HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home साहित्य

Literature

गजल-बज्र कुमार राई

गजल-बज्र कुमार राई
बज्र कुमार राई

यो देशमा पार्टी अनि नेता उम्रे च्याउ सरी।। 
निर्धनको भुँडी छाम्नुस् खान छैन पेटभरी।।

नेता, ब्यापारी, राष्ट्रसेवक कानुनभन्दा माथि भए,
जहाँसुकै हेर्नुस् हजुर! यिनकै चल्छ मनपरी।।
Read more...

ह्याप्पि भ्यालाईन्टिन डे (कविता - प्रकाश रोदुङ)

प्रकाश रोदुङ

 
तिम्रो मायाको सागरमा 
 
म एक खहरे 
 
होहल्ला सहित मिसिएको छु प्रिय

तिम्रो निश्छल मन भाबनामा 

म एक बैरागी बास पाएको छु प्रिय 
 
सागर हुनुको अस्तित्व
निस्छल हुनुको कर्तब्य
पाएर माया ममताको भारी
छात कस्दैछु प्रिय 
Read more...

म द्विविधाको गोरेटोमा उभिएको मान्छे (कविता - बिनय शाह)

म द्विविधाको गोरेटोमा उभिएको मान्छे (कविता - बिनय शाह)
बिनय शाह 

आह ! कति कुराहरू छन्

जीवनमा प्यारो

बिदेशमा छु

देश सम्झन्छु ..... देशै प्यारो

घरवार सम्झे ..... घरवार परिवार प्यारो
साथीसंगीसंग बिताएको ति पलहरू प्यारो
Read more...

गजल-बज्र कुमार राई

गजल-बज्र कुमार राई
बज्र कुमार राई
  
बाँचुन्जेल मसँग'नि बोली दिए पुग्छ।।
मरिहाले चितामाथि पोली दिए पुग्छ।।

तिम्रो हरेक खुशी छिन्ने दोषी मै हुँ भने,
मैले पिउने नशामा बिष घोली दिए पुग्छ।।
Read more...

टुहुरा र आमा (कबिता- बज्र कुमार राई)

टुहुरा र आमा (कबिता- बज्र कुमार राई)
बज्र कुमार राई

मान्छेहरु भन्छन्-
तिमी आकाश जस्तै थियौ रे!
तिमी हावा,पानी र आगो जस्तै थियौ रे!
तिमी आकाश जस्तै थियौ रे!
तिमी जुन जस्तै थियौ रे!
मैले त सुनेको मात्रै हो-
तिम्रो भोक, रोग, शोक
र अनिंदा त्रसीत रातदिनहरु
केवल मप्रति समर्पित थियो रे।
Read more...

चड्कन किन हाने त ? (गजल: सुबिसुधा आचार्य)

चड्कन किन हाने त ? (गजल: सुबिसुधा आचार्य)
सुबिसुधा आचार्य

अत्याचारको सिमाना, बढेर चड्कन हानेँ।
 
मूल्य भाउले भर्याङ्ग, चढेर चड्कन हानेँ।।
 
मै खाऊँ मै लाऊँ भनेर, बनायौ देश ध्वस्त
 
काला कतुर्त जतिछन्, पढेर चड्कन हानेँ।
 
रङ्गशाला भो हैन ? यो धर्ती तिमीलाई
 
मनोमानी बेहिसाव, गढेर चड्कन हानेँ।
 
नाच्यौ बन्दै बुख्याचा, यो देश लिलाम गरी
 
तब तिम्रा बिचार, सढे...

मनोविज्ञानको शक्ति (भगवानको परिचय) कविता: निर्भीक राई

मनोविज्ञानको शक्ति (भगवानको परिचय) कविता: निर्भीक राई
निर्भीक राई
२०६७ कातिक २० मनमैजु काठमाडौ‌
पेशाः स्वतन्त्र अध्ययन र लेखन
जन्मथलोः भोजपुर, नेपालेडाँडा

भगवानहरु सिर्फ प्रतीक हुनाले
सबै भगवानको रुप फरकफरक भएको ।
विश्वास लिए गुइँठाले पनि वरदान दिने वा
भगवानको काम गर्ने ।
विश्वास नलिए स्वम्भुभित्रको
सिदार्थको मूर्ति वा पशुपतिभित्रको
शिवको मूर्तिले पनि आत्मबल वा ...
Read more...

गजल - बज्र कुमार राई

गजल - बज्र कुमार राई
बज्र कुमार राई
 
जिउँदै चितामा त्यो परोस् भन्छौ रे तिमी।।
बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।

के शन्देश छ उसलाई लगिदिन्छु भन्दा,
तारे भीरबाट त्यो झरोस् भन्छौ रे तिमी।।
उसलाई बचाउ ज्यान जोखीममा छ भन्दा,
दनदन आगोमा त्यो जलोस् भन्छौ रे तिमी।।
Read more...

उल्टो परिवर्तन (कविता - बज्र कुमार राई)

उल्टो परिवर्तन (कविता - बज्र कुमार राई)
बज्र कुमार राई
 
मान्छेहरुको जंगलमा
मान्छे खोज्दै-
भौतारीरहेको 
एउटा अबिराम मान्छे 
'म' थिएँ।

मलाई लाग्छ-
त्योबेला-
म तरबार र बन्दुक जस्तो थिइन।
म अचानो जस्तो पनि थिइन।
म पराधिन र निर्बल थिइन।
म त्यति सुयोग्य थिइन।
म अयोग्य नै पनि थिइन।
Read more...

मेरा अभागी सपनाहरु (कविता - बज्र कुमार राई)

मेरा अभागी सपनाहरु (कविता - बज्र कुमार राई)
बज्र कुमार राई

एउटा घर थियो
आमाबाउ थिए
साखासन्तान थिए
माया,ममता,प्रेम्,स्नेह थियो
आदार्,सत्कार थियो
जन्म र जातको संस्कार थियो
आस्था,बिश्वास र साथ थियो
त्यसैभित्र 'म' थिएँ-
एउटा भाग्यशाली मान्छे।
Read more...

यो जात्रै-जात्राको शहर (कविताः दाजु गुरुङ)

दाजु गुरुङ

कसैलाई हार्नमा मज्जा
कसैलाई हराउनमा मज्जा
अनि कसैलार्इर्र्हार्ने र हराउने को
गाली र ताली हेर्ने मज्जा,
विडम्वना ! नत हार्नेको अनुहारमा विष्मात
नत जित्ने अनुहारमा उल्लास
खोई, यो कस्तो-कस्तो -
मदारीको खेल जस्तो, शकुनीको झेल जस्तो
हेर्नु परेकोछ, निर्लज्ज लोभी-पापीहरुको यो नाटकीय खेल
हेर्ने न तिम्रो रह...
Read more...

कविता (जेवी पुन "जीवन")

जेवी पुन जीवन
तंग्राम - ५ बागलुङ

यतिबेला
किन हो कुन्नि आजभोिल
दिन दिनै मान्छेका मनहरु
हराएको जस्तो लाग्छ।
शिशिरमा रुखका पातहरु
निराश निराश हुदै झरेजस्तै
धानका बालाहरु लटरम्म फलेर झुकेको बेला
आँखा चिम्लेर बादल भित्रबाट असिनाका बर्षाहरुले थिचेजस्तै
अनि किसानका मनहरु असह्य पिडामा छटपटाएजस्तै
यतिबेला
निराशाले घुम्ट...
Read more...
More Articles...
Page 10 of 30

Latest News