Home साहित्य

Literature

गजल (बज्र कुमार राई)

बज्र कुमार राई

सपनाहीन यो जीवनमा आश थियौ तिमी
यो संसारमा मेरो निम्ति खास थियौ तिमी

दुई आत्म बिछोडिंदा छातीमाथि हात राखें
ह्रिदयको ढुकढुकीमा बास थियौ तिमी

नसक्दा आफू धान्न प्राणदानी खोजे गरें
प्रत्येक पल चलिरहने सास थियौ तिमी
सुखद क्षणको कल्पनामा आँशु पिउँदै बसें
बिदेशबाट स्वदेश आउँदा लाश थियौ तिमी
घामपानी,भोकतिर्खा के के भोग्यौ कुन्नि 
निर्दयीको आदेश सामु दास थियौ तिमी
बीच यात्रामै साथ छाड्यौ अब को छ मेरो
सिउँदो कसम सपनाको रास थियौ तिमी
बिधुवी भै दुनियाँको ब्यंग खेप्दै बाँचेकी छु
अहोभाग्य यो निधारमा अविनाश थि...

यो त अति भो

यो त अति भो
डीबू मगर

हुन त हुने नै थियो
तर यो त अति भो
उनीहरुको के कुरा
देशको पो दुर्गती भो
देश कता पुग्यो
केही वास्ता छैन
जात्रा देखाउँदैमा यीनलाई
फुर्सद् कहिल्यै छैन
Read more...

गजल (बज्र कुमार राई)

गजल (बज्र कुमार राई)
बज्र कुमार राई
 
सभासदज्यु! देश \ बिदेश डुल्दै हुनुहुन्छ
गैर जिम्मेवार साँठगाँठमा घुल्दै हुनुहुन्छ

जनता भिखारी झैं बाँच्न विवश छन्
उहाँहरु अर्बौं सिध्याएर फूल्दै हुनुहुन्छ

मिति बढाएरै छाडे तलब-भत्ता राम्रै छ
हेर्नुस् उहाँहरु बैठकमा झुल्दै हुनुहुन्छ
लोकतन्त्रमा उहाँहरुको परिबर्तन हेर्नुहोस्
नब-मुखियाको ढंगले खुल्दै हुनुहुन्छ
देशबिनाको जनता यी दुईबिनाको नेता
दुनियाँमा हुदैंन भन्ने भूल्दै हुनुहुन्छ

देशमा फेरी उन्यु फुल्न दिने होईन (कबिता)

यामु काउचा "निश्चल" मगर
चौराहा - १ - बागलुङ

सुन्दैछु

उन्यु फुल्दैछ रे

मेरो देशमा

देख्दैछु

जता हेरे पनि

अध्याँरै अध्याँरो


खग्रास ग्रहण लागेछ

मेरो देशमा

लाखौं जनताको

त्याग र बलिदान

सहिदको आत्माले के भन्ला?
फेरी उन्यु फुल्यो भने
कस्को लागि लडयौ हिजो
के का लागि रगत बगायौ ?
कहाँ गए?
समानताका कुरा
कता हराए?
विकास निर्माणका कुरा
के भयो ?
नयाँ नेपाल बनाउने सपना
फेरी
उन्यु फुल्न दिने होईन
Read more...

गजल (बज्र कुमार राई)

गजल (बज्र कुमार राई)
बज्र कुमार राई

मेरो यो शरीरमा खुन जस्तो तिमी
जिन्दगीको अध्याँरोमा जुन जस्तो तिमी

तिमीबिना जिउँनुको कुनै स्वाद छैन
म बाँच्नुको दैनिकीमा नून जस्तो तिमी

विवशताको जाडोले आफैंभित्र कठांग्रिदा
यथार्थमा न्यानो दिने उन जस्तो तिमी
मेरा सारा आशा-भरोशा कालो-मैलो हुँदा
पुन: जीवन रंगाउने चुन जस्तो तिमी
नियतिको चोटैचोटले जीवन भूल्न लाग्दा
इश्वरीय आनन्दको धुन जस्तो तिमी

