HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home साहित्य

Literature

आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ (गजल - रुबेन पुन मगर)

आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ (गजल - रुबेन पुन मगर)
रुबेन पुन मगर
बिहुं - ६, दहपानी , बाग्लुङ

लाज घिन चबाउने दाँतको कुरा नगरौ।
आफ्नै आमा नँग्याउने हातको कुरा नगरौ।

कहिले पो घाम लाग्यो र भन्नु हाम्रो देशमा
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौ।
Read more...

गुराँसले बोलाए झै लाग्यो (कविताः पवित्रा राई)

पवित्रा राई
खोटाङ-च्यानडाँडा ८
सेङ सुई-हङकङ
८।४।२०११

खहरेको रुख बिरुवाले मलाई झस्कायो

सधै भन्दा आज कति फरक देखियो 

पुरानो सबै बरबरी झरी सक्यो
नयाँ मुनाहरु मुस्कुराउन थाल्यो
कलकलाउदो पातहरुले भन्न थाल्यो
नौलो शन्देशसंगै चैत बैशाख लाग्यो
Read more...

मैले भेटेको वागमती (कविताः दाजु गुरुङ)

दाजु गुरुङ


जीवन असीमित सपनाहरु वटुल्नेक्रममा

धेरै वसन्तहरु वितिसकेछन्

हिजै जस्तो लागेता पनि अनुहार भरि धस्राहरु कोर्दै समयले धेरै घुम्तीहरु काटीसकेछन् । सपनाको शहरमा मान्छेहरु हराउने कंक्रिटको जंगलहरुमा आफ्ना विम्व-प्रतिविम्वहरु छालका पानाहरुमा खोज्ने गरेको थिएँ विशाल सागरका किस्तीहरुमा र त्यहि छालको पानाहरु...

Read more...

गजल

गजल
रुबेन पुन मगर
बिहुं - ६, दहपानी , बाग्लुङ

बाह्र बर्ष जङल बसि के गर्यौ त खै ?
अनि फेरी शहर पसि के गर्यौ त खै ?
 
जता हेर्यो उतै आफ्ना भाई भाई नै थिए
बैरी भन्दै सङगिन धसि के गर्यौ त खै ?
Read more...

तर देशमा शान्ति आएन (कविता)

तर देशमा शान्ति आएन (कविता)
राजु राना मगर
तापटिङ्घ - २ सोलुखुम्बु।
हाल आइचिकेन जापान।
rana.raju2009@yahoo.com

रुदा रुदै आशु सुक्यो

तर छोरा घर फर्किएन।

कुर्दा कुर्दै बर्षौ बित्यो
तर देशमा शान्ति आएन। 
युद्धमा नै रम्न खोज्यौ
लडाईमा नशा बसायो।
सम्झौताको चाहै गरेन
हजारौ को सिन्दुर पुछ्यो
लाखौंको खुशी लाट्यो
तर देशमा शान्ति आएन।
Read more...

नेपालको अस्तित्व लाउरेको काहानी (कविता)

सुमित्रा पौडेल  
२०११ मार्च २२

नेपाली वीर बोकेको गाथा लाउरेको काहानी। 
रहरले छोप्दै तिर्सना बड्ने कलीलो जवानी।। 
गोर्खाली नामले खुकुरी भिर्दै त्यो मिठो पावनी। 
बिर्साइ आफु देशलाई दिए प्रेमको मुस्कानी।। 
 
अस्तित्व राख्दै राष्ट्रको तिनी गोर्खाली नाममा। 
देखाइ बिरता खुकुरी लीइ सत्रुको सामुमा।। 
छैन केही डर तताइ...
Read more...

जीन्दगीको अनुभूति र अठोटको मार्गचित्र (कविता - बज्र कुमार राई)

जीन्दगीको अनुभूति र अठोटको मार्गचित्र  (कविता - बज्र कुमार राई)
बज्र कुमार राई 

फूटेको भाग्य
हारेको कर्म
बिग्रेको मन
तर,लक्ष्य प्राप्तिको चाहनामा आहत तनले-
कसरी जुटाउला!
यो भौतिक संसारमा उपभोगको सामाग्री
अनि,कसरी गर्ला!
यथार्थमा
अभाव र आबश्यक्ताको आपुर्ती।
भोक-भोकै हो
भजनले टर्दैन।
रोग-रोगै हो
उपचार\ ओखती नै चाहीन्छ।
हुनसक्छ-
शोकलाई दुईचार थोपा सहानुभूतिका आँशुले
हल्काफुल्का बि...
Read more...

गजल - बज्र कुमार राई

बज्र कुमार राई  
 
गाह्रो, खाँचो, समस्यामा दाम चाहीयो।।
नेपलभित्रै नेपालीलाई काम चाहीयो।।

देशको लागि पटक-पटक रगत दे'कै हो,
अब त परीबर्तनको घाम चाहीयो।।
Read more...

रेखा कविता मुसायरा गजल र विचारको सँगम

रेखा कविता मुसायरा गजल र विचारको सँगम
देश सुब्बा
 
 
साहित्यिक भेटघाटः दायाँबाट क्रमशः टँक, विष्णु, देश, दाजु, शुशिला।  
 
गत आईतबार २७ तारिख हङकङको चुनवानमा गरिन्दै आएको साहित्यिक छलफल याउ मा तेइको म्याक डोनाल्डमा सम्पन्न भयो। छलफलमा कवि टंक सम्बाहाम्फे बिमल राई गजलकार विष्णुनन्द चाम्लिङ समालोचक तथा कवि दाजु गुरुङ्ग गायिका तथा गीतकार शुशिला ...
Read more...

‘नयाँ बाटो’ र ‘निर्माण कर्ताहरु’

- ईन्द्र एलजी थापामगर

 

नयाँ नेपाल बनाउन ,

नयाँ बाटो बनाउनु पर्छ।

नयाँ बाटो ,

सबै क्षेत्र , सबै वर्ग , सबै भाषा , सबै धर्म र सबै जातिहरुले,

समानरुपमा उपयोग गर्न सक्ने गरी बनाउनु पर्छ।

Read more...

टीपन (कथा)

दिप
 
यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, उनीहरुले कुन चाईने महापण्डीत चिनेका थिए कुन्नी, असाध्यै गुनगान गाउँथे ती पण्डीतको...
Read more...

बिजुली निभेको रात (कविता)

बसन्त गौतम

अस्तित्वहीन झैं लाग्छ- 
डराएर लुकेजस्तो 
कसैको कर्कश आदेशमा 
लत्रिएर झुकेजस्तो 
चारै सूरमा लहर लागेर 
विपत्ति र पिडाले ढुकेजस्तो 
अन्धकारको भारले थिचिएर 
पाईलाहरु रुकेजस्तो, 
Read more...
More Articles...
Page 9 of 30