीतिक क्षेत्रमा आफ्नो पाइलाहरू अगाडि बढाउने मौका मिल्यो ।

पूर्वको मान्छे पश्चिममा आएर सड्डीत क्षेत्रमा रम्नुभएको छ, पूर्व र पश्चिमको साड्डीतिक माहौलबीच के फरक पाउनुभएको छ ?

हुन त सड्डीत बुझ्नेहरूका लागि केही पनि फरक हुन्छ जस्तो लाग्दैन । किनकि, सड्डीत एउटा यस्तो भाषा हो, जुन अन्धो, बहिरो र लड्डडोले देख्न, सुन्न र पाइला चाल्न सहाराको रूपमा प्रयोग गर्न सक्छन् । केवल फरक छ त ‘लय..’ । जुन आफ्नो गाउँठाउँ र रीतिरिवाज अनुसार गाइन्छ । जस्तै पूर्वमा धान नाच, मारुनी नाच, हाक्पारे आदि प्रचलित छन् भने पश्चिममा कौह्रा, सालैजोजस्ता भाकाहरू छन् । त्यसैले सड्डीत एउटै छ, त केवल आफ्नो रीतिरिवाज, रहनसहन अनुसार गाउनु र नाच्नुमा फरक हुन्छ ।

सड्डीत क्षेत्रमै लागेर बाँच्ने अवस्था छ कि छैन ?

खासै सड्डीत क्षेत्रबाट नै बाँच्न सकिन्छ जस्तो चाहिँ लाग्दैन । किनकि, पहिला–पहिला त्यस्तो थियो होला । तर, आजकल साड्डीतिक माहौलमा रम्नेहरूको संख्या अति धेरै भइसकेको छ । कि त आफू चर्चित कलाकार नै हुनुप¥यो, कि त कुनै न कुनै सपोर्ट मिल्न प¥यो । अनि मात्र बाँच्न सक्ने आधार बन्छ जस्तो लाग्छ । हुन त दर्शक, स्रोताहरूको माया पाउनु पनि एउटा आधार हो । किनभने उहाँहरूकै माया ममताले नै हामी कलाकार बाँच्न सफल भएका छौं ।

स्टेज कार्यक्रमको अफर कतिको आउँछन् ? कुन–कुन ठाउँ पुग्नुभएको छ ?

सानो छँदा विद्यालयका कार्यक्रमहरू कुनै पनि छुटाउँदिन थिएँ । पछि आफू क्लबमा आबद्ध भएपछि त आफ्नै गाउँठाउँको स्टेज कार्यक्रमहरूमा दार्जीलिङकै मौरेफारीमा, इलामको माङसेबुङ, मोरङको टाँडीलगायत पोखराकै विभिन्न स्टेजहरूमा गाइसकेकी छु । धेरथोर स्टेज कार्यक्रमका लागि अफर त आइरहेकै छन्, तर, व्यस्तताका कारण जान पाएकी छैन ।

सुगम सड्डीत र लोक सड्डीतमा उत्तिकै क्रियाशील हुनुहुन्छ, कसरी मिलाउनुहुन्छ ?

म आफू लिम्बू भएतापनि सुगम सड्डीत र लोक सड्डीत मात्र नभएर अरू विभिन्न भाषाभाषीका गीतहरू पनि गाउँछु । विभिन्न स्टेज कार्यक्रमहरू पनि धेरै भाषाभाषीका गीतहरू गाइसकेकी छु । किनकि, सम्पूर्ण हामी नेपालीले आफ्नो भाषा, लिपि र रीतिरिवाजलाई चटक्क छाड्नुहुन्न जस्तो लाग्छ । हामी हरेक नेपाली भाषीहरूले हरेक भाषा र लिपिहरूलाई जगेर्ना गर्नुपर्छ । भर्खर मात्र गायक उमेश राई र मेरो लोकदोहोरी एल्बम ‘जून–एक मायाको प्रतीक’ बजारमा आएको छ । अझ आधुनिक गीतहरूको संगालोमा पनि आफ्नो स्वर दिँदैछु । सबै प्रकारको गीत गाउनका लागि त हाम्रो आफ्नो कला र गलाको कसरत न हो । त्यसैले हामीले चाहेमा कुनै पनि साड्डीतिक धुनहरूमा रम्न सक्छौं ।

साड्डीतिक क्षेत्रमा देखिएको समस्या चाहिँ के हो जस्तो लाग्छ ?

नेपाली गीत सड्डीतलाई केलाएर हेर्दा बजार व्यवस्थापनको कुरामा धेरै पछि छ । सबै कलाकारले न्याय पाउन सकेका छैनन् । कलाकारलाई माथि उठ्नका लागि सरकारबाट पनि कुनै पहल नभएको देखिन्छ ।

तपाईको विचारमा सड्डीत क्षेत्रको विकासका लागि राज्यले के गर्नुपर्छ ?

सबै प्रकारका कलाकारहरू जन्माउनुपर्छ । राष्ट्रले कलाकारहरूको सम्मान र सुरक्षा गर्नुपर्छ । र, साना–साना कलाकार जसलाई अवसरको आवश्यकता छ, उनीहरूलाई पनि अवसर दिएर उनीहरूको गीत सड्डीतलाई पनि प्रचार–प्रसार गर्नुपर्छ ।

तपाईका भावी योजना के–के छन् ?

म आफू कलाकार भएको हैसियतले गर्दा कला र संस्कृतिकै जगेर्ना गर्ने र यसरी नै साड्डीतिक माहौलमा रमेर दर्शक, स्रोतासामु रहिरहने विचार छ ।

अन्त्यमा, तपाईको भन्नु केही छ कि ?

सबैभन्दा पहिला त मलाई आफ्नो मनमा लागेका कुराहरू पस्कने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । अनि हामी कलाकारलाई माया गर्नुहुने सम्पूर्ण स्वदेशी, विदेशी दर्शक र स्रोताहरूलाई यसरी नै माया गरिरहनु होस् है भन्दै केही सल्लाह, सुझाव भए कृपया sanjulimbu122@yahoo.comमा पठाइदिनुहोला ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News