एक बारको यो जीवन निस्वार्थ जिएर त हेर (कविता)

रीता राई, हाल इस्राएल

अरुलाई प्रकाश छर्ने अनि आँफै झल्ने
उदार मैन बती झै पग्लिएर त हेर
पवित्र अत्माको सिखर भएर
हिमाल झै सधै अग्लिएर त हेर
 
जीवन बचाउन मात्र जिउनेहरु हो
अनर्थ स्वर्थी मायाको नाश पिऊनेहरु हो
कोमल हृदयमा धोका रुपी बाण सिऊनेहरु हो
मायालाई रमाइलो खेल सम्जि खेल्नेहरु हो
Read more...

वेवारिसे आसनको एक बोलपत्र (कविता)

दाजु गुरुङ

 
आसन वेवारिसे भएको छ

धेरै भयो यो आसन अवशानमा पुगे जस्तो भएको

आसनको साँढेले ओगटेको जस्तो

आसन ओगटी वस्ने

पर्वते कान्छो खसे देखि झन

आसन वेवारिसे वनेकेा छ

आसन वोल-कवोलको लागि सडकमा आएको छ
आसन विक्रीमा छ।
Read more...

बिरामी मेरो देश (कबिता)

यामु काउचा निश्चल मगर
 
सिकिस्त छ देश
संजीवनीको खोजी जारी छ
खोजेर ल्याउने
राम र हनुमान यहाँ छैनन्
मात्र
रावणहरु छन्
कुर्सीको नीम्ति
साम
दाम
दण्ड
भेदको
तुरुप फ्याँकिरहेछन्
सबै बादशाह बन्न चाहन्छन्
मिस्री र गुलाम बन्न कोही तयार छैनन्
कसरी मिल्छ सिक्कोईस
अनि
कसरी हुन्छ गेम?

नेपाल र नेपालीको गौरब' ''हामी नेपाली'' (कबिता)

सुमित्रा पौडेल
२०१० अगष्त १५,   
 
गौरवान्बित भई भनौ हामी नेपाली 
तराई पहाड मधेश होईन मात्रै नेपाली 
नगर है दोमन त्यसमा छन नी सगरमाथा 
विश्व सामु चिनाउने गौरब र गाथा 

भिर पाखा फुली रहेछ राता गुरासहरु 
दौरा भोटो पहिचान छ नी के चाहिन्छ र ?अरु 
मातृभूमी एउटै हाम्रो हामी नेपाली 
सम्झौ सबले एउटै रगत माया बसाली 
Read more...

गजल (बज्र कुमार राई)

बज्र कुमार राई

पूजा तिमी प्राप्ति तिमी कहाँ मेरो भूल भयो
तिम्रो माया सधैं इश्वर मेरो चाहीं फूल भयो

उद्धेश्यका बाटोहरु हात समाई हिडौं भन्थें
मलाई टेक्दै तिमी तर्यौ यो छाती पूल भयो
Read more...

ग्रस्त मेरो देश (कबिता)

यामु काउचा ''निश्चल'' मगर

जन्मदै टाउको माथि
ॠणको भार
नेपालीको भाग्य
बाध्यता
बिबशता
रहरले
खाडी
मलेसिया
अष्ट्रेलिया
युरोप
अमेरिका जानेको
दिनहु भिड

रोग
भोक
अशिक्ष।
अन्धबिश्वास
कुरितीले
ग्रस्त मेरो देश
Read more...

यथार्तको धरातल (कविता)

यथार्तको धरातल (कविता)
कल्पना तुम्रोक
झापा (हाल, चुङक्वान वो  हङकङ)
 
साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले
तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो।
 
ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो।
समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए।
Read more...
More Articles...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 14
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)