बिष्णु गुरुङ 'एकता'
घनाघोर जंगलको बिचमा, बाटो बिराएको बटुवा सरी।
अँधेरी रातमा, अल्मलिदै बाटो खोजिरहेछ मेरो देश !
प्रकृति र संस्कृतिको अनमोल धन आफैमा भएर पनि
विश्वमा भिख मागिरहेछ खाली पेट र नाङ्गो शरीर देखाएर
ढुकढुकी सास सन्तानको लात सहेर, आँखा चिम्लिएर
अलपत्रमा बाँचीरहेछ मेरो देश.......!!
लुटेराहरुले लुटि नै रहेछ, भ्रष्टहरुले भ्रष्टाचार गरि नै रहेछ
आफ्नै सन्तानको विश्वासमा पर्दा आफै नांगि पो सकेछ
तर युग युग बाँच्नु छ किनकी ति शहिदहरुको सपना पुरा गर्नुछ
त्यसैले ईमान्दारी असल सन्तानहरुसंग मदतको भिख
मागीरहेछ मेरो देश.........!!
तर सन्तानहरु भन्छन
चाहेर पनि म केहि मदत गर्न सक्दिन
किनकी म भ्रष्ट नेता बन्न चाहान्न,
असल भएर टिक्न सक्दिन
त्यसैले सिर्फ माफी मात्र माग्न सक्छु
तिमीसँग म मेरो देश।
हे मेरा सन्तान हो।
बेईमानी नेता होईन तिमि
एउटा ईमान्दार असल नागरिक बन्न सक
विभेद भावनाको संस्कार होईन तिमि
बराबरी सद्भावको संस्कारलाई अगाल्न सक
आपसमा झगडा होईन तिमि एक हुन सक
अनि पाउनेछौ तिमीले सुन्दर, शान्त र सम्बृद्ध नेपाल
पुरा गर्न सक है यहीं मेरो अनि शहिदको सपना
यही छ तिमीलाई, ३१ औ एएनए सम्मेलनको शुभ-कामना
यही छ तिमीलाई, ३१ औ एएनए सम्मेलनको शुभ-कामना....!!!