Home साहित्य दशै(कविता)

दशै(कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button

दाजु  गुरुङ , हङकङ

आकाशे मार्गवाट वादलका यानहरुमा

तैरिदै तैरिदै आउने सागरका  छालहरुमा

पैदल यात्रामा  वा  सुपर कोच वाहानहरुमा

हरेक साँझ विहान  आइपुग्योकि भनेर

हेरिरहेछु  , चेप लाप कोकको नियमित  उडानहरुमा

पर्खीरहेछु  , स्टार फेरी वा सेन्ट्रल फेरीहरुमा

र  चहारीरहेछु  स्टेशन   स्टेशनहरुमा   ।

र  कतै  भूमिगत एमटिआरको चक्करहरुमा

गगन चुम्वी स्वापिङ महलहरुमा

वा कहिले ननिदाउने शहरका  रात्री–नाँच घरहरुमा

अलमलियो   की  भनेर  खोजीरहेछु  ,

र खोजीरहेछु  आफ्नै  चिरपरिचितका  अनुहारहरुमा  दशैं  ।

 

हुन सक्छ , खांसा हुदै  तातो पानीको वाटो  झ¥यो की  ?

वा मेची कालीका नांकाहरुवाट पो  छि¥यो की  ?

किन की वर्ष भरी घाम पानीले सेकेका घर भित्ताहरु

झरी वादलले पिटेका  घरका छानाहरु

पौराखी हातहरुले छाँए होलान्

राता माटो र कमेरोले  पोते  होलान्

सोल्टी–सोल्टीनाहरुले रोधींमा जोर मादल  घन्काए होलान्

वैंशहरुले  छ्याङको सुरमा   पिङ  मच्चाए  होलान्

र घर–आँगन भरी  मखमली र सयपत्री ढकमक फुलेका होलान्

सायद  त्यतै तिर पो गयो होला दशैं ।

 

हुलाकी दाईले परदेशीका सन्देश र रिमिट्यानस भित्रिएका  खवरहरु

घर घरमा पु¥याई दिए होलान्

कतै घर कुरेर वसेका वुढा–पाका आशाहरु

वाटा देखि  क्षितिज सम्म आँखा विछ्याएर वसेका होलान्

कतै दिलको धड्कन वडे सगै झुण्याइएको भित्ते –पात्रोमा

उनी आउने  दिनहरुको जोड घटाउ राख्दै होलान्

वा कतै वैंकहरुमा  , सहकारीहरुमा

आशाको त्यान्द्रो लाल –पुर्जा पनि सर्तनाममा वसे होलान्

कतै हर्के  साहुको गल्लाहरुमा

मंगल–सुत्रको जमानीमा  सपना वल्ल  तल्ल छुटे  होलान्

सायद त्यतै तिर पो अलमलियो होला दशैं  ?

 

कोहि दूर–दर्शनमा देखेको दावी गर्छन् दशैंको

कोहि आकाश वाणीले फुकेको  ,

विद्युतिय सञ्जालहरु  र छाँपाहरु पनि छापेको  हल्ला गर्छन् दशैंको

हल्ला वडेको वडैछ , वजार तातेको तात्यै छ दशैंको

सायद  , यता तिर आएकै हुनुपर्छ  दशै

र त वाटो हेरिरहेछु  ,

यदि विहानी भएर आयो भने –

मालाश्रीको सुमधुर धुनहरुमा

निधार भरी आर्शिवादका रङ्गीन  टिकाहरु

कान भरी सोहृ  श्रांद्धका पवित्र जमराहरु

गला भरी मखमली र सयपत्री फूलकाहारहरु

र  शिरमा सगरमाथाको ताज पहिराई दिनेछु    ।

तर अझै आईपुगेको छैन दशैं

पर्खीरहेछु  ,अनि  डराईरहेछु  भित्र  भित्रै  ,

कतै वालुवाका महासगरहरुमा  वा  रवरका जङ्गलहरुमा

भिषा हराएर अलपत्र प¥यो की दशैं

कतै  द्धीप वा महाद्धीपिय  सुनामीका छालहरुमा

वेखर्ची भएर  अभर प¥यो की दशैं

कतै विराट दरवार भित्र गुप्तवास वसिरहदा वनवास कालमा

पहिचान गुमाएर थलो प¥यो की दशैं  ।

dajuup@yahoo.com/06/10/2013

 

Latest News