HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home साहित्य

Literature

ल्होछार साँझमा

ल्होछार साँझमा

कविता 

 
बिष्णु गुरुङ - क्यालिफोर्निया

आयो है फेरी ल्होछार पर्व सबैलाई जगाउँदै  !
घाँटु, सोरठी, रोधी र कौडा मौलिकता झल्काउदै  !!

मनको भारी बिसाउँन हामीलाई चाहिन्छ चौतारी  ! रमाईलो गरौ, संस्कृति बचाँऔ नहुनु है दोधारी   !!

Read more...

गजल

विमल पहराई

गुल्मी,नेपाल

 
रिसाएझै गरी हेर्ने चाल मन पऱ्यो।
मस्कि-मस्कि हिड्ने जिउडाल मन पऱ्यो॥

घुम्न कतै निस्कदा बाटो छेकी जिस्काउँदा झर्किएझै गरी वोल्ने गाल मन पऱ्यो॥

Read more...

गजल

गजल

 

बज्र कुमार राई

कसैलाई कथा भएँ कसैलाई कहानी।।
खास टुहुराको आँशु हो मेरो जिन्दगानी।।
 
सपनीमा आउँछौ विपनीमा छैनौ तर,
मेरा बाबा-आमा यी दुई आँखाका नानी।।   गाली गर्नेहरु बीच माया गर्ने कोही छैनन्, यस्तो बेला आँखाबाट बग्ने गर्छ धेरै पानी।।   एक्लो,उदास,अधुरो सधैं म यस्तो छु, मानौं म र मेरो जीवन फूलबिनाको फूलदानी।।...

Read more...

गजल

                          
 विमल पहराई "गुल्मी"

 
टिपेको फूल ओइलेर गो भनेर नरुनु
प्रदेशी भाई फर्केन, दिन गनेर नरुनु।

यस पाली भाईआउनेछ भनि,त्यो मिठो आशामा सयपत्री अनि मखमली माला,उनेर नरुनु॥

सबैका घर भरिलो छ,प्रदेशी घर फर्कदा खै मेरो भाई आएन भनि,धिक्कार्दै नरुनु॥

आतुर हौली हे मेरी दिदी उपहार दिनलाई मायाको चिनो ...

इतिहास,वर्तमान र भविष्य(कविता)

इतिहास,वर्तमान र भविष्य(कविता)

 दलबहादुर गुरुङ
 पाल्पा, नेपाल

 सारङ्गी जस्तो मन बोकेर
 कति दिन अर्काका घर आँगन डुलौ म
 अर्काकै जीवनका कथा सुनाउँदै
 खोइ ! मेरो सदीयौंदेखिको पीडा कसले सुन्यो र  कति सुनाऊ  अर्काको कथा ब्यथा

Read more...

गजल

गजल

बज्र कुमार राई

मलाई छोडी जमीनमा कुहीरो भित्र पसी गयौ ।।
ननिस्कने गरी "सानु" मुटुभित्र पसी गयौ ।।

तिमी जाँदा हात हल्लाई छितिज सम्म हेरीरहे, हेर्दाहेर्दै यी नयन बाट आँशु बनी खसी गयौ ।। जाने थिएछौ, गई हाल्यौ मेरो दुखी जीवन बाट, जाँदाजाँदै यो मुहारमा कालो मोसो घसी गयौ ।। आईपरेको बेहोर्दै साथ दिन्छु भन्थ्यौ त्य...

भो चाहिंदैन (कविता)

भो चाहिंदैन (कविता)

 

दलबहादुर गुरुङ

 

वर्षौ भयो

विष्टका लुगा सिउन थालेको

उनीहरुका लुगा फाट्दा मनले सिलाएँ

तर

मेरो मन फाट्दा केले सिलाउने

फाटेको मन लिएर कसरी जीवन अगि बढाउने

वर्षमा चारपाथी धान र मकै

बाली उठाएकोमात्र देख्छन् मेरा विष्टहरु

तर देख्दैनन् सियोले मेरा औलाहरु घोचेको

अनि देख्दैनन् हातभरि ठेला उठेका

खोइ ! कसरी मनलाई बुझाउँ

फ...

यदि साँच्चै तिमी देशलाई माया गर्छौ भने

कविता 

सुमित्रा पौडेल भरतपुर चितवन
हाल इजरायल

यदि तिमी साँच्चै देशलाई माया गर्छौ भने
आफ्नो मुटुलाई छामेर हेर
अनि बाँकी जीवन बाँचेर हेर नकुल्च छाती नदुखाऊ देशको मुटु नरुवाऊ आमालाई आखिर तिमी पनि आमाबाट जन्मियौं म जुन आमाबाट जन्मिया पीडा एउटै थियो मात्र कोख फरक रगत त रातै बगेको थियो जन्मदा तिमी पनि रोयौं हौला म पनि र...

Read more...

रेखा कविता : हराएको मान्छे

रेखा कविता : हराएको मान्छे

 

 

 

 

 

देश सुब्बा,हङकङ 

धेरै वर्ष अगाडि
मैले पढेको इतिहासमा
एकजना मान्छे हराएको थियो

Read more...

गजल

 

बज्र कुमार राई 

गरीबलाई यो देशमा गाँस अझै छैन हजुर।।
लोकतन्त्रको सबैलाई आभास अझै छैन हजुर।।

भ्रष्ट्रचारी,कुचरित्रहरुको शहरैपिच्छे महल छ यहाँ, सुकुम्बासी, सर्वहाराको त बास अझै छैन हजुर।।

हुम्ला,जुम्ला,रोल्पा,रुकुम या कर्णालीमा हेर्नुस्, चिसोले जनता मर्छन्,कपास अझै छैन हजुर।।

कति मरे\कति हराए,निहथ्या,निर्दो...

पेन्सनको सोच पालेकै हुँ

पेन्सनको सोच पालेकै हुँ
किरण पौड्याल, कुवेत
रचना -२३ अगस्ट २०११
 
लो. से. आ. जस्तै कठोर, परीक्षा मैले पनि दिएकै हुँ
विकासको सुइँको नदिए पनि, सपना मैले बेचेकै हुँ
सोझा, साधा, लाटा जनता, ढुङ्ग्रोमा झ्वाम्मै हालेकै हुँ
चुनावी जात्रा नजिते पनि, नियुक्ति बलियो पाएकै हुँ |
Read more...

मौन स्वयम्भू र अर्धमूदित नयनहरु (कविता)

दाजु गुरुङ, हंगकंग

हरेक पल पलका हावाका झोंक्काहरुले
निरन्तर दस्तक दिइरहेछ,
हरेक क्षण-क्षणका समयका हातहरुले
अगणित मुक्का हानिरहेछ
दस्तक सुनेर पनि
मुक्का खाएर पनि
स्वयम्भू मौन छ,
मौन स्वयम्भूका
नयनहरु मूदित छन्, अर्ध-मूदित छन्
यदि मौनता नै जीवनको अभीष्ट आर्दशता होभने, र्
अर्ध-मूदित नयनहरुले मात्र संसार चिहाउने ह...
Read more...
More Articles...
Page 7 of 29

Latest News