HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home साहित्य

Literature

नारी (कविता)

सुमित्रा पौडेल  
२०११ अगष्त ४
 
 
नारी शान्ति र धर्मका जग हामी संसारका धारक !

नारी विश्व बिराटका धन ठुला सन्मार्गका रक्षक !!
नारी संयम शील भाग्यहरुका खानी दयाले युता !
आज हामी कता पुग्यौ ?किन यहाँ कस्ले जान्ने ?खै कता ?!!
 
नारी बैधिक मन्त्रका रचयिता नारी सुशीलान्विता !
नारी गौरव विस्वका चहकिला सतन्यायका रक्षि...
Read more...

रेखा कविताः मृत्युको प्रतिक्षा

देश सुब्बा, हङकङ।


मसित गुलाबको बिरुवा छ

म त्यो प्रेमको इमान्दार माली

मैले गुलाबमा सुवास थप्नु छ

अलिकति सौन्दर्य राख्नुछ 
 
संसारलाई यो गुलाब देखाउनुछ
यो गुलाब हिजो फुलेको थियो
लैला मजनुको लाशमािथ
यसैको समाधि हो ताजमहल
रानी महलको अमर प्रेम कथा
यस्ता धेरै-धेरै गुलाबको खेती गर्दै
सबैको रक्षा गर्नुछ
Read more...

विसङ्गतिवादमा रेखा कविता—३७

विसङ्गतिवादमा रेखा कविता—३७
देश सुब्बा
कामुको मान्छे
यो संसार एउटा कोठा
कोठामा घुम्दै वास बस्न
आइपुगेको ‘म’ मान्छे 
पहाडको बाटो
घुम्ती र नागबेली खोला
आँधीबतास काट्दै
भाग्दै—भाग्दै हिंस्रक पशुबाट
जीउ उम्लिने गर्मी र
खुट्टा खाने जाडो
तरेर यहाँ आइपुगेको छु 
Read more...

पुस्तक समिक्षा - भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक 'भयवाद चिन्तन र विमर्श' आएको छ। यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो। यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो। यस पुस्तकमा भयवादका प्रवर्तक देश सुब्बाको कान्तिपुर दैनिक ब्लास्ट टाइम्स साप्ताहिक आवाज जनसत्ता साप्ताहिक लिम...
Read more...

मान्छे कहिले हुन्छौ ? (कविता)

Ramu Ghimire's Notes (Facebook)

हाडछालाको थुप्रो तिमी मान्छे कहिले हुन्छौ ?

कुवा भित्रै सड्ने होकि सगरमाथा छुन्छौ ?



बाहिर बाहिर बस्त्र राम्रो अत्तर अझै राम्रो
मनभित्रको कालो दाग खै कहिले धुन्छौ ?
चिप्ला कुरा मिठो भाषण कतिराम्रो कला
तीन करोड नेपालीलाई खै कहीले सुन्छौ ?
Read more...

तिम्रो कत्रो पावर ?

तिम्रो कत्रो पावर ?

तिलक थापा मगर
हाल-लन्डन

जाबो कागज को सानो टुक्रा क्याश
तिम्रो कत्रो पावर ?
जता ततै तिम्रै चर्चा छ
बालक देखि बृद्द् सम्म भीकारी देखि धनाड्य सम्म केवल तिम्रै गुण गाँउछ । 

Read more...

पुरानो कुवा (कविताः पवित्रा राई)

पुरानो कुवा (कविताः पवित्रा राई)
पवित्रा राई
च्यान्डाँडा /८ खोटाङ
हाल /हङकङ

जंगलै जंसगलको बिच बाटोमा

बाटो हिड्ने बाटुवादेखि घरगाउँले

सबैको बिसाउने ठाटी चौताराहरु थियो
तिर्खाएको बेला पानी पिउनको लागि
त्यहाँ सफा एउटा कुवा थियो
गाउँलेहरु भेला भएर कुवाको वरिपरि
सधै सफा बनाई रहन्थ्यो
कुवाको छेउ छाउको ठाटी चौताराहरु
गोडमेल गरेर बसौ बसौको हुन्थ्यो
जु...
Read more...

रेखा कविता—३४ (कविताः देश सुब्बा)

शनिबारको कोसेली 'पशुको ईश्वर'
 
देश सुब्बा
 
 
ए ईश्वर

म तिम्रो परम भक्त हुँ

तिमी कहाँ छौ

तिमीलाई खोज्दै—खोज्दै हिँड्ने तीर्थयात्री हुँ 
 
बाटामा
थाकका थाक अस्थिपञ्जर छन्
आलो रगत छन्
सुकेका रगत छन्
अलिपर
युद्धरत भक्तहरू छन्
ती सबै तिमीलाई खोज्दै हिँड्ने
म जस्तै
परम भक्त हुन्
तीर्थयात्री हुन् 
Read more...

म त परदेश जाँदै छु (कविता)

म त परदेश जाँदै छु (कविता)
सागर दोङ्ग

देशको माटोको बिछट्टै माया हुदा हुदै,

देशकै माटोमा पसिना पोखाएर ढकमक्क सपना फुलाउने चाहना हुदा हुदै,

मातृभूमिको काखमा रमाउने चाहना मन भरि भएपनि आफ्नै धर्तीमा पाउ टेकेर आफ्नै आकाश मुनि ओत लागेर,
पापी वर्तमानले कठालो समातेर देश निकालको सजाय सुनाए पछि,
म भोलि बिहानै सुर्य उदय अघि मातृभूमिलाई थाहा ...
Read more...

गर्जन्छ किन त्यो निलो आकाश (कविताः सुमित्रा पौडेल)

सुमित्रा पौडेल, हाल इजरायल
२०११ मे २

गर्जन्छ किन त्यो निलो आकाश झर्छ की असिना ?

बसन्त गयो फूलको पनि मुस्कान बर्सिंन्न !!
गाह्रो छ अब सुन्दर् फूल फुल्न जन्ताको बागमा !
धोका र घात दिंदैछन् माली रिस र रागमा !!
 
अध्यारो लाग्छ यी दिन पनि औंसीको रात झैँ !
तताई खून हेर्दैछन् जन ताण्डव नृत्यलाई !!
मुक्तिको आशा बोके...
Read more...

शिरिषलाई जन्मदीनको शुभकामना

बिष्णु गुरुङ - क्यालिफोर्निया यू.स.ए.
 
बसन्त ऋतु सँगै तिम्रो जन्म दिन पनि 
 
गर्वित छू एउटी आमा पाँएर जीवनमा तिमी 
 
जन्म दिनको हार्दिक बधाई छ! तिमीलाई 
 
हृदयभरिको पबित्र माया दिन्छु
 
जुनी जुनिभर तिमीलाई, जुनी जुनिभर तिमीलाई 
Read more...

आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ (गजल - रुबेन पुन मगर)

आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ (गजल - रुबेन पुन मगर)
रुबेन पुन मगर
बिहुं - ६, दहपानी , बाग्लुङ

लाज घिन चबाउने दाँतको कुरा नगरौ।
आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ।

कहिले पो घाम लाग्यो र भन्नु हाम्रो देशमा
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौ।
Read more...
More Articles...
Page 8 of 29

Latest News