HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home साहित्य किनारमा उभिएको मान्छे(कविता )

किनारमा उभिएको मान्छे(कविता )

E-mail Print PDF
AddThis Social Bookmark Button

दाजु गुरुङ ,  हङकङ

निला सागरका लहरहरु

निरन्तर तरंगीत  भइरहेछ

छालहरु पनि कुनै खुसी भ्याउन दौडधुप गरेझै

निरन्तर तरंगीत भईरहेछ ,हावाको झोंका सँग सँगै ।


लहरहरु ,छालहरु चञ्चलछन्

र त तरंगीत  भईरहेछ आफ्नै धुनहरुमा-आफ्नै गतिहरुमा ,

कुनै वैशले उन्मुक्त षोडसी चञ्चल वने झै  ।

वैशले उन्मुक्त षोडषी

चिसा वलुवाहरुको घातमा

सुकोमल पाईलाहरुले प्रतिघात गर्दै गर्दै

छालका लहरहरुलाई गिज्याईरहेछ ,

अनि छाती भरि फक्रेको वैशालु मन

मिठो चहानामा  अँकुराएको उष्णता

चिसा वालुवामा छालका लहरहरुले कुतकुत्याई दिदा

एउटा स्वार्णिम मिठासको झञ्कार थपिदिए झै  ,

किनारमा उभिएको मान्छे

आप्mनो वैशलाई सम्झदै  हाँसीरहेछ

अनुहार भरि अर्धवृताकारका रेखाहरु वोकेर  ।


हिउँदको चिसा घाम ÷वोझिला दिनहरु

कतै हिमपात र हुस्सुले छोपी दिए पनि

अनि वर्षातको टन्टालापुर घाम

घनघोर वर्षात र आँधी आए पनि

छालहरु निरन्तर तरंगीत भईरहन्छ

अनि  निरन्तर घात गरिरहेछ निर्दोस किनारालाई  ।

किनार चुपचाप सहेर वसेको छ

वति नै घातका पिडा लुकाए पनि

भित्र भित्रै खिईदै खिईदै गईरहेछ ।

किनारमा स्वंखलित हुने छालका निरन्तर लहरहरु

लडरदै उठ्दै निरन्तर घात गरिरहेछ ÷गरिरहेछ  ।

किनारमा उभिएको मान्छे नजानिदो डरले कापिरहेछ ,

सायद समयको छालले उसलाई  निरन्तर घात गरिरहेछ  ।

र भित्र भित्रै खिईदै खिईदै गईरहेछ  उ पनि ।

अघि सम्म छाललाई हेरेर हाँसीरहेको उ भित्रको मान्छे

डरले कुनै दहृो सहरा खोजीरहेछ

किनारमा  उभिएको मान्छे  छालका पानाहरुमा

जिन्दगकिो मान चित्र पढिरहेछ  ।


पर पर सागरका क्षितिजहरुमा

नजर भरि उभिएका  जीवन–डुङ्गाहरु

कुनै माँझधारमा रुमल्यिएकाछन् ÷कुनै किनार तिर हानिएकाछन्

कुनै वाटो विराएर अल्झिरहेछन्

र कुनै कुनै छालका लहर सँग सँगै

कहिले सागरको भुँवरीमा ,कहिले मूसलधारे वर्षातमा

किनारा  खोजीरहेछ ।

हावाको गति सँगै ढलपल ढलपल जीवन–डुङ्गाहरु

छालका लहरहरुको घात प्रतिघातले

दिनहु खिहिदै खिहिदै गएको जीवन–डुङ्गाहरु

विवश विवश जीवन–डुङ्गाहरु

कुनै गतिलो घातको झड्का  पर्खिरहे  जस्तो  ।

किनारमा उभिएको मान्छे

जीवनको भुँवरीमा चक्कर खाँदै

ढलपल ढलपल डुङ्गाहरुमा

आफ्नै प्रतिविम्व हेरिरहेछ  ।

 

dajuup@yahoo.com,16/01/2013










 

Add your comment

Your name:
Subject:
Comment:

Latest News