HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home साहित्य एउटा फिराद पत्र : वादी प्रतिवादीहरुमा (कविता)

एउटा फिराद पत्र : वादी प्रतिवादीहरुमा (कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button

दाजु गुरुङ ,  हङकङ


आज फेरी अर्को फैसला आएकोछ

हारको चाङ माथि अर्को हार थपिएकोछ

र फेरी हारेकाछन् वादी प्रतिवादीहरु  ।

 

धेरै धेरै टाउकाहरु  त रावणको हुन्छ

एउटा मान्छेको दुइवटा टाउको हुनसक्दैन ।

चोरलाई चौतरा साधुलाई शुली

घ्यू चोर्ने  ढाडेलाई शिरमा फूली  ।

सोरै आना वेथितीको जातो शिरमा झुण्याइ दिए पछि

एकादेशका गाँमवाशीहरु

निसाफको ढोका ढक ढक्याएका थिए

र आशा गरेका थिए

गाँमघरमा  थिती वसोस

रितिथिती कायम रहोस  ।

समय सँगै वड्दै गइरहेथ्यो  प्रतिक्षाका  घडीहरु

पक्ष –विपक्षहरुमा उभिएका थिए उत्साहित मनहरु

अचनाक चैते हुरीले घरको  छानो उडाए जस्तै

आएको थियो प्रतिक्षित फैसला

र हारेका थिए फैसलामा पक्ष विपक्षहरु

हराईएका थिए वादी प्रतिवादीहरु

मुद्दा खारेजीको सुचीमा थियो

लावरिस लास पहिचानमा राखिए झै सानो चिड्को झुण्डयाइएको थियो

उजुरी रिती थिती प्रतिकूल छ ।

र  किनारमा  सानो टिप्पणी  उठाइएको  थियो

धेरै टाउकाहरु ठूलो वुद्धि

ठूलो वुद्धिमा  गाँमघरको समृद्धि ।

र तल  किनारमा अर्को पनि टिप्पणी थियो

धैर्य गरौ, वाल्मिकी पनि पहिले रत्नाकर डाँका थिए  ।

 

हिज गाँम–वस्तीमा ठूलो वाँढी पस्यो

घरहरु वगे, टोलहरु वगे , वगे गाँम–वस्तीहरु

वाँढी सँगै वगे गाँम– वस्तीका मनहरु

मनहरु कतै खाल्डोमा भ्यागुतो जस्तै डुवेको थिए

कतै सिंन्धुको सुसेली सुन्दै काकाकुल जीवन वाँचेका थिए

र कतै आफ्नै कान्ला छेउवाट वगेको गंगालाई हेर्दै

खडेरीमा खेतवारी विच पिल्सिएका थिए मनहरु

र त एकादेशका गाँमवासीहरुले हिज

पानीमा  थिती मागे

पानीको वाँड फाँटमा वरावरको हिस्सा मागे

अनि उभिएका थिए  पक्ष विपक्षहरुको लास्करहरुमा

तर समय अगावै मुद्दा खारेजी सँगै

हराईएका थिए  पानी मुद्दामा गाँमवासीहरु  ,

हारेका थिए फेरी  वादी प्रतिवादीहरु   ।

 

साँध किल्ला मिच्न पाइदैन

थिचो मिचो सहिदैन

अस्ति सधिंयार सँगको साँध विवादमा

सधै सधै विभाजित मनहरु

सधै सधै हारेका मनहरु

एउटै ठाउमा उभिएका थिए

एउटै ढिक्का वनेका थिए

एकादेशको गाँमवासीहरु ।

तर वर्षातको आशामा उभिएका मनहरु माथि असिना वर्षे झै

ठाडै खारेजीमा  परेको थियो साँध किल्लाको मुद्दा

र हराईएका थिए  आफ्नै साँध किल्लामा गाँमवासीहरु

हारेका थिए वादी प्रतिवादीहरु  ।

यता धेरै समय सम्म  कुनै लिखत टिप्पणी आएनन्

हल्ला चलेको थियो

प्रभुको लिला अपरम्पार

लिलामा चल्छ सव संसार ।

अनि अर्को पनि हल्ला थियो

छिमेकी देवो  भवः ।

 

एकादेशमा एउटा गाँउ थियो   ,

गाँउ सुन्दर थियो शान्त थियो

विहानीको घाम जस्तै ,समाधीको वुद्वजस्तै

तर सधै सधै वाचेका थिए हारको टिको थापेर

कहिले हिमालमा ,कहिले पहाडमा , कहिले तराईमा

र कहिले पानीमा कहिले सिमामा  ,कहिले आफ्नै गाँमघरमा

हारिरहेका थिए नियती कुनियतीहरुमा

विभिषणहरु जस्ता लोभी पापीहरुका कुनियतहरुमा

र त थकित थकित गाँमवासीहरु

हरेक विहान एउटा पलायनका वाटाहरु खोजिरहेका थिए

तर कुन्नि किन गाँमवासीहरु हनुमान जस्ता थिए

पक्का ख्वामित  भक्त

कसैको इसरामा , कसैको  आदेशमा

छाती चिरेर  स्वामी भक्ति देखाइ दिन्थे

हिमाल वोकेर हस्तिनापुर पु¥याई दिन्थे

अनि आफ्नै मृतुको वरमाला पहिरिएर  अखडामा जाँग ठोक्थे

र विर्सिका थिए आफू भित्र  सागर तर्ने हिम्मत  छ भनेर ।

 

अझै विर्सिरहेकाछन् ,र त अझै हारिरहेकाछन्  ।

एकादेशका  गाँमवासीहरु  ।

dajuup@yahoo.com 05/07/2043

 

Add your comment

Your name:
Subject:
Comment: