सम्मनित नयाँ बर्षा !
यो रोमाञ्चक भूगोलमा
हार्दिक स्वागत छ तिमीलाई।
कुरा त्यही हो-
भर्खरै फालिएको क्यालेण्डर जस्तै
बर्ष,महिना,हप्ता,दिनरात,घण्टा,
सेकेण्ड,मिनट अन्ततस सेकेण्ड भएर सकिने छौ तिमी।
सकिनुभन्दा अघि-
अर्थात तिमी बाँचुञ्जेल
यो सृस्टि,प्रक्रीती र प्राणीको ख्याल गर है।
सगरमाथा पग्लिएर पहाड नबनोस
बुद्ध चोरेर छिमेकीले लान नसकोस
कुनै नारीको सिउँदो नपखालियोस
बिदेसिनेको लाश बिमानस्थलमा
आमा र श्रीमतीले बुझ्नु नपरोस
फेरी अर्को सद्धामलाई झुण्ड्याउन नपरोस
फेरी अर्को ओसामालाई गोली ठोक्न नपरोस
नजन्मिउन मान्छे खाने मान्छेहरु
यो गोलार्धभरी